• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण

    सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण

    स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन

    स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन

    रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था

    रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था

    कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने

    कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

    सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चियामा आत्मनिर्भर बन्दै चौतारा नगरपालिका

by
४ असार २०८०,
0
चियामा आत्मनिर्भर बन्दै चौतारा नगरपालिका
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ –सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका चियामा आत्मनिर्भर बन्दैछ । नगरपालिकाले स्याउलेमा चिया खेती विस्तारको काम गरिरहेको छ ।

नगरपालिकाले १ नम्बर वडाको स्याउलेस्थित ओख्रेनीमा चिया खेती गरिरहेको छ । पर्यटकीयस्थल समेत रहेको ओख्रेनीको हावापानी पनि उपयुक्त भएकाले चियाखेती गरेको मेयर कृष्णप्रसाद सापकोटा देशबन्धुले बताए । ‘हाम्रो नगर सदरमुकाममा पनि छ । यहाँ सबै क्षेत्रका मानिसहरू ओहोरदोहोर गर्छन्’ मेयर सापकोटाले भने ‘चियामा आत्मनिर्भर हुन सक्छौँ भनेर प्रयास गरिरहेका छौँ ।’

२०७५ सालदेखि चियाखेती सुरु गरेको नगरपालिकाका सहायक प्राविधिक रामहरी दाहालले बताए । ‘चियाखेतीका लागि उपयुक्त छ कि छैन भनेर सुरुमा अध्ययन गर्‍यौँ’ दाहालले भने ‘चिया तथा कफि विकास बोर्डबाट एक जना प्रशिक्षक ल्याएर सुरुमा प्रशिक्षण दिएका थियौँ ।’ उनका अनुसार सुरुको वर्षमा चिया तथा कफि विकास बोर्डका प्रशिक्षक राखेर रोपका थियौँ ।

नगरपालिकाले २०७५ सालदेखि चियाखेती सुरु गरेको हो । करिब १५ लाख रुपैयाँ लागतमा करिब ६५ रोपनीमा सुरु गरेको चियाखेतीले दुई वर्षअघिदेखि उत्पादन दिन सुरु गरेको दाहालले जानकारी दिए ।

‘२०७५ सालमै रोपेका विरुवाले २०७९ सालदेखि उत्पादन दिन थालेको छ । अघिल्लो वर्ष १०र१२ किलो बेच्यौँ । चिया टिपेर राम्रोसँग बनाएर बेच्न थालेको छ’ दाहालले भने ‘करिब ६५ रोपनीमा चिया रोपिएको छ । चिया दिन करिब साढे २ वर्षदेखि तीन वर्ष लाग्ने रहेछ ।’ उनकाअनुसार नगरपालिकाकै सार्वजनिक जग्गामा सुरु गरिएको चिया खेतीका वर्षैसाल वडाले बजेट छुट्याउने गरेको छ ।

‘नगरपालिकाको सार्वजनिक जग्गा प्रयोग गरिएको हो । वडाबाट पनि वर्षौ साल बजेट हालिएको छ’ उनले भने । सुरु गरेको दोस्रो वर्षदेखि नगरपालिकाले स्याउले ओख्रेनी चिया सहकारी दर्ता गराएर उक्त खेती त्यसलाई हस्तान्तरण गरेको दाहालले बताए । उक्त सहकारी नगरपालिका मातहत रहेको उनको भनाइ छ । सहकारीले उत्पादनलाई व्यवस्थापन गर्ने र आम्दानीको बाटो बनाउने उनले बताए । त्यस्तै बिरुवाको गोडमेल गर्ने र थप बिरुवा रोप्नेलगायत सबै काम सहकारीले गर्नेछ ।

हालसम्म रोपिएका सबै चियाको बोटले अबको दुई वर्षभित्र उत्पादन दिन थाल्ने उनले बताए । ‘हामीले वर्षौ साल बिरुवा रोपेका हौँ । एकै वर्षमा रोपेका होइनौँ । कोही बिरुवा हुर्किँदै छ । कोही टिप्ने बेला भएको छ । अबको करिब २ देखि ३ वर्षपछि सबै चियाले एकै पटक उत्पादन दिन्छ । इलामको जसरी उत्पादन त दिँदैन हाम्रो भौगोलिक हिसाबले पनि । अलि फरक पर्छ नै’ दाहालले भने ‘करिब १४ हजार बिरुवा रोपिएको छ । उत्पादन दिन थालेपछि नगरपालिका चियामा आत्मनिर्भर हुन्छ । किनकी हामीले हरेक वर्ष चिया खेतीमा बिरुवा रोप्दै पनि जानेछौँ ।’

उनले यो वर्ष पनि ५ हजार चियाको बोट रोप्‍ने बताए । चियाको बिरुवा रोप्नका लागि ४ लाख रुपैयाँ बजेट बाँकी नै रहेको जानकारी दिए । यो वर्ष करिब ५०र६० किलो चिया बेच्‍ने उनले बताए । ‘उत्पादन बोट अनुसार हुने रहेछ । ठूलो सप्रेको बोट भएमा एउटा बोटबाट आधा किलोसम्म चिया टिप्न सकिने । सानो बोट भएमा एक पाउ जति हुने’ उनले भने ।

