• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

    गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

    सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा

    सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

    सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

    सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

    प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै

    प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग छलफल गर्नुहुने

    इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह

    तेहरानद्वारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नारायणी नदी तटबन्धको प्रक्रिया सुरु हुने

by
२५ चैत्र २०७९,
0
नारायणी नदी तटबन्धको प्रक्रिया सुरु हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन । एकतर्फी रुपमा चितवनतर्फबाट नारायणी नदी तटबन्धको काम गरिएको भन्दै विरोध भएपछि एक हप्ताभित्र गैँडाकोटतर्फका किनारमा पनि तटबन्ध गर्नका विस्तृत परियोजना प्रतिवेदन ९डिपीआर) तयार गरिने भएको छ ।

अहिले नारायणी नदीको नारायणगढतर्फको किनारमा ‘सि बिच मोडल’ मा तटबन्धसहितको संरचना बन्दै गर्दा यसको कारण बर्खायाममा नदीको वहाव परिवर्तन भई गैँडाकोट डुबानको जोखिममा पर्ने भन्दै स्थानीयले विरोध जनाउँदै आएका थिए ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटका बासिन्दाले सङ्घर्ष समिति बनाएर आन्दोलनका कार्यक्रम गर्दै आएका थिए । स्थानीयले आन्दोलन चर्काउँदै लगेपछि शुक्रबार नगरपालिकामा गैँडाकोट बचाऔँ सङ्घर्ष समिति, नारायणी नदी व्यवस्थापन आयोजना र गैँडाकोट नगरपालिकाबीच तीन बुँदे सहमति गरिएको छ ।

गैँडाकोटतर्फको किनारमा पनि तटबन्ध निर्माणको प्रक्रिया अघि बढाउने गरी सहमति भएपछि स्थानीयले जारी आन्दोलनलाई स्थगित गरेका छन् । नवलपुरतर्फका बासिन्दाको माग सम्बोधन गर्ने गरी काम अगाडि बढाउने सहमति भएको आयोजना प्रमुख गणेश मरासिनीले जानकारी दिए । हरेक बर्खायाममा गैँडाकोट नगरपालिकाको वडा नं १, २, ५, ६, ७ र ९ को नदी तटीय क्षेत्रमा नारायणी नदीको बाढी पस्दै आएको छ ।

नदीको नारायणगढतर्फ मात्रै संरचना बनाइँदा डुबानको जोखिम झनै बढ्ने स्थानीयको चिन्तालाई गम्भीर रुपमा लिँदै आगामी एक साताभित्रै उपभोक्ता समिति गठन गरी तटबन्धको प्रक्रिया अगाडि बढाइने सहमति भएको मरासिनीले बताए ।

‘नारायणी नदीको पुलबाट उत्तरतर्फ सि बिच मोडलमा बन्दै गरेका संरचनाको दीर्घकालीन व्यवस्थापनका लागि गैँडाकोट क्षेत्रमा पनि संरक्षणका कार्य अघि बढाउनुपर्ने आवश्यकता महसुस गर्दै आयोजनाकै तर्फबाट आगामी एक साताभित्र तटबन्धका लागि डिपीआर प्रक्रिया अघि बढाइनेछ’, सहमति भएका विषयबारे जानकारी गराउँदै उनले भने, ‘गैँडाकोट–६ र ९ स्थित किनार क्षेत्र संरक्षण गर्ने सन्दर्भमा पनि आयोजनाले स्थलगत अध्ययन गरी आवश्यक कार्य अघि बढाउने निर्णयमा पुगेका छौँ ।’

त्रिपक्षीय सम्झौतापछि गैँडाकोटका नगरप्रमुख मदनभक्त अधिकारीले नदी र आसपासको क्षेत्र संरक्षणका लागि महत्वपूर्ण निर्णय भएको बताए । तटबन्धको डिपीआर, संरचना निर्माणलगायत सहजीकरणका लागि आफू सदैव तयार रहेको पनि उनले प्रतिबद्धता जनाए । सहमतिपछि सङ्घर्ष समितिका संयोजक गोकुल सापकोटाले आन्दोलनका सबै कार्यक्रम तत्काललाई स्थगन गरिएको जानकारी दिए ।

Previous Post

यस्तो छ ब्रत बस्नुको फाइदा

Next Post

‘राजनीति होइन विद्यार्थी पढाऔं ’

सम्बन्धित खबर

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन
आवाज

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

२५ असार २०८३,
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा
आवाज

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा

२५ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

२५ असार २०८३,
सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु
आर्थिक

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

२५ असार २०८३,
प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै
आर्थिक

प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग छलफल गर्नुहुने

२५ असार २०८३,
इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह
अन्तर्राष्ट्रिय

तेहरानद्वारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

२५ असार २०८३,
Load More
Next Post
‘राजनीति होइन विद्यार्थी पढाऔं ’

‘राजनीति होइन विद्यार्थी पढाऔं ’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In