• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपाल र भारतलाई जलविद्युतमा सहकार्य गर्न जोड

by
२२ बैशाख २०८०,
0
नेपाल र भारतलाई जलविद्युतमा सहकार्य गर्न जोड

Indian flag with Nepali flag on a tree stump isolated

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– नेपाल र भारतले दक्षिण एसियामा दिगो आर्थिक समृद्धिलाई प्रवद्र्धन गर्न ऊर्जा क्षेत्रमा सहकार्य गरी महत्वपूर्ण भूमिका खेल्न सक्छन् । नेपालसँग जलविद्युत उत्पादन गर्ने उच्च क्षमता रहेको छ । यस्तै, भारतसँग विज्ञता, अनुभव, स्रोतसाधन र सहकार्य गर्ने इच्छा रहेको छ ।
नेपालको प्राविधिक र आर्थिक रूपमा सम्भाव्य जलविद्युत क्षमता ८३ हजार र ४२ हजार मेगावाट अनुमान गरिएको छ ।
नेपालको ठूला ४ नदी र केही दक्षिणी नदी बेसिनहरूमा सैद्धान्तिक रूपमा कोशी नदी बेसिनबाट १८,७५० मेगावाट, गण्डकबाट १७,९५० मेगावाट, कर्णाली (घाघरा)बाट २८,८४० मेगावाट, महाकाली (शारदा)बाट ३,८४० मेगावाट, र अन्य दक्षिणी खोलाबाट ३,०७० मेगावाट जलविद्युत उत्पादन गर्ने क्षमता रहेको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार अहिलेसम्म नेपालको विद्युत उत्पादन क्षमता २ हजार ५७७ दशमलव ४८ मेगावाट मात्र पुगेको छ । कुल जडान क्षमतामध्ये करिब २ हजार ४९२.९५ मेगावाट राष्ट्रिय विद्युत ग्रिडमा जोडिएको छ भने बाँकी २४.५३ मेगावाट अफ ग्रिडबाट आपूर्ति भईरहेको छ ।
नेपालको कुल उत्पादन क्षमतामा जलविद्युतको हिस्सा अझै पनि सम्भावनाभन्दा निकै कम रहेको र वर्तमान विकासको गतिले सन् २०२५ सम्ममा ७ हजार ३ सय मेगावाट उत्पादन क्षमताको लक्ष्य हासिल गर्न नसक्ने देखिएको छ ।
नेपालले आफ्नो जलविद्युतको विकासका लागि आन्तरिक आपूर्ति र निर्यात दुवैका लागि ठूलो मात्रामा सहयोग आवश्यक पर्दछ । भारत विश्वको पाँचौं ठूलो जलविद्युत उत्पादक क्षमता भएको देश पनि हो । भारतले मार्च २०२० सम्म ४६,००० मेगावाटको जलविद्युत उत्पादन गरेको छ । भारतमा साना जलविद्युत एकाइहरूबाट ४,६८३ मेगावाटको अतिरिक्त उत्पादन क्षमता पनि राखेको छ। भारतको आफ्नै जलविद्युत क्षमताको ६० प्रतिशत लोड फ्याक्टरमा १४८,७०० मेगावाट उत्पादन गर्न सक्ने अनुमान गरिएको छ । भारतले १६० टेरावाट विद्युत उत्पादन गर्दछ ।
भारत र नेपालले जलविद्युत उत्पादनमा सहकार्य गरेमा उनीहरूले आफ्नो आन्तरिक विद्युत माग र आपूर्तिमा रहेको खाडललाई मात्र पूति हुँदैन अन्य दक्षिण एसियाली मुलुकलाई पनि विद्युत अभाव हटाउन मद्दत गर्न सक्छन् । दुई देशले मिलेर जलविद्युत विकास गर्न सहकार्य थालेको पाँच दशकभन्दा बढी भइसक्यो तर प्रगति सुस्त छ ।
भारतीय उद्योग परिसंघ (सीआईआई) को अध्ययन अनुसार दुई देशबीचको ऊर्जा सहयोगमा सुस्त बृद्धि हुनुमा सहयोग वार्तामा गति र दिशाको कमी, विद्युत–पानी मा उत्पन्न जटिलता, निजी सहभागिताको अभाव तथा भौतिक पूर्वाधारको अभावका कारण हुनसक्छ । यस्तै, क्षेत्रीय भू–राजनीतिको कारण पनि उर्जामा सन्तोषजनक लक्ष्य भेटिएको छैन । दुई देशले यसको लागि कार्यान्वयनयोग्य रोडम्याप विकास गर्न र अवरोधहरू हटाउन पारस्परिक प्रयास गरेर आफ्नो जलविद्युत ऊर्जा सहयोग जुटाउन आवश्यक छ।