‘चिया बनाउने प्रोसेसिङको पाटोहरू छन् । उहाँहरूले राम्रोसँग गरिदिनु भएन भने खेर जाने सम्भावना पनि हुन्छ । त्यो समस्या पनि हामी माझ छ’ दाहालले भने ‘वार्षिक सुधार गर्दै लैजान्छौँ । उहाँहरूले पनि त्यही अनुसार काम गर्दैछन् ।’

वि।सं। १९२० मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले चीन भ्रमणबाट फर्कँदा चिनियाँ जातको चियाको बीउ उपहार पाएको र उक्त चियाको बीउ इलामका तत्कालीन बडाहाकिम तथा जङ्गबहादुरका ज्वाइँ गजराज सिंह थापालाई दिएपछि वि।सं। १९२० मा इलाम चिया कमान र त्यसको दुई वर्षपछि झापाको फाँटमा सोक्तिम चिया कमानको स्थापनाबाट नेपालमा चिया खेतीको शुरूवात भएको इतिहास पाइन्छ ।

नेपालका पूर्वी जिल्लाहरू इलाम, पाँचथर, झापा, धनकुटा, तेह्रथुम आदि स्थानमा चियाखेतीका लागि अति उपयुक्त मानिन्छ । धेरै पानी पर्ने ९वार्षिक २०० से।मीसम्म०तर पानी नजम्‍ने ठाउँमा चियाखेती गर्न सकिने बताइन्छ ।

नेपालमा गुम्टी, तग्दा ७८, चिनियाँ, आसामिज आदि जातका चिया खेती गर्ने गरिन्छ । नेपालको अर्थोडक्स चिया युरोप, अमेरिका, अस्ट्रेलियालगायतका देशहरूमा लोकप्रिय रहेको छ ।

त्यस्तै नगरपालिकाभित्र रहेका वन पैदावारहरूलाई सिजिनिङ र ट्रिटमेन्टका लागि सम्भाव्यता अध्ययन कार्य भई रहेको नगरपालिकाले जनाएको छ । नगरले जमिन सिञ्चीत ९ग्राउण्ड रिचार्ज० पोखरी ८ वटा निर्माण कार्य गरेको छ ।

त्यस्तै ६२ जनालाई विपद् जोखिम न्यूनिकरणसम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरेको जनाएको छ । चौतारा बजारमा आगलागीको जोखिमलाई मध्येनजर गर्दै १० स्थानमा फायर अग्नि नियन्त्रण ९एक्टिङ्गग्युसर ० राखिएको बताएको छ । साथै अग्नि नियन्त्रणका लागि नगरपालिकाको वारुणयन्त्र ९दमकल० ७० स्थानमा प्रयोग भएको छ । साझेदारीमा क्लस्टर वन व्यवस्थापन अनुदान कार्यक्रम सम्पन्न गरेको छ ।

वडा कार्यालय वरपर र सडकको दायाँ बायाँ वृक्षारोपण गरी हरियाली बनाउने कार्य सञ्चालनको क्रममा रहेको जनाएको छ । पहिरोबाट प्रभावित ६ सय घरधुरीलाई त्रिपाल वितरण गरेको छ ।

पहिरोले घर भत्किएका २० परिवारलाई विपद् प्रभावित निजी आवास पुननिर्माणका लागि पहिलो र दोस्रो किस्ता वापतको रकम प्रदान गरेको बताएको छ । विपद् पूर्वतयारीका लागि आवश्यक विपद् सामाग्रीहरू खरिद गरी व्यवस्थापन गरेको जनाएको छ ।

Previous Post

बर्दियामा बाघ हेर्न पर्यटक बोलाउँदै पर्यटन व्यवसायी

Next Post

समाजवादी मोर्चा विस्तृत शान्ति सम्झौतालाई अपमानित गर्ने प्रवृत्ति विरुद्ध हो : प्रधानमन्त्री दाहाल

सम्बन्धित खबर

सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण
समाचार

सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण

२७ जेष्ठ २०८३,
स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन
समाचार

स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन

२७ जेष्ठ २०८३,
रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था
समाचार

रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था

२७ जेष्ठ २०८३,
कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने
फिचर-ब्यानर

कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने

२७ जेष्ठ २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
फिचर-ब्यानर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

२७ जेष्ठ २०८३,
सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’
फिचर-ब्यानर

सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

२७ जेष्ठ २०८३,
Load More
Next Post
समाजवादी मोर्चा विस्तृत शान्ति सम्झौतालाई अपमानित गर्ने प्रवृत्ति विरुद्ध हो : प्रधानमन्त्री दाहाल

समाजवादी मोर्चा विस्तृत शान्ति सम्झौतालाई अपमानित गर्ने प्रवृत्ति विरुद्ध हो : प्रधानमन्त्री दाहाल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In