१. दर्शन र अनुभवमा भेद छ । दर्शनलाई अनुभवमा बदल । दर्शनमा दृश्य पनि हुन्छ र द्रष्टा पनि । अनुभव ग¥यौ भने यी दुवै एक हुन्छन् । यदि तिमीलाई कुनै कुरामा आसक्ति छ भने त्यसलाई प्रभु आसक्तिमा बदल । उसमा र आफूमा पनि परमात्मालाई देख– आसक्ति छुट्ने छ । आचार्य तुलसीलाई पत्नीमा आसक्ति थियो । पत्नीले एक झड्कामा उनको आसक्तिलाई प्रभु भक्तिमा बदलिदिइन् । काम भक्ति–ईश्वर भक्तिमा बदलियो । उनले प्रभुको दर्शन पाएर रामचरितमानस जस्तो अमूल्य रचना गरे ।
२. ध्यान गर्दा गर्दै संसारको विस्मयण हुन्छ । ध्यानमा तन्मय हुँदा मेरोपन समाप्त हुन्छ र ध्याता, ध्यान र ध्येयको एकत्व हुन्छ । यही मुक्ति हो, यही त हो भगवतीको जागरण ।
३. पृथ्वी, जल, तेज, वायु र आकाश यी पाँच द्रव्य पञ्चभूत हुन् । यिनको समभाव सम्पूर्ण जगतका जीव–तत्वको रुप हो । जलको गुण, रस, अग्निको रुप, वायुको स्पर्श, आकाशको शब्द र पृथ्वीको गन्ध हो । पृथ्वीको गुण गन्धलाई नाकले पक्डिन्छ । यदि तिमी यी तत्वलाई एक एक गर्दै आफूबाट छुट्याउँदै गयौ भने तिमीमा समाधि घट्नेछ ।
४. तिमी कुनै एक साध्यलाई लिऊ त्यसले लक्ष्यसम्म पु¥याउने छ । पृथ्वीलाई लेऊ यसमा गन्धका साथै रस रुप र स्पर्श पनि छ । पृथ्वीमा लुकेको अग्निले बिऊको स्वरुपलाई मारेर नयाँ जीवन दिन्छ । पृथ्वीको जल र वायुले विशाल वृक्ष बनाउँछ । तिम्रो शरीरमा पृथ्वीको भार बढी छ । चाह्यौ भने पृथ्वी तत्वका साथ एकाकार भएर पृथ्वी भित्र बसेर समाधि लिन सक्छौ ।
५. योगले हरेक मानवलाई कर्म र विश्वासको धनी बनाउँछ । योग केवल शरीरको क्रिया होइन, योग त एक सम्पूर्ण विज्ञान हो । यसले मन मात्र हैन शरीरलाई पनि स्वस्थ, निरोग र संसारमा केही गर्न सक्ने बल दिन्छ, प्रोत्साहन दिन्छ । योगमा शरीरका लागि संदेश छ, मनका लागि र आत्माका लागि पनि छ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













