• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण

    सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण

    स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन

    स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन

    रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था

    रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था

    कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने

    कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

    सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कैलालीमा गर्मीले दैनिक जनजीवन कष्टकर, विद्यालयमा बिदा

by
३२ जेष्ठ २०८०,
0
कैलालीमा गर्मीले दैनिक जनजीवन कष्टकर, विद्यालयमा बिदा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कैलाली । कैलालीमा एक सातायता गर्मी बढेपछि दैनिक काम गरेर गुजारा गर्नेको दैनिकी कष्टकर भएको छ । कैलालीको गर्मी ४२ डिग्री सेल्सियस पुगेपछि यहाँको जनजीवन प्रभावित भएको छ । दैनिक ज्यालादारी गर्ने, रिक्सा चलाउने, सडक किनारमा सामान बेचबिखन गर्ने, ठेला व्यवसायीलाई बढी समस्या भएको छ ।

रिक्सा चालक माया चौधरी पाँच वर्षदेखि टीकापुरको बजारमा रिक्सा चलाउछन् । यस वर्ष एक सातायता अत्यधिक गर्मी बढेपछि उहाँलाई रिक्सा चलाउन कठिन भएको छ । “गर्मीमा निकै गाह्रो हुन्छ, ओठमुख सुक्छ, तातो हावा चलेर ओठ मुख सुकेका छन्, दिउँसोको समयमा आँखा पनि पोल्न थाल्छ”, मायाले भने, “दिउँसोको घाममा रिक्सा चलाउन सकेको छैन । केही दिनदेखि गाह्रो भएको छ ।”

अर्का रिक्सा चालक दिलबहादुर चौधरी पनि तातो हावा र गर्मी सहन कठिन भएको बताउछन् । “यात्रु बोकेर हिँड्दा सबै ठाउँमा चिसो पानी खान पाइँदैन, एकातिर गर्मी, अर्कोतर्फ तातो पानी पिउन सकिँदैन”, उनी भन्छन्, “कहिलेकाहीँ त मुटु पनि दुख्छ । हिजो त गर्मीले मुटु दुख्न थालेपछि दिनभरि रिक्सा चलाउन गएन ।”

विगत पाँच वर्षदेखि रिक्सा चलाएर जीवन धानेकी लक्ष्मी चौधरी पनि यस वर्ष दिउँसोमा रिक्सा चलाउन नसकेको बताउनुहुन्छ । ज्यालादारी गर्नुभन्दा अटोरिक्सा चलाउन थालेकी लक्ष्मीलाई पनि गर्मीले हैरान पारेको छ । “गर्मीले यात्रु बोक्न सकिएको छैन, साँझ र बिहान मात्र चलाउँछु, दिनभरि लचाए पो कमाइ हुन्छ”, उनी भन्छन्, “थोरै काम गर्दा पनि गर्मीले बेलुका थाकिन्छ, एकातिर गर्मीमा रिक्सा चलाउनु, अर्कोतर्फ भान्सामा काम गर्दा पनि गर्मी हुन्छ । महिलालाई त कठिन मात्र ।”

राधाकृष्ण थारुलाई पनि यस्तै समस्या छ । “बाटा राम्रो छैनन् । धुलैधुलो, खाल्डाखुल्डी भएको सडकमा गर्मी छल्न मुस्किल भएको छ”, उनी भन्छन्, “गर्मीमा दिउँसो यात्रु बोक्न पनि सकिँदैन, गर्मीमा यात्रु पनि पाइँदैनन् ।”

गर्मी बढेपछि दैनिक ज्यालादारी काम गर्नेलाई पनि समस्या भएको छ । दैनिक घर निर्माणको काममा संलग्न राधेश्याम चौधरी पनि एक सातादेखि काममा जान सक्नुभएको छैन । “घरको मसला बनाउँदै थिए, एक दिन गर्मीले ढलेछु । साथीहरुले अस्पताल लगेर उपचार गरेर बचाए”, राधेश्यामले भने, “त्यसपछि काममा गएको छैन । पानी परेपछि अलि शीतल भएमा काममा जाउला भनेको छु ।”

राधाश्यामजस्तै अन्य कामदारसमेत गर्मीले नियमित काममा जान सकेका छैनन् । गर्मी बढेपछि टीकापुर अस्पतालमा समेत विभिन्न समस्या भएका बिरामी बढेको छन् । तापक्रम बढ्दै जाँदा मानिसको स्वास्थ्यमा थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, बेहोस हुनेजस्ता समस्या देखा पर्छन् । गर्मीको समयमा मानिसको शरीरमा पानीको मात्रा घटी मानिस बेहोस हुने, बिरामी हुने, ज्वरो आउनेलगायतका समस्या देखिएका बिरामी बढेका अस्पतालले जनाएको छ ।

गर्मी बढेपछि विद्यालयमा बिदा

गर्मी अत्यधिक बढेपछि कैलालीका विद्यालयमा गर्मी बिदा दिन थालिएको छ । गर्मी बढेपछि बालबालिकालाई विद्यालय जान आउन कठिन भएको छ । बालबालिका गर्मीले विद्यालयबाट आउँदा ओठमुख सुकाएर आउने भएकाले अभिभावकले बिदा दिन माग गरेका हुन् ।

पछिल्लो समय अत्यधिक गर्मी बेढेकाले विद्यार्थी र शिक्षकको स्वास्थ्यमा असर पर्ने देखिएकाले हिउँदे वा बर्से बिदाबाट मिलाउने गरी बिदा दिइएको पालिकाले जारी गरेका सूचनामा उल्लेख छ । गर्मी बढेकाले कैलालीको टीकापुर नगरपालिकाले असार १ गतेबाट बिदा दिने निर्णय गरेको छ ।

धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकाले यसअघि नै बिदा दिइसकेका छन् । गर्मीले बालबालिकालाई विद्यालय जान र विद्यालयमा समेत शिक्षणमा समस्या भएपछि बिदा दिन थालिएको हो । टिनका छाना, प्रचण्ड गर्मी, कतिपय विद्यालयमा पङ्खासमेत नभएको अवस्थामा विद्यालयमा पठनपाठनमा समस्या भएको शिक्षक बताउँछन् ।

Previous Post

अष्ट्रेलियाको संसदमै सिनेटरमाथि यौन दुर्व्यवहार

Next Post

अमेरिकी संसद भवनमा पहिलो पटक हिन्दु वैदिक मन्त्र बाचन

सम्बन्धित खबर

सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण
समाचार

सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण

२७ जेष्ठ २०८३,
स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन
समाचार

स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन

२७ जेष्ठ २०८३,
रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था
समाचार

रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था

२७ जेष्ठ २०८३,
कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने
फिचर-ब्यानर

कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने

२७ जेष्ठ २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
फिचर-ब्यानर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

२७ जेष्ठ २०८३,
सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’
फिचर-ब्यानर

सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

२७ जेष्ठ २०८३,
Load More
Next Post
अमेरिकी संसद भवनमा पहिलो पटक हिन्दु वैदिक मन्त्र बाचन

अमेरिकी संसद भवनमा पहिलो पटक हिन्दु वैदिक मन्त्र बाचन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In