• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, September 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

    दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

    नाप नक्सा भएको सात वर्षपछि ३८८ परिवारले पाए पुर्जा

    नाप नक्सा भएको सात वर्षपछि ३८८ परिवारले पाए पुर्जा

    आज देशका अधिकांश भागमा बदली हुने

    यी तीन प्रदेशमा आज भारी वर्षाको सम्भावना

    नेपालगञ्जको साँस्कृतिक पहिचान बन्दै रामलीला

    नेपालगञ्जको साँस्कृतिक पहिचान बन्दै रामलीला

    बाढीले भत्काएको बिरेठाँटी सडक मरमत गरेर यातायात सञ्चालनमा

    बाढीले भत्काएको बिरेठाँटी सडक मरमत गरेर यातायात सञ्चालनमा

    बाँदरले दुःख दिएपछि‘तरुल’ खेती

    बाँदरले दुःख दिएपछि‘तरुल’ खेती

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

    दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

    नाप नक्सा भएको सात वर्षपछि ३८८ परिवारले पाए पुर्जा

    नाप नक्सा भएको सात वर्षपछि ३८८ परिवारले पाए पुर्जा

    आज देशका अधिकांश भागमा बदली हुने

    यी तीन प्रदेशमा आज भारी वर्षाको सम्भावना

    नेपालगञ्जको साँस्कृतिक पहिचान बन्दै रामलीला

    नेपालगञ्जको साँस्कृतिक पहिचान बन्दै रामलीला

    बाढीले भत्काएको बिरेठाँटी सडक मरमत गरेर यातायात सञ्चालनमा

    बाढीले भत्काएको बिरेठाँटी सडक मरमत गरेर यातायात सञ्चालनमा

    बाँदरले दुःख दिएपछि‘तरुल’ खेती

    बाँदरले दुःख दिएपछि‘तरुल’ खेती

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

metakhabar by metakhabar
३ अशोज २०८३,
0
दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी। यहाँकोे दरवाङ–मुना–ढोरपाटन सडक योजनाको ठेक्का सम्झौताको १४ महिनाका अवधिमा २५ प्रतिशत भौतिक प्रगति भएको छ ।

सत्ताइस महिनामा सम्पन्न गर्ने लक्ष्यसहित विस २०८२ असार ११ गते सम्झौता भएको आयोजनाको बाँकी १३ महिनाको अवधिमा थप ७५ प्रतिशत काम सम्पन्न गर्न चुनौति देखिएको छ ।

प्रशासनीक खर्च बाहेक रु ६७ करोड लागत अनुमान गरिएको योजना कार्यान्वयनका लागि रु ५२ करोड ८० लाख ५३ हजार कबोलेको निर्माण कम्पनीसँग सम्झौता भएको थियो । हालसम्म २५ प्रतिशत भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालय, म्याग्दीले जनाएको छ । पेश्की रु २७ करोड १० लाख सात हजार मात्र खर्च भएको छ ।

मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि धवलागिरिको केन्द्र मुना जोड्ने सडकलाई कालोपत्र र ढलान गरेर स्तरोन्नति गर्न गण्डकी प्रदेश र सङ्घीय सरकारको साझेदारीमा सञ्चालित योजना निर्माण पछिल्लो समय ठप्प बनेको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।

“गत कात्तिकदेखि फागुनसम्म तिब्रताका साथ निर्माण भएको योजना चैतदेखि सुस्ताउदै असारयता ठप्प बनेको छ,” उहाँले भन्नुभयो “ठेकेदार सम्पर्क बिहिन हुँदा स्तरोन्नतिका क्रममा रहेको सडकमा खसेको पहिरो पन्छाउने तथा जोखिमयुक्त ठाउँमा मर्मत गरी नियमित यातायात सञ्चालनमा पनि समस्या भएको छ ।”

गण्डकी प्रदेशमार्फत म्याग्दीमा भित्रिएको हालसम्मकामध्ये सबैभन्दा ठूलो र धेरै बजेटको यस योजना मार्फत दरवाङ–धारापानी (सात किलोमिटर) र मच्छिम–मुना (चार किलोमिटर) अक्सफाल्ट प्रबिधिको कालोपत्र र ढलान गर्ने लक्ष्य छ ।

धवलागिरि –७ धारापानीका माधव गिरीले निर्माण ब्यवसायीले अपेक्षित गतिमा काम नगरेका कारण कच्चि सडकमा असहज रूपमा यात्रा गर्नुपरेको गुनासो गर्नुभयो । सवारी चालक गणेश थापाले फराकिलो बनाउनका लागि हिउँदमा भत्काएको र अधुरो अवस्थामा रहेको सडकमा हिलोमा गाडी फस्ने समस्याका साथै गाडी चलाउन दुःख भएको गुनासो गर्नुभयो । निर्माणाधिन सडकमा जमेको हिलोमा सवारी साधनका पाङग्रा फसेर निकाल्न गाहे भएको उहाँको भनाइ छ । सडकको जीर्ण अवस्थाका कारण दुर्घटनाको जोखिम बढेको धारापानीका गिरीले बताउनुभयो ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रालयका सिनियर डिभिजनल इञ्जिनियर डा महेन्द्र बानियाका अनुसार सङ्घीय र प्रदेश सरकारको (समपुुरक) ५०/५० प्रतिशत लागत साझेदारी रहने यस योजनाको ठेकेदारले काम नगर्दा आर्थिक वर्ष २०८२÷०८३ मा रु २३ करोड २२ लाख बिनियोजन भएकोमा जम्मा रु पाँच करोड ४२ लाख १४ हजार खर्च भएको छ ।