नेपालमा नयाँ सरकारले सत्ता ग्रहण गरेपछि दुवै देशले आ–आफ्ना प्राकृतिक परिपूरकताको सम्भाव्यतालाई साकार पार्न प्रयास गर्ने अपेक्षा गरिएको छ । नेपालको विशाल जलस्रोत र जलविद्युत उत्पादनको लागि आवश्यक भौगोलिक बनौट छ । भारतसँग स्रोत, विशेषज्ञता र अनुभव छ।
नेपालमा देशभर ६००० भन्दा बढी नदी र खोलाहरू छन् । जलविद्युत उत्पादनका लागि उपयुक्त ठाडो भौगोलिक अवस्था छ । भारतसँग आज ६०० बिलियन अमेरिकी डलरभन्दा बढीको विदेशी मुद्रा सञ्चिति र सरकारी तथा निजी कम्पनीहरूसँग विद्युत उत्पादन र प्रसारण लाइनको विकासको उत्कृष्ट ट्र्याक रेकर्ड छ । यीमध्ये धेरै निजी पावर कम्पनीहरू लगानीको अवसरको खोजीमा रहेका छन् । दुवै देश र सम्पूर्ण दक्षिण एसियाली क्षेत्रका लागि दुई देश मिली उर्जामा लगानी बढाउनु पर्नेछ ।
पश्चिम सेती र सेती नदी आयोजनाका लागि गत वर्ष नयाँ सम्झौता गरेपछि दुवै देशको जलविद्युतमा सहकार्य गर्ने इच्छाको संकेत अहिले प्रस्ट भएको छ । अगस्ट १८, २०२२ मा, नेपालको लगानी बोर्डले १२०० मेगावाटको संयुक्त क्षमताका पश्चिम सेती र सेती नदी परियोजनाहरू विकास गर्न भारतको राष्ट्रिय जलविद्युत पावर कर्पोरेशन लिमिटेडसँग एक समझदारी पत्रमा हस्ताक्षर गरेको थियो ।
गत नोभेम्बरमा नेपाल विद्युत प्राधिकरणले भारतमा विद्युत निर्यात गर्न जलविद्युत आयोजनाको नयाँ सूची बुझाएको थियो । आयोजनामा माथिल्लो तामाकोशी ४५६ मेगावाट, माथिल्लो भोटेकोशी ४५ मेगावाट, कालीगंगा १४४ मेगावाट, मस्र्याङ्दी ६९ मेगावाट, मध्य मस्र्याङ्दी ७० मेगावाट र चमेलिया ३०० मेगावाट रहेका छन् । वर्षायाममा सबै पावर प्लान्ट पूर्ण क्षमतामा चल्दा नेपालमा करिब ५०० मेगावाट विद्युत उत्पादन हुने सम्भावना छ । यसको उच्चतम माग १७ सय मेगावाटको हाराहारीमा रहने अनुमान गरिएको छ भने असार मसान्तसम्म कुल उत्पादन २३ सय मेगावाट पुग्ने छ । यो शुभ संकेत हुन् र नयाँ सुरुवातको संकेत पनि हो ।
विगतमा नेपालले पोखरा १ मेगावाट, त्रिशुली २१ मेगावाट, पश्चिम गण्डक १५ मेगावाट र देवीघाट १४.१ मेगावाट लगायतका धेरै जलविद्युत आयोजना पूरा गरेको छ । पञ्चेश्वर, सप्तकोशी, कमला र वाग्मती, अरुण–३ लगायतका आयोजनाको विभिन्न चरणमा छलफल भईरहेका छन् भने कति निर्माण प्रक्रियामा रहेका छन् ।

Previous Post

सङ्गठन निर्माणमा जुट्न अध्यक्ष नेपालको निर्देशन

Next Post

काजु खाँदा हुनसक्छ यतिधेरै चमत्कारी फाइदा

सम्बन्धित खबर

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आर्थिक

मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
Load More
Next Post
काजु एक फाइदा अनेक, यसरी खानुस् काजु

काजु खाँदा हुनसक्छ यतिधेरै चमत्कारी फाइदा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In