• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘यम्वो द्यो’ ठड्याएर भक्तपुरमा इन्द्रजात्रा सुरु

    ‘यम्वो द्यो’ ठड्याएर भक्तपुरमा इन्द्रजात्रा सुरु

    राष्ट्रपति पौडेलसँग अर्थमन्त्री वाग्लेको शिष्टाचार भेट

    राष्ट्रपति पौडेलसँग अर्थमन्त्री वाग्लेको शिष्टाचार भेट

    सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

    सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

    पोखरा र गौतमबुद्ध विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा हवाइ भाडा छुट गर्ने सरकारको निर्णय

    फ्लाई दुबईले आजदेखि पोखरा विमानस्थलमा नियमित उडान गर्ने

    हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही

    हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही

    प्रसारण लाइन निर्माण : स्थानीयद्वारा क्षतिपूर्तिको माग

    प्रसारण लाइन निर्माणः प्रभावितलाई दश करोड ३३ लाख मुआब्जा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
७ अशोज २०८३,
0
सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाल्पा। निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिरदेखि नै सवारी साधन सञ्चालन गर्ने गरी आवश्यक तयारी अघि बढाइएको छ।

सिद्धबाबा सुरुङमार्ग योजना कार्यालय बुटवलले सुरुङमार्गको मुख्य संरचनासहित आवश्यक पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पु¥याउने गरी कामलाई अगाडि बढाएको हो ।

सुरुङभित्रको सडक निर्माण र अन्य सिभिल संरचनाको काम सम्पन्न भएकाले आगामी मङ्सिरभित्रै सवारी सञ्चालनको तयारी गरिएको आयोजना प्रमुख प्रमुख नवराज बास्तोलाले बताए । उनले भने, “बर्खा र भोटेकाशी बाढीका कारण निर्माण सामग्री आउन ढिलाइ भएकाले एक महिनापछि धकेलिएको छ ।

अब एकदुई दिनमै निर्माण सामग्री आएपछि टनेल भित्रको काम अगाडि बढाउँछौँ । उनले मङ्सिर १५ गतेभित्र सवारी सञ्चालन गर्छौं।”

भोटेकोशी बाढीले सुरुङमार्गका लागि ल्याइएको विद्युतीय सामग्री बगाएपछि सवारी सञ्चालन गर्ने पूर्वनिर्धारित योजना केही समय प्रभावित हुन पुगेको बाँस्तोलाले बताए ।

हाल सुरुङभित्र सडकको पिच सकेर रङरोगन चलिरहेको छ । टेक्निकल भवनको फिनिसिङ पनि भइरहेको छ । लाइनिङ अर्थात् भुइँ भित्ता ढलानसहित सिभिल संरचनाको काम यसअघि नै सम्पन्न भएको छ । इलेक्ट्रोमेकानिकलसम्बन्धी काम बाँकी रहेको प्रमुख बास्तोलाको भनाइ छ ।

सुरुङमार्गको हालसम्म भौतिक प्रगति ६९ दशमलव ७० प्रतिशत र वित्तीय प्रगति ६३ दशमलव ५५ प्रतिशत रहेको योजना कार्यालयका सूचना अधिकारी एवम् इन्जिनियर सौम्य आनन्दले बताए ।

हालसम्म मुख्य सुरुङसहित बाइवास सुरुङ खन्ने, लाइनिङ, १४ वटा कल्भट, टनेल भित्रको प्रिमेन्टको काम सकिएको आनन्दले बताए । तीनवटा बाइपास निर्माण गरिएको छ ।

सुरुङको भित्री काम सकिएपछि बाहिरी सडक क्षेत्रलाई सुरक्षित बनाउने काम थालिने इन्जिनियर आनन्दले बताए । सुरुङको बाहिरी भागलाई पहिरोबाट जोगाउन रकसेड, रकफल व्यारियर र स्लोप प्रोटेक्सनका काम गरिने उनको भनाइ छ ।

एक हजार १२६ मिटर लामो सुरुङमार्ग २०७८ फागुनमा ठेक्का सम्झौता भई २०७९ सालदेखि निर्माण सुरु भएको हो । आयोजनाको निर्माण चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले गरिरको छ । सो कम्पनीले सात अर्ब ३४ करोड २१ लाख ४० हजारमा ठेक्का लिएको हो ।

सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरबाट पाल्पाको दोभानसम्म अत्यधिक पहिरो झर्ने क्षेत्रअन्तर्गत पर्छ । सुक्खायाममा सुक्खा पहिरो खस्ने भएकाले राजमार्गको यस खण्डलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गरिएको हो ।

सरकारको आफ्नै स्रोतमा निर्माणाधीन यो सुरुङमार्ग सञ्चालनमा आएपछि सिद्धबाबा क्षेत्रमा पहिरो र ढुङ्गा खस्ने समस्याबाट यात्रुले मुक्ति पाउने छन् । लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची, पाल्पा, प्यूठानसहित गण्डकी प्रदेशको स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दीका नागरिक यसबाट प्रत्यक्ष लाभान्वित हुनेछन् ।

Previous Post

फ्लाई दुबईले आजदेखि पोखरा विमानस्थलमा नियमित उडान गर्ने

Next Post

राष्ट्रपति पौडेलसँग अर्थमन्त्री वाग्लेको शिष्टाचार भेट

metakhabar

metakhabar

सम्बन्धित खबर

‘यम्वो द्यो’ ठड्याएर भक्तपुरमा इन्द्रजात्रा सुरु
आवाज

‘यम्वो द्यो’ ठड्याएर भक्तपुरमा इन्द्रजात्रा सुरु

७ अशोज २०८३,
राष्ट्रपति पौडेलसँग अर्थमन्त्री वाग्लेको शिष्टाचार भेट
फिचर-ब्यानर

राष्ट्रपति पौडेलसँग अर्थमन्त्री वाग्लेको शिष्टाचार भेट

७ अशोज २०८३,
पोखरा र गौतमबुद्ध विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा हवाइ भाडा छुट गर्ने सरकारको निर्णय
फिचर-ब्यानर

फ्लाई दुबईले आजदेखि पोखरा विमानस्थलमा नियमित उडान गर्ने

७ अशोज २०८३,
हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही
समाचार

हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही

७ अशोज २०८३,
प्रसारण लाइन निर्माण : स्थानीयद्वारा क्षतिपूर्तिको माग
समाचार

प्रसारण लाइन निर्माणः प्रभावितलाई दश करोड ३३ लाख मुआब्जा

७ अशोज २०८३,
एसियाली खेलकुदअघि जापानको सनसनीपूर्ण प्रदर्शन: विश्वविजेता भारत हारबाट जोगियो
खेलमैदान

एसियाली खेलकुदअघि जापानको सनसनीपूर्ण प्रदर्शन: विश्वविजेता भारत हारबाट जोगियो

७ अशोज २०८३,
Load More
Next Post
राष्ट्रपति पौडेलसँग अर्थमन्त्री वाग्लेको शिष्टाचार भेट

राष्ट्रपति पौडेलसँग अर्थमन्त्री वाग्लेको शिष्टाचार भेट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In