अनुसार इन्धन र निर्माण सामग्रीको मूल्य वृद्धिको कारण देखाएर ठेकेदारले गत आर्थिक वर्षमा अपेक्षित गतिमा काम नगर्दा बजेट खर्च हुन नसकेको उहाँले बताउनुभयो । संघीय र प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ मा रु २४ बजेट विनियोजन गरेको यस योजनाका लागि चाालु आर्थिक वर्ष २०८३/०८४ मा रु १२ करोड ७८ लाख बिनियोजन भएको छ ।

आगामी आर्थिक वर्षसम्म योजना निर्माण पुरा नभएमा सङ्घीय सरकारले बजेट नपठाउने र प्रदेश सरकारलाई ब्यभार थपिने जोखिम बढेको छ । सम्झौताअनुसार यस आयोजनाको लागि थप रु २५ करोड ५४ लाख दायित्व सिर्जना भएको छ ।

यमध्यपहाडी लोकमार्गको बागलुङ–काँक्री खण्डको बैकल्पिक मानिएको यो सडकको मुना हुँदै मरेनीबाट जलजला– ढोरपाटन हुँदै पुर्वी रुकुमको तकसेरा जोड्ने सडकको गत वर्षको फागुनमा खुलेको थियो । बेनीदेखि तालावाङसम्म १८ किमी कालोपत्र भएको छ । विस २०७१ मा मुनामा सडक पुगेको थियो ।

पूर्वाधार विकास कार्यालयबाट ठेक्का लगाउनु अघि कच्चि अवस्थामा रहेको सडक गाउँपालिकाले मर्मत गरेर यातायात सञ्चालनको ब्यवस्था मिलाएको थियो । प्रदेश सरकारले ठेक्का लगाएको आयोजनामा गाउँपालिकाले खर्च गर्न नमिल्ने भएकाले अवरुद्ध हुँदा सडक खुलाउन र मर्मतको काममा नीतिगत रूपमा समस्या भएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो ।

म्याग्दीको मङ्गला मालिका, धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वीरुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ जावतजावत गर्न ५० किमी छोटो पर्छ । धवलागिरि गाउँपालिकाले शुक्रबार विज्ञान, प्रविधि तथा नवप्रर्वतमन्त्री महाविर पुनलाई पत्राचार गरेर ठेकेदारलाई काममा फर्काउने वातावरण बनाइदिन सहयोग मागेको छ । मन्त्री पुनले निर्माण ब्यवसायीलाई फोन गरेर ताकेता गरेको बताउनुभयो ।

म्याग्दी १(ख)का प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले रणनीतिक महत्वको सडक निर्माणलाई गत दिन प्रदेश सरकारको ध्यानाकर्षण, निर्माण ब्यवसायीलाई दवाव र सहजिकरण गरिएको बताउनुभयो । उहाँले गण्डकी प्रदेशको पूर्वभौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको नेतृत्व गरेको समयमा विसं २०८० माघमा यो सडकलाई सङ्घीय समपूरक योजनामा समावेश गराउने निर्णय गराउनुभएको थियो । उक्त सडकअन्तर्गतको धवलागिरि गाउँपालिका–७ धारापानीबाट ताकम हुँदै झिनडाँडा खण्डको छ किमी दूरीको सडक कालोपत्र, ढलान र ग्राभेलका लागि आर्थिक वर्ष २०८०÷०८१ देखि सञ्चालित योजना गत असारमा सम्पन्न भएको छ । धारापानी–झिनडाडा खण्डको सडकमा पहिरोले क्षति पु¥याएको ठाउँमा मर्मत अवधी बाँकी रहेकाले सम्बद्ध निर्माण ब्यवसायीलाई पत्राचार गरिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

Previous Post

नाप नक्सा भएको सात वर्षपछि ३८८ परिवारले पाए पुर्जा

metakhabar

metakhabar

सम्बन्धित खबर

नाप नक्सा भएको सात वर्षपछि ३८८ परिवारले पाए पुर्जा
फिचर-ब्यानर

नाप नक्सा भएको सात वर्षपछि ३८८ परिवारले पाए पुर्जा

३ अशोज २०८३,
आज देशका अधिकांश भागमा बदली हुने
समाचार

यी तीन प्रदेशमा आज भारी वर्षाको सम्भावना

३ अशोज २०८३,
नेपालगञ्जको साँस्कृतिक पहिचान बन्दै रामलीला
समाचार

नेपालगञ्जको साँस्कृतिक पहिचान बन्दै रामलीला

३ अशोज २०८३,
बाढीले भत्काएको बिरेठाँटी सडक मरमत गरेर यातायात सञ्चालनमा
समाचार

बाढीले भत्काएको बिरेठाँटी सडक मरमत गरेर यातायात सञ्चालनमा

३ अशोज २०८३,
बाँदरले दुःख दिएपछि‘तरुल’ खेती
समाचार

बाँदरले दुःख दिएपछि‘तरुल’ खेती

३ अशोज २०८३,
संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु मुख्य दायित्व : संयोजक दाहाल
समाचार

संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु मुख्य दायित्व : संयोजक दाहाल

३ अशोज २०८३,
Load More
Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In