• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ढुक्क हुनुस्, देश बनाउँछौँ: महामन्त्री शाह

    ढुक्क हुनुस्, देश बनाउँछौँ: महामन्त्री शाह

    गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस

    गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    बजेटको उच्च प्राथमिकतामा सुरुङमार्ग

    सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

    बजेटको प्रभाव सुन बजारमा, एकैदिन तोलामा २० हजार ५०० रुपैयाँ वृद्धि

    सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो

    पोखराका होटल पाहुनाले भरिभराउ

    पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

    पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दिनभर मकैबारीमा बाँदर धपाउँदै वडाध्यक्ष

by
२५ जेष्ठ २०८०,
0
किसानको प्रश्‍नः सरकारले बाँदर बचाउने हो कि मानिस ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कुश्मा । पर्वतको कुश्मा नगरपालिका–९ का वडाध्यक्ष रामशर्मा लामिछाने हरेक महिनाको १५ गते र ३० गते वडा कार्यालयमा भेटिंदैनन्। उनी बिरामी भएर वा अन्यत्र गएर वडा कार्यालय नआएका होइनन्। हरेक महिनाको दुई दिन लामिछाने बाँदर धपाउन खेतबारी रुँगेर बस्छन्।

लामिछाने मात्र हैन कुश्मा नगपालिका–९ का १५ परिवारको एउटै फाँट रहेको छ । ती फाँटमा लगाइएका मकै जोगाउन वडाध्यक्षलगायत १५ जनाले आलोपालो गरेर मकै जोगाउन लागेका छन्। वडाको कामसँगै खेतबारीमा लगाएको मकै, बोडी, सिमी पनि जोगाउनुपरेको अध्यक्ष लामिछानेले बताए।

खेतबारीमा मकैले भर्खरै घोगा हाल्दै गरेका छन् तर किसानलाई भने ती घोगा जोगाएर घर भित्र्याउने पाइने हो कि होइन भन्ने चिन्ता छ । आफूले भन्दा पहिल्यै बाँदरले मकै खाला भन्ने डर भएपछि खेतबारीमै छाप्रो हालिएको छ, जहाँ प्रत्येक दिन गाउँका कोही न कोही हेरालो बस्नुपर्ने बाध्यता परेपछि आफूसमेत महिनामा दुई दिन खेतबारी रुगेर बस्ने गरेको उनी बताउँछन्।

खेतबारीमा लगाएका बाली जोगाउन कटुवा चौपारीवासीलाई हम्मेहम्मे परेको छ । यहाँको करिब साढे दुई सय रोपनीमा मकै लगाइएको छ । मकैले घोगा हाल्दै छन्, बाँदर भने दैनिकजसो खेतबारीको आसपासमा आउन थालेका छन् । बाँदर आतङ्क बढेपछि कटुवा चौपारीवासी पालो नै छुट्याएर बाँदर धपाउन लागिपरेका छन् । कुश्मा नगरपालिका–९ कटुवाचौपारीका वडाध्यक्ष लामिछाने गाउँले बाँदरबाट बाली जोगाउन पालो लगाएर खेतबारीमै बस्न थालेको बताए ।

‘अब एक महिना बाँदरबाट बाली जोगाउन एकदमै कठिन हुन्छ, बाली पाक्नै लाग्दा बाँदर खेतबारीमा पसेर सबै खाइदिन्छ’, उनले भने, ‘यसपालि चाहिँ पालो नै बनाएर बाँदर धपाउन खेतबारीमै बसेका छौँ ।’

उक्त क्षेत्रमा बाँदर आतङ्क नयाँ भने होइन । विगत वर्षमा पनि बाँदरले बालीनाली नष्ट गर्ने गरेको वडाध्यक्ष लामिछानेले बताए। ‘यसअघि पनि बाँदरले बाली खाइदिन्थ्यो, बाँदरबाट जोगाउन धेरै कोसिस गरियो तर, नसकेपछि यसपालि पालो गरेर खेतबारीमै बसे गरेका छौँ’, उनले भने, ‘बाँदर आएपछि कराउने हल्ला गर्ने अनि बाँदर भाग्छ, त्यसरी बालीनाली जोगाउन सकिन्छ ।’

बाँदरबाट बालीनाली जोगाउन खेतबारीमा छाप्रो बनाइएको छ । पालो परेको व्यक्ति सोही छाप्रोमा आएर बस्ने र बाँदर आएपछि सङ्केत गर्ने गरिन्छ । ‘हामी खेतबारीको छेउमा सानो छाप्रो बनाएका छौँ । सबैको पालो लगाएका छौँ, कसले कति गते पालो परेको छ, त्यतिअनुसार छाप्रोमा बस्नुहुन्छ, र बाँदर आयो भने त्यहाँबाट सङ्केत गरिन्छ, सङ्केत पाउँदा बित्तिकै सानो झुन्ड रैछ भने आफैँ धपाउछन्, ठूलै भुन्ड रैछ भने सबै गाउँले गएर धपाउँछौँ’, वडाध्यक्ष लामिछानेले भने, ‘७० घरको खेती यसरी नै जोगाउँछौँ ।’

बाँदर धपाउने कृत्रिम उपाय अपनाए पनि नभागेपछि उक्त उपाय अपनाएको वडाध्यक्ष लामिछाने बताए। ‘बाँदर धपाउन धेरै उपाय अपनाऔँ, पड्काउने, बजाउने सबै गरियो तर, भागेन’, उनले भने, ‘अहिले पालो लगाएर खेतबारीमा बसेपछि बाली जोगाउन सकिएको छ ।’

Previous Post

उडिरहेको कोरियन एयरको जहाजमा चुरोट सेवन, त्रिभुवन विमानस्थल ओर्लिनेवित्तिकै पक्राउ

Next Post

गोलभेँडाले मूल्य नपाउँदा कृषक मारमा

सम्बन्धित खबर

ढुक्क हुनुस्, देश बनाउँछौँ: महामन्त्री शाह
समाचार

ढुक्क हुनुस्, देश बनाउँछौँ: महामन्त्री शाह

१७ जेष्ठ २०८३,
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस
फिचर-ब्यानर

गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस

१७ जेष्ठ २०८३,
‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा
आर्थिक

बजेटको उच्च प्राथमिकतामा सुरुङमार्ग

१७ जेष्ठ २०८३,
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
फिचर-ब्यानर

बजेटको प्रभाव सुन बजारमा, एकैदिन तोलामा २० हजार ५०० रुपैयाँ वृद्धि

१७ जेष्ठ २०८३,
सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो
आर्थिक

पोखराका होटल पाहुनाले भरिभराउ

१७ जेष्ठ २०८३,
पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो
फिचर-ब्यानर

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

१७ जेष्ठ २०८३,
Load More
Next Post
गोलभेँडाले मूल्य नपाउँदा कृषक मारमा

गोलभेँडाले मूल्य नपाउँदा कृषक मारमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In