• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एआई र बिजुली: भविष्यको शक्ति कसको हातमा?

    एआई र बिजुली: भविष्यको शक्ति कसको हातमा?

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने

    विश्वको पानी चक्र अनियमित बन्दै

    विश्वको पानी चक्र अनियमित बन्दै

    भीषण बाढीपछि अवरुद्ध सञ्चार यसरी भयो पुनःस्थापना

    बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

    जापानले नेपाललाई ५७ करोड ३० लाख येन अनुदान उपलब्ध गराउने

    उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा

    दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

    दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    एआई र बिजुली: भविष्यको शक्ति कसको हातमा?

    एआई र बिजुली: भविष्यको शक्ति कसको हातमा?

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने

    विश्वको पानी चक्र अनियमित बन्दै

    विश्वको पानी चक्र अनियमित बन्दै

    भीषण बाढीपछि अवरुद्ध सञ्चार यसरी भयो पुनःस्थापना

    बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

    जापानले नेपाललाई ५७ करोड ३० लाख येन अनुदान उपलब्ध गराउने

    उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा

    दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

    दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

गोरखापत्र जनताको आवाज बोल्ने थलो बनेको छ : सञ्चारमन्त्री

by
२४ बैशाख २०८०,
0
गोरखापत्र जनताको आवाज बोल्ने थलो बनेको छ : सञ्चारमन्त्री
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजा र महाराजाको गुणगान गाउने सञ्चारमाध्यमको रुपमा रहेको गोरखापत्र आम जनताको आवाज बोल्ने थलोको रुपमा स्थापित हुँदै गएकामा प्रशन्नता व्यक्त गर्नुभएको छ । गोरखापत्र प्रकाशन भएको १२३औँ र संस्थानको ६१औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले सरकारले गरिरहेका सकारात्मक कामलाई व्यवस्थित ढङ्गले जनता समक्ष पु¥याउन आग्रह गर्नुभयो । उहाँले पछिल्ला दिनमा स्थापित हुँदै गएको नकारात्मक प्रवृत्तिलाई सकारात्मक बनाउन पनि यस्ता संस्थाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । सरकार यस क्षेत्रसँग जोडिएका नयाँ ऐन कानुन बनाउने क्रममा रहेको उल्लेख गर्दै मन्त्री शर्माले आम सञ्चार प्रतिष्ठान ऐन तथा अन्य ऐनलाई अन्तिम चरणमा पु¥याइएको जानकारी दिनुभयो । आम समुदायमा आशाको भाव पैदा गर्ने काममा सञ्चारमाध्यमले विशेष ध्यान दिन जरुरी रहेको उल्लेख गर्दै उहाँले सकारात्मक प्रवृत्तिलाई विशेष स्थान दिनुपर्ने बताउनुभयो ।

आर्थिक र जनशक्ति व्यवस्थापन दुवै हिसाबले आन्तरिक व्यवस्थापन सवल बनाउन सके गोरखापत्र संस्थानको भविष्य उज्यालो रहेको बताउनुभएको छ । संस्थानको पुनःसंरचना जरुरी भइसकेको उल्लेख गर्दै मन्त्री शर्माले गोरखापत्र संस्थानको संरचनागत अवस्था र यसको व्यवस्थापकीय पक्षको गहिरो अध्ययन गरी भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन, बजारको अवस्था र प्रतिफलको लेखाजोखा गर्नुपर्ने समय आइसकेको स्पष्ट पार्नुभयो । “सामान्यतः गोरखापत्र राज्यको अखबार हो । यसले पत्रकारितामार्फत सरकार र आमजनताका बिचमा सम्बन्धको जोड्ने काम गर्नु पर्दछ । पत्रकारिताका आधारभूत मूल्य मान्यतालाई आत्मसात गर्दै समग्रमा राज्यलाई नीति नियमलाई जनताबिच लैजाने र जनताका आवश्यकता राज्यसम्म पु¥याउने काममा यसले आफ्ना उत्पादन केन्द्रित गर्नु आवश्यक छ”, उहाँले भन्नुभयो । गोरखापत्र र संस्थानका अन्य प्रकाशन भावी पुस्ताका बौद्धिक सम्पत्ति भएको तथ्य पेस गर्दै मन्त्री शर्माले त्यसको संरक्षणका लागि संस्थानले पुराना प्रकाशनको विद्युतीय अभिलेखीकरण गर्न सुरु गरेकोमा प्रशन्नता व्यक्त गर्नुभयो ।

