ल्वाङ बहुगुणी मसला हो । यसले खानाको स्वाद र सुगन्ध बढाउनुको साथै स्वास्थ्यलाई पनि फाइदा पु¥याउँछ ।
– लगातार खोकी लागिरहेको छ भने ल्वाङ चुसिरहनुस् । यसले खोकी निको पारिदिन्छ ।
– यदि सास गनाउने समस्याले चिन्तित हुनुहुन्छ भने ल्वाङ चुस्ने गर्नुस् मुख गनाउन छोड्छ ।
– रुघा लागेर नाक बन्द भएमा ल्वाङको तेल कपडामा हालेर सुँघ्नुस्, बन्द भएको नाक खुल्छ र रुघाबाट पनि मुक्ति पाइन्छ ।
– जोर्नी दुखेको र सुन्निएको छ भने ल्वाङको तेलले मालिश गर्नाले ठीक हुन्छ ।
– एक गिलास पानीमा दुईतीनवटा ल्वाङ हालेर उमाल्ने र त्यसमा मिश्री हालेर पिउने गर्नाले छाती पोल्ने समस्या ठीक हुन्छ ।













