• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पाल्पामा ८४२ एचआइभी सङ्क्रमितः नियमित औषधि सेवन गर्ने ३५४ जना

    पाल्पामा ८४२ एचआइभी सङ्क्रमितः नियमित औषधि सेवन गर्ने ३५४ जना

    सेनाले सुरु गर्‍यो महाकाली पुलको गाइडबण्ड पुनर्निर्माण

    सेनाले सुरु गर्‍यो महाकाली पुलको गाइडबण्ड पुनर्निर्माण

    कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा

    राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः गगन थापा

    विश्वकप फुटबल : टर्कीमाथि अस्ट्रेलियाको २-० गोलको जित

    विश्वकप फुटबल : टर्कीमाथि अस्ट्रेलियाको २-० गोलको जित

    परराष्ट्रमन्त्री खनाल बेइजिङमा

    परराष्ट्रमन्त्री खनाल बेइजिङमा

    अस्थिर मूल्यका कारण एसियाभर सुनको माग कमजोर, नेपाली बजारमा पनि प्रभाव

    सुनको मूल्य तोलामा एक हजार दुई सयले बृद्धि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मनाङमा सडक र पदमार्ग एउटै हुँदा पदयात्रीलाई सास्ती

by
१९ जेष्ठ २०८०,
0
मनाङमा सडक र पदमार्ग एउटै हुँदा पदयात्रीलाई सास्ती

from Upendra Adhikari facebook

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

विश्वका विभिन्न राष्ट्रबाट भ्रमणका लागि आउने पर्यटक अधिकांश हिमाली जिल्ला मनाङ आउने गरेका छन् । विशेष गरी यहाँको सुन्दरता, परम्परागत संस्कार, संस्कृति अवलोकन गर्न तथा यहाँ रमाउन पर्यटक आउने गर्दछन् ।

यहाँ आउने क्रममा भने पर्यटकले सास्ती खेप्नुपरेको छ । मनाङको मेरुदण्ड डुम्रे–बेँसीसहर–चामे सडकखण्डको विस्तार गर्दा पदमार्गकै ट्र्याकमा हुँदा भने समस्या भएको छ । मनाङको यात्रा गर्दा सडक मार्ग र पदमार्ग एउटै हुँदा पदयात्रीले धुलोको सास्ती भोग्नुपर्ने अवस्था छ ।

मनाङका जनप्रतिनिधि र स्थानीयले सडकमार्ग विस्तारसँगै पदमार्गको वैकल्पिक योजना निर्माण गर्नुपर्ने आवाज उठाउँदै आएका छन् । गण्डकी प्रदेशसभा सदस्य मुनिन्द्रजङ्ग गुरुङले सडक र पदमार्ग एउटै हुँदा पर्यटकले सास्ती खेप्नुपरेकाले यसको वैकल्पिक पदमार्ग निर्माण गर्नुपर्ने बताउनुभयो ।

“सडक र पदमार्गको ट्र्याक एउटै हुँदा पदयात्रीले समस्या भोग्नुपरेको छ, यस्ता समस्या समाधानका लागि प्रदेश सरकारसमक्ष आवाज उठाएका छौँ, वैकल्पिक पदमार्ग निर्माणको योजना तय गर्न प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकमा छलफलमा ल्याउने छौँ”, प्रदेशसभा सदस्य गुरुङले भन्नुभयो । वैकल्पिक पदमार्ग निर्माण गर्नसके पदयात्रीले धुलो र सवारीसाधनको सास्ती खेप्नुपर्ने समस्या हट्ने उहाँको भनाइ छ ।

मनाङमा वार्षिक ३५ देखि ४० हजार बाह्य पर्यटक भित्रिने र त्यसमाथि पदमार्गकै माध्यम अपनाउने भएकाले यसको वैकल्पिक योजना बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो । “मनाङ पर्यटकको ‘हब’ भएकाले सहज बनाउने कार्यमा पनि जोड दिनुपर्छ”, उहाँले भन्नुभयो, “विकास निर्माण पनि हुनुपर्छ, राष्ट्रकै राजस्व वृद्धिमा सहयोग पु¥याउने क्षेत्रको संरक्षणमा सरकारलाई ध्यानाकर्षण गराउनु हाम्रो कर्तव्य हो ।