उहाँले संस्थानको आम्दानी वृद्धिको स्रोत बनाउनतिर ध्यान दिन आग्रह गर्नुभयो । मन्त्री शर्माले भन्नुभयो, “अहिलेको प्रतिस्पर्धात्मक बजारमा आफूलाई अझ खरो रुपमा उतार्न यो संस्थाले अझ जिम्मेवार, व्यवसायिक तथा विश्वसनीय भएर आफूलाई प्रस्तुत गर्नुपर्छ ।” उहाँले आन्तरिक वयवस्थापन बलियो बनाउनका लागि यहाँ कार्यरत जनशक्तिलाई संस्थानप्रति अपनत्व कायम गराएर एकताबद्धता बनाउँदै परिचालन गर्न सक्नुपर्ने बताउनुभयो । मन्त्री शर्माले भूकम्पबाट क्षतिग्रस्त पुरानो मूल भवनको पुनःनिर्माण तथा लामो समयदेखि अल्झिएको विनियावलीलाई चाँडो टुङ्गो लगाएर कर्मचारीको वृत्तिविकासलाई सुनिश्चित गर्न मन्त्रालयबाट पहल भइरहेको उल्लेख गर्नुभयो । संस्थानमा कार्यरत कर्मचारीलाई विश्वासमा लिएर आन्तरिक समस्या समाधानका लागि प्रभावकारी पहल गर्न उहाँले व्यवस्थानलाई निर्देशन दिनुभयो । मन्त्री शर्माले भन्नुभयो, “नेपालमा अखबारी पत्रकारिता आरम्भ गरेको यस पत्रिकाको इतिहास जति गौरवशाली छ, वर्तमान र भविष्यमा त्यो प्रतिष्ठा कायम राख्नु चुनौतीको विषय हो । बजारमा प्रतिस्पर्धी मात्र होइन, अगुवा पत्रिकाको रुपमा स्थापित गर्न आन्तरिक व्यवस्थापन सवल बनाउन जरुरी छ ।

यो सन्दर्भमा दुःखका साथ हामीले भन्नैपर्छ पत्रिकाको आन्तरिक व्यवस्थापन पक्ष अपेक्षाकृत सवल छैन ।” विसं १९५८ वैशाख २४ गते गोरखापत्र प्रकाशन भएको दिनलाई नेपाली पत्रकारिताको आरम्भिक दिन मानेर नेपाल सरकारले २०७३ देखि वैशाख २४ लाई राष्ट्रिय पत्रकारिता दिवसका रूपमा मनाउन थालेको छ । हरेक वर्षको वैशाख २४ को दिन नेपाली पत्रकारिता र सञ्चार क्षेत्रका लागि महत्वपूर्ण दिन हो । आजभन्दा १२२ वर्षअघि आजकै दिन गोरखापत्र साप्ताहिकको प्रकाशन सुरु भएर अखबारी पत्रकारिताको जग हालिएको थियो । गोरखापत्र दक्षिण एसिया क्षेत्रमा नै पुराना अखबारको हाराहारीको पत्रिका हुनु हाम्रा लागि गौरवको विषय भएको मन्त्री शर्माको भनाइ छ । सञ्चारमन्त्री मन्त्री शर्माले भन्नुभयो, “विद्यालय र विश्वविद्यालयका पाठ््यक्रममा पनि गोरखापत्रका समाचार सामग्री अध्ययनका विषय बनाइएका छन ।

यो सबै नेपाली भाषा र साहित्य तथा पत्रकारिताको विकासमा गोरखापत्रको योगदानको परिणाम हो ।” सूचना तथा सञ्चार प्रविधिको विकासले यसलाई विधागत र प्रविधिगत आधारमा अझ फराकिलो दायरामा विस्तार गरेको उल्लेख गर्दै उहाँले गोरखापत्र अनलाइन प्रकाशनमार्फत विश्वमा नै यसको विस्तार भएकोमा खुसी व्यक्त गर्नुभयो । गोरखापत्र र गोरखापत्र संस्थानका अन्य प्रकाशनलाई पनि विधागत, माध्यमगत र प्रविधिगत रूपमा प्रतिस्पर्धी बनाउँदै चुनौती र अवसर दुवै दिएको स्पष्ट पार्दै मन्त्री शर्माले आममानिसमा विस्तार हुँदै गएको सूचनाको पहुँच र प्रविधिको सहज प्रयोगबाट गोरखापत्रले पाठक वृद्धि गर्न सक्नुपर्ने बताउनुभयो । गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले मुलुकको हरेक राजनीतिक र सामाजिक रुपान्तरणमा आफूहरु जोडिँदै आएको बताउनुभयो । उहाँले पछिल्ला दिनमा आफूहरुले गरेको प्राविधिक एवम् समाचार सामग्रीमा गरेको परिवर्तनले सकारात्मक प्रभाव पारेको जानकारी दिनुभयो । अध्यक्ष सुवेदीले गत आर्थिक वर्षको तुलनामा चालु आवको हालसम्म आम्दानीमा पनि २० प्रतिशतले वृद्धि भएको बताउनुभयो ।

