• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आत्मनिर्भर बन्दै रौतहटका महिलाहरू

    आत्मनिर्भर बन्दै रौतहटका महिलाहरू

    अत्यावश्यक हलुका सवारीसाधनलाई गन्तव्यतर्फ लाग्न अनुमति

    मुग्लिन–मलेखु सडक : चार पुल सञ्चालनको तयारी

    प्रतिनिधिसभामा बजेटमाथि छलफल जारी, सांसदहरूका फरक–फरक धारणा

    प्रतिनिधिसभामा बजेटमाथि छलफल जारी, सांसदहरूका फरक–फरक धारणा

    विपद् व्यवस्थापनमा कानुन बाधक : गृहमन्त्री गुरुङ

    विपद् व्यवस्थापनमा कानुन बाधक : गृहमन्त्री गुरुङ

    पाकिस्तानमा ‘तीन करोड गरिबीमा धकेलिए’ः आर्थिक पतन र बढ्दो आप्रवासनका लागि सरकारलाई दोष

    पाकिस्तानको मध्यस्थता प्रयास

    इभी कर विवादमा लेखा समितिमा चर्कियो बहस, उपसमिति गठनको माग

    इभी कर विवादमा लेखा समितिमा चर्कियो बहस, उपसमिति गठनको माग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    आत्मनिर्भर बन्दै रौतहटका महिलाहरू

    आत्मनिर्भर बन्दै रौतहटका महिलाहरू

    अत्यावश्यक हलुका सवारीसाधनलाई गन्तव्यतर्फ लाग्न अनुमति

    मुग्लिन–मलेखु सडक : चार पुल सञ्चालनको तयारी

    प्रतिनिधिसभामा बजेटमाथि छलफल जारी, सांसदहरूका फरक–फरक धारणा

    प्रतिनिधिसभामा बजेटमाथि छलफल जारी, सांसदहरूका फरक–फरक धारणा

    विपद् व्यवस्थापनमा कानुन बाधक : गृहमन्त्री गुरुङ

    विपद् व्यवस्थापनमा कानुन बाधक : गृहमन्त्री गुरुङ

    पाकिस्तानमा ‘तीन करोड गरिबीमा धकेलिए’ः आर्थिक पतन र बढ्दो आप्रवासनका लागि सरकारलाई दोष

    पाकिस्तानको मध्यस्थता प्रयास

    इभी कर विवादमा लेखा समितिमा चर्कियो बहस, उपसमिति गठनको माग

    इभी कर विवादमा लेखा समितिमा चर्कियो बहस, उपसमिति गठनको माग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

गलकोट दरबार संरक्षण गरिँदै

by
१९ जेष्ठ २०८०,
0
गलकोट दरबार संरक्षण गरिँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बागलुङ । बागलुङको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारमा तत्कालीन मल्ल राजाले राज्य गरेको गलकोट दरबार पर्यटकीय हब बनेको छ । हरिचौरको मुख्य आकर्षक भनेको गलकोट राज्य सञ्चालन भएको गलकोट दरबार नै हो ।

पुरानो सदरमुकाम, गलकोट दरबार र अहिलेमात्रै पर्यटकीय गन्तव्यका रूपमा थपिएको टेउवाको खुला मूर्तिकला सङ्ग्रहालयका कारण अहिले हरिचौर चर्चामा रहेको छ । हरिचौर बजारको इतिहास बोकेको मल्ल राजाले राज्य गरेको गलकोट दरबार पर्यटक बोलाउने प्रमुख माध्यम बनेको छ । अहिले गलकोट दरबारमा आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । दरबार अवलोकन गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै दरबार संरक्षण गर्न थालिएको तत्कालीन राजा भरतबम मल्लका नाति मञ्जेशबम मल्लले बताए ।

