• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

    सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

    रैथाने बाली सङ्कटमा

    रैथाने बाली सङ्कटमा

    पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद

    पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद

    १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन

    १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन

    अर्को वर्ष भेटौँला मनास्लु !

    अर्को वर्ष भेटौँला मनास्लु !

    बाढीपछिको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणबारे नेपाल–अमेरिका छलफल

    बाढीपछिको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणबारे नेपाल–अमेरिका छलफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटन महोत्सव हुने

by
५ जेष्ठ २०८०,
0
कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटन महोत्सव हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव हुने भएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजना तथा घान्द्रुक पर्यटन व्यवस्थापन समितिको व्यवस्थापनमा यसै महिनाको जेठ १७ देखि २० गतेसम्म घान्द्रुकमा अन्नपूर्ण म्याराथन तथा अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तेश्रो संस्करण हुने भएको हो ।

दोश्रो संस्करणसम्म भएर विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड) का कारण तीन वर्षदेखि रोकिएको महोत्सव यस वर्ष “पर्यटनका लागि सबै मौषम” भन्ने मूल नाराका साथ हुने बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर आयोजकले जानकारी दिएको छ । महोत्सवको तयारी तीव्र पारिएको र हालसम्म ८० प्रतिशत तयारी सकिएको महोत्सव संयोजक ललित गुरुङले जानकारी दिनुभएको छ ।

महोत्सवको अवसरमा आयोजित अन्नपूर्ण म्याराथन प्रमुख आकर्षणको रुपमा रहनेछ । सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको इतिहासमा विश्व कीर्तिमान राखेको दिन अन्नपूर्ण आरोहण दिवसको अवसरमा पारेर महिला÷पुरुष दुबै विधामा प्रतियोगिता आयोजना गरिने संयोजक ललित गुरुङले बताउनुभयो ।

अन्नपूर्ण आधारशिविरबाट शुरु हुने म्याराथन माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु घुर्जुङ, चुइले, कोम्रोङडाँडा, किम्रोङखोला, उरीहुँदै घान्द्रुक आई समापन हुने कार्यक्रम रहेको छ ।

अल्टिमेट एडभेञ्चर नेपालको मुख्य प्रायोजनामा हुने प्रतियोगिताको पुरुषतर्फ प्रथम हुनेलाई १ लाख ५० हजार, द्वितीय हुनेलाई १ लाख, तृतीय हुनेलाई ७५ हजारसहित पदक र प्रमाणपत्र प्रदान गरिने भएको छ । त्यस्तै, महिलातर्फ प्रथम हुनेलाई ७५ हजार, द्वितीय हुनेलाई ५० हजार र तृतीय हुनेलाई २५ हजारसहित पदक र प्रमाणपत्र प्रदान गरिने महोत्सव संयोजक गुरुङले जानकारी दिनुभएको छ ।

महोत्सवको अवसरमा गाउँस्तरीय भलिबल, बास्केटबल, छेलो, रस्साकस्सी, चम्चा दौड, बोरा दौड, घैंटो फुटाउने, म्यूजिकल चेयरलगायतका खेलकुद गतिविधिहरुपनि हुने घान्द्रुक होटल व्यवस्थापन समितिका अध्यक्ष तथा स्थानिय व्यवस्थापक विक्रम गुरुङले जानकारी दिनुभयो । भलिबल र बास्केटबल प्रतियोगितामा प्रथम हुनेलाई ८० हजार र द्वितीय हुनेलाई ५० हजारसहित पदक र प्रमाण पत्र प्रदान गरिने छ ।

महोत्सवको अन्य आकर्षणहरुमा झाँकी प्रदर्शन, परम्परागत गुरुङ संस्कार र संस्कृतिको प्रत्यक्ष अवलोकन, हर्स राईडिङ गर्दै पर्यटकीय गाउँ घान्द्रुकको अवलोकन, पर्वतीय साहसिक खेल तथा विविध कार्यक्रम हुने समेत गुरुङले बताउनुभयो ।

महोत्सवले पर्यटनमा छाएको मन्दीको संकट मोचन गर्ने अपेक्षा गरिएको स्थानीय समाजसेवी किसम गुरुङले बताए । ‘कोभिड र अहिले छाएको मन्दीले पर्यटन व्यवसाय आक्रान्त छ । यो महोत्सवले पर्यटनमा देखिएको संकट मोचन गर्ने विश्वास हाम्रो छ वहांको प्रष्टिकरण रहेको थियो ।दोश्रो संस्कर पछि विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस कोभिड – १९ का कारण तीन वर्षदेखि रोकिएको पर्यटन महोत्सव पुनः यस बर्ष देखि संचालनको तयारी गरिएको हो ।

Previous Post

नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘हदम्याद’भित्र अनुसन्धान भ्याउन कठिन

Next Post

ग्लोबल शेपर्स कम्युनिटीले जलवायु परिर्वतनसम्बन्धि शेप साउथ एसिया आयोजना गर्दै

सम्बन्धित खबर

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा
समाचार

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

७ अशोज २०८३,
रैथाने बाली सङ्कटमा
समाचार

रैथाने बाली सङ्कटमा

७ अशोज २०८३,
पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद
समाचार

पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद

७ अशोज २०८३,
१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन
समाचार

१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन

७ अशोज २०८३,
अर्को वर्ष भेटौँला मनास्लु !
फिचर-ब्यानर

अर्को वर्ष भेटौँला मनास्लु !

७ अशोज २०८३,
बाढीपछिको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणबारे नेपाल–अमेरिका छलफल
समाचार

बाढीपछिको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणबारे नेपाल–अमेरिका छलफल

७ अशोज २०८३,
Load More
Next Post
ग्लोबल शेपर्स कम्युनिटीले जलवायु परिर्वतनसम्बन्धि शेप साउथ एसिया आयोजना गर्दै

ग्लोबल शेपर्स कम्युनिटीले जलवायु परिर्वतनसम्बन्धि शेप साउथ एसिया आयोजना गर्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In