सुरुवाती प्रकाशनदेखि कै सबै प्रकाशनलाई विद्युतीय रुपमा सङ्ग्रह गर्ने काम चालु आवभित्रै सम्पन्न गर्ने उल्लेख गर्नुभयो । राष्ट्रिय एकताको सम्वद्र्धनमा ‘नयाँ नेपाल’मार्फत गोरखापत्रले खेलेको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाइ छ । महाप्रबन्धक लालबहादुर ऐरीले गौरवपूर्ण इतिहासलाई जीवन्त राख्नका लागि बदलिएको परिवेशअनुसार अगाडि बढन जरुरी रहेको बताउनुभयो । उहाँले युग सुहाउँदो गोरखापत्र बनाउनका लागि आफूहरु प्रयासरतमा स्पष्ट पार्नुभयो । आफूहरु नागरिकको आवाज भएको र रहेको उहाँले दाबी गर्नुभयो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले बेथिति, भ्रष्टाचारका समाचारसमेत अटाउने सञ्चार माध्यमकारुपमा गोरखापत्र स्थापित हुँदै गएकामा प्रशन्नता व्यक्त गर्नुभयो । उहाँले प्रविधिको प्रयोग गर्ने मोडल संस्थाको रुपमा गोरखापत्रले अझै काम गरोस् भन्ने अपेक्षा व्यक्त गर्नुभयो । गोरखापत्रका निमित्त प्रधानसम्पादक शिवप्रसाद भट्टराईले नेपाली भाषा र संस्कृतिको उन्नयनका लागि गोरखापत्रले खेलेको भूमिका प्रभावकारी रहेको उल्लेख गर्नुभयो ।

आधिकारिकता र विश्वसनियताका लागि आम नागरिकले गोरखापत्र नै खोज्ने गरेको बताउँदै उहाँले प्रविधिको प्रयोगमा भएको बढोत्तरीले थपेको चुनौतीलाई आत्मसात् गर्दै अगाडि बढिरहेको बताउनुभयो । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्काले नेपालको पत्रकारिताको इतिहासमा यस संस्थाले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । उहाँले श्रमजीवी पत्रकारको समस्या समाधानमा संस्थानले प्रतिबद्धता गरे अनुसारको कर्तव्य पूरा नगरेको भन्ने गुनासो आइरहेकाले त्यसलाई सम्बोधन गर्न ध्यानाकर्षण गराउनुभयो । सो अवसरमा प्रधानमन्त्री र सञ्चारमन्त्रीले ‘गोरखापत्र शैली पुस्तिका’ अनावरण गर्नुभयो । कार्यक्रममा संस्थानमा कार्यरत कर्मचारीलाई सम्मान गरिएको थियो ।

Previous Post

महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा विभिन संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

Next Post

नवनियुक्त मन्त्री आचार्यद्वारा शपथ

सम्बन्धित खबर

एआई र बिजुली: भविष्यको शक्ति कसको हातमा?
फिचर-ब्यानर

एआई र बिजुली: भविष्यको शक्ति कसको हातमा?

३ अशोज २०८३,
सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
फिचर-ब्यानर

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने

३ अशोज २०८३,
विश्वको पानी चक्र अनियमित बन्दै
अन्तर्राष्ट्रिय

विश्वको पानी चक्र अनियमित बन्दै

३ अशोज २०८३,
भीषण बाढीपछि अवरुद्ध सञ्चार यसरी भयो पुनःस्थापना
फिचर-ब्यानर

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

३ अशोज २०८३,
जापानले नेपाललाई ५७ करोड ३० लाख येन अनुदान उपलब्ध गराउने
अन्तर्राष्ट्रिय

उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा

३ अशोज २०८३,
दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति
फिचर-ब्यानर

दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

३ अशोज २०८३,
Load More
Next Post
नवनियुक्त मन्त्री आचार्यद्वारा शपथ

नवनियुक्त मन्त्री आचार्यद्वारा शपथ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In