जीर्ण बन्दै गएको बागलुङको गलकोट दरबारका यस वर्ष पाँच झ्याल पुरानै शैलीमा फेरिएको मल्लको भनाइ छ । दरबारको वरपर फैलिएको बगैँचामा अहिले सुन्तलाका बोट समेत हुर्किरहेका छन् । ‘दरबार एक सय दुई वर्ष पुरानो हो, यहाँ सिमेन्टको प्रयोग गरिएको छैन, नितान्त स्थानीय कच्चा सामग्रीको प्रयोग गरेर बनाइएको छ, बगैँचालाई व्यवस्थित गराउन सुन्तला समेत रोपिएको छ’, मल्लले भने, ‘दरबार संरक्षण गर्नका लागि यहाँ सिसौको काठ खोजिरहेको छु, पुरानै शैलीमा झ्याल तथा ढोका फेर्न आवश्यक छ, अहिले पाँचवटा मात्रै झ्याल फेर्न सके पुरानै शैलीमा निर्माण गर्दा झ्याल तथा ढोका निकै खर्चिलो रहेछ ।’

मल्लका अनुसार दरबार हेर्न आउनेहरूले इतिहासको विषयमा खोजी गर्ने भएकाले दरबारको विषय समेटिएको सूचना पार्टी राख्ने, पुरानो पोखरी पुनर्निर्माण गर्ने र दरबार क्षेत्रमा भएको फलफूलको बोटलाई व्यवस्थित गराने योजना रहेको सुनाए । बिदाको समयमा दरबार घुम्न आउने पर्यटकको संख्या सबैभन्दा बढी भएको उनको भनाइ छ ।

हजुरबाले राज्य गरेको स्थानलाई पर्यटकीय केन्द्र बनाउने गरी आफूले माछापोखरी बनाएर विभिन्न प्रजातिका माछा समेत पालेको बताए । ‘दरबार नजिकै माछापोखरी थियो रे, त्यसैले अहिले बाबुबाजेको सम्झनाका लागि माछापोखरी बनाएको हुँ, यहाँ रङ्गीन माछा छन्, जुन खानका लागि भन्दा पर्यटक आकर्षित गर्नका लागि हो’, मल्लले भने, ‘दरबारको रेखदेख गर्ने जिम्मा मेरै काँधमा छ, मैले दरबारलाई पुरानै अवस्थामा राख्न व्यक्तिगत खर्चमा काम गरिरहेको छु, दरबार पुनर्निर्माणका लागि काठको खोजीसमेत भइरहेको छ ।’

उक्त गलकोट दरबार र जग्गा मल्लकी आमा सरोजा मल्लको नाममा छ । विसं २०३९ मा राजा भरतबमको निधन भएको थियो । राजा मल्लको निधनपछि दरबार संरक्षणको जिम्मा छोरा माधवबम मल्लको काँधमा आएको थियो । परिवारसहित दरबारमा बस्दै आएका मल्लको सशस्त्र द्वन्द्वका समयमा २०५९ वैशाखमा हत्या भएको थियो । त्यसपछि मल्ल परिवार त्यहाँबाट विस्थापित बनेर काठमाडौँ गए पनि संरक्षणका लागि राजाका नाति मञ्जेशबम मल्ल समय–समयमा दरबारमा आएर बस्ने गरेका थिए ।

कुनै बेला राजाले राज गरेको यो ठाउँ अहिले पर्यटकको आकर्षणको केन्द्र बन्दै गएकाले उक्त दरबार अध्ययन गर्ने थलोका रूपमा समेत विकसित भइरहेको छ । विसं १९७९ मा ढुङ्गा, माटो, इँटा र काठ प्रयोग गरेर कलात्मक शैलीमा बनेको यो दरबार हेर्न, फोटो खिच्न र टिकटक बनाउनका लागि बागलुङ बजार, चितवन, काठमाडौँ र नेपालका विभिन्न क्षेत्रबाट घुम्न आउने गरेका छन् ।