” देशकै गहनाका रुपमा रहेका हिमाल र अन्नपूर्ण पदमार्गमा पर्यटकको आकर्षण सदा उस्तै बनाउनु सबैको जिम्मेवारी भएकाले सचेत हुनुपर्ने उहाँको भनाइ छ । अन्नपूर्ण पदमार्ग विश्वकै दसौँ स्थानमा पर्दछ । यस पदमार्गलाई जोखिमयुक्तसमेत मानिन्छ । साहसिक पर्यटक भने यस मार्गको यात्रामा रमाउने गरेका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकाइका प्रमुख लेखनाथ गौतमले सरकारले जोखिमयुक्त मनाङ भ्रमणमा आउने पर्यटकले अनिवार्यरुपमा पथ प्रदर्शक ल्याउनुपर्ने प्रावधानले सूचना प्राप्त गर्न सहज भएको बताउनुभयो ।

“जोखिमयुक्त पदमार्गमा यात्रा गर्दा पर्यटक एक्लै यात्रामा जाँदा बिरामी पर्ने, हराउने र जोखिम क्षेत्रमा खोजी कार्य गर्न समस्या भएपछि नेपाल सरकारले ‘गाइड’ बिना यात्रामा जान रोक लगाएको छ, अहिले गाइड लिएर मात्रै पर्यटक आउने वा यात्रा गर्ने गरेका छन्”, उहाँले भन्नुभयो, “यो प्रावधानले हामीलाई पनि सहज भएको छ ।” पर्यटक वृद्धि हुँदा मनाङको आयस्तरसमेत वृद्धि हुने गरेको छ ।

पर्यटक हिमाल तथा पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै मनाङबाट थोराङ्लापास गरी मुस्ताङ कोही पोखरा जान अन्नपूर्ण पदमार्गमा आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङको बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारामा रहेको छ ।

अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच जिल्ला जोडिएका छन् । काठमाडौँदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् । पदमार्गमार्फत पर्यटक मनाङका विभिन्न स्थानको अवलोकनसहित यात्रामा जाने गरेका छन् । यहाँ भित्रिने पर्यटकलाई सहज बनाउन र आकर्षित गरिरहन वैकल्पिक पदमार्ग बनाउनसकेमा पर्यटकले अझ सुरक्षित तवरबाट मनाङको यात्रा गर्न पाउनेछन् ।

Previous Post

प्रधानमन्त्री दाहाल इन्दोरमा

Next Post

जो बाइडेन कोलोराडोमा एयर फोर्स एकेडेमी कार्यक्रममा ढले

सम्बन्धित खबर

पाल्पामा ८४२ एचआइभी सङ्क्रमितः नियमित औषधि सेवन गर्ने ३५४ जना
फिचर-ब्यानर

पाल्पामा ८४२ एचआइभी सङ्क्रमितः नियमित औषधि सेवन गर्ने ३५४ जना

३१ जेष्ठ २०८३,
सेनाले सुरु गर्‍यो महाकाली पुलको गाइडबण्ड पुनर्निर्माण
समाचार

सेनाले सुरु गर्‍यो महाकाली पुलको गाइडबण्ड पुनर्निर्माण

३१ जेष्ठ २०८३,
कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा
समाचार

राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः गगन थापा

३१ जेष्ठ २०८३,
विश्वकप फुटबल : टर्कीमाथि अस्ट्रेलियाको २-० गोलको जित
खेलमैदान

विश्वकप फुटबल : टर्कीमाथि अस्ट्रेलियाको २-० गोलको जित

३१ जेष्ठ २०८३,
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
फिचर-ब्यानर

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

३१ जेष्ठ २०८३,
अस्थिर मूल्यका कारण एसियाभर सुनको माग कमजोर, नेपाली बजारमा पनि प्रभाव
आर्थिक

सुनको मूल्य तोलामा एक हजार दुई सयले बृद्धि

३१ जेष्ठ २०८३,
Load More
Next Post
जो बाइडेन कोलोराडोमा एयर फोर्स एकेडेमी कार्यक्रममा ढले

जो बाइडेन कोलोराडोमा एयर फोर्स एकेडेमी कार्यक्रममा ढले

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In