तस्विरमा देखिएको गलकोट दरबार प्रत्यक्ष अवलोकन गर्दा निकै फरक अनुभूति भएको बागलुङ बजारबाट गलकोट दरबार हेर्न पहिलोपटक पुगेका दिलीप प्रतेलले जानकारी दिए । ‘पछिल्लो समय टिकटक र सामाजिक सञ्जालमा देखिएको गलकोट दरबार प्रत्यक्ष अवलोकन गर्ने अवसर मिल्यो, भूगोल दरबार तथा बगँैचा देख्दा राजा बस्ने ठाउँ जस्तै छ’, प्रतेलले भने, ‘यसको पुनर्निर्माण गर्न आवश्यक देखेँ, केही कामको थालनी भएको रहेछ, दरबार संरक्षण र प्रचार गर्न सके धेरै पर्यटक बोलाउन सकिने सम्भावना रहेछ ।’

दरबारको पर्खाल, पोखरी, बगैँचा, धन्सार, शीतलपाटी, मन्दिर हुँदै दरबार घुम्दा आनन्दित भएको उनको भनाइ छ । बाबुको हत्यापछि विस्थापित परिवार नफर्कदा दरबारको विभिन्न संरचना लथालिङ्ग भए पनि पछि नाति मन्जेशबम मल्ल आएर दरबारलाई संरक्षण गर्न थालेका हुन् ।

विसं २०१७ सम्म राज्य सञ्चालन गरिरहेको गलकोट राज्य सञ्चालन समेत भएको स्थानमा पछि बागलुङको जिल्ला सदरमुकाम रहेको थियो । विसं २०१९ मा बागलुङ जिल्लाको सदरमुकाम हरिचौर बजारबाट बागलुङ बजार सारिएको हो । पर्यटकीयस्थल घुम्टेपहाडको काँधमा रहेको गलकोट दरबार, हरिचौर बजार, गाईघाट झरना र गलकोटकै सहस्राधारा झरनाले गलकोटमा पर्यटकलाई आकर्षित गरिरहेको गलकोट नगरपालिकाका प्रवक्त हेमन्त भण्डारी जानकारी दिए ।

Previous Post

श्रीलङ्कामा तीन वर्षपछि पहिलो पटक ब्याजदर कटौती

Next Post

प्रधानमन्त्री दाहाल इन्दोरमा

सम्बन्धित खबर

आत्मनिर्भर बन्दै रौतहटका महिलाहरू
आर्थिक

आत्मनिर्भर बन्दै रौतहटका महिलाहरू

२८ जेष्ठ २०८३,
अत्यावश्यक हलुका सवारीसाधनलाई गन्तव्यतर्फ लाग्न अनुमति
आर्थिक

मुग्लिन–मलेखु सडक : चार पुल सञ्चालनको तयारी

२८ जेष्ठ २०८३,
प्रतिनिधिसभामा बजेटमाथि छलफल जारी, सांसदहरूका फरक–फरक धारणा
समाचार

प्रतिनिधिसभामा बजेटमाथि छलफल जारी, सांसदहरूका फरक–फरक धारणा

२८ जेष्ठ २०८३,
विपद् व्यवस्थापनमा कानुन बाधक : गृहमन्त्री गुरुङ
समाचार

विपद् व्यवस्थापनमा कानुन बाधक : गृहमन्त्री गुरुङ

२८ जेष्ठ २०८३,
पाकिस्तानमा ‘तीन करोड गरिबीमा धकेलिए’ः आर्थिक पतन र बढ्दो आप्रवासनका लागि सरकारलाई दोष
अन्तर्राष्ट्रिय

पाकिस्तानको मध्यस्थता प्रयास

२८ जेष्ठ २०८३,
इभी कर विवादमा लेखा समितिमा चर्कियो बहस, उपसमिति गठनको माग
फिचर-ब्यानर

इभी कर विवादमा लेखा समितिमा चर्कियो बहस, उपसमिति गठनको माग

२८ जेष्ठ २०८३,
Load More
Next Post
प्रधानमन्त्री दाहाल इन्दोरमा

प्रधानमन्त्री दाहाल इन्दोरमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In