• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल

    नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल

    भारतमा पेट्रोल–डिजेल महँगियो

    नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता

    नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता

    भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति

    भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति

    होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि आवाससहित अध्ययनको व्यवस्था

    होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि आवाससहित अध्ययनको व्यवस्था

    नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग कर्णाली सरकारको छलफल

    नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग कर्णाली सरकारको छलफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पर्यटकको रोजाइ बन्दै पटिहानी

by
१६ चैत्र २०७९,
0
पर्यटकको रोजाइ बन्दै पटिहानी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन । वन्यजन्तु अवलोकनका लागि आउने पर्यटकका लागि चितवन उत्कृष्ट गन्तव्य हो । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा र अन्य वन्यजन्तु हेर्नका लागि देश विदेशबाट पर्यटक आउने गर्छन् । निकुञ्ज घुम्न आउने पर्यटकका लागि सौराहा परिचित नाम हो । सौराहा जस्तै निकुञ्जसँग जोडिएका अन्य ठाउँ पनि उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएका छन् ।

सौराहा जस्तै पछिल्लो समय पश्चिम चितवनको पटिहानी पर्यटकको रोजाइमा पर्ने गरेको छ । भरतपुर महानगरपालिका–२२ मा पर्ने पटिहानी अहिले स्वदेशीसँगै विदेशी पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । यहाँ विदेशी पर्यटकको आगमन बढ्न थालेको वडाध्यक्ष विष्णुराज महतोले बताए ।

‘पर्यटकको पटिहानीमा बसाई लम्ब्याउनका लागि स्थानीय तहले विभिन्न पूर्वाधार निर्माणका साथै समन्वय गर्दै आएको छ’, उनले भने, ‘निकुञ्जका जङ्गली जनावर पश्चिमतर्फ केन्द्रित हुन थालेपछि जङ्गल सफारीका लागि आउने पर्यटकको रोजाइमा यो क्षेत्र पर्न थालेको छ ।’ यहाँको शान्त वातावरणले पर्यटकलाई लोभ्याउने गरेको छ ।

भरतपुरको मुख्य बजार क्षेत्रबाट करिब १४ किलोमिटरको यात्रापछि पटिहानी पुग्न सकिन्छ । कोरोना महामारीका कारण सुस्ताएको यहाँको पर्यटकीय गतिविधि पुनः जुर्मुराएको छ । चितवन राष्ट्रिय निकुञ्जसँगै रहेको राप्ती नदीमा हात्तीसँगै रमाइलो गर्दै भेटिएका पर्यटक पटिहानीको वातावरणमा खुशी देखिन्छन् । जर्मनीबाट आएका उलफले राप्तीमा हात्तीमा चढेर नुहाउँदा निकै रमाइलो लागेको अनुभव सुनाए । उनले नेपाल प्राकृतिकरुपमा सुन्दर रहेको भन्दै चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु हेर्न पाउनु आफूहरुको सौभाग्य भएको बताए ।

पटिहानी आइपुग्ने पर्यटकले चितवन राष्ट्रिक निकुञ्जसँगै बग्ने राप्तीमा घडियाल गोहीका साथै एकसिङ्गे गैँडालगायत वन्यजन्तु अवलोकन गर्न पाउँछन् । महँगा पर्यटकलाई तान्नका लागि यहाँ ठूला–ठूला सुविधा सम्पन्न होटल निर्माण गरिएको वडाध्यक्ष महतोले बताए । पटिहानीमा स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी पर्यटकीय संरचना निर्माण गरिएका छन् ।

स्वदेशी पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको अम्ब्रेला स्ट्रिट आकर्षणको केन्द्र बनेको छ । भरतपुर महानगरपालिकाको सबैभन्दा नजिकको दूरीमा पर्यटकीय केन्द्र पटिहानी पुग्न सहज छ । महानगरपालिकाभित्र निर्माण गर्न लागिएकोे चक्रपथ पनि यही क्षेत्र भएर जान्छ ।

यहाँ खुलेका होटल र पर्यटकको आवागमनले पटिहानीमा पर्यटकीय गतिविधि बढ्दै गएको भरतपुर–२२ का दीपक पौडेल बताउँछन् । चालु आर्थिक वर्ष २०७९र८० को फागुनसम्म एक लाख ९१ हजार आठ सय ८३ जना निकुञ्ज घुमेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । गत आवमा एक लाख ९० हजार चार सय ५८ जनाले निकुञ्जको भ्रमण गरेका थिए । आर्थिक वर्ष सकिन चार महिना बाँकी रहँदा नै पर्यटकको संख्या अघिल्लो वर्षको भन्दा बढी छ । निकुञ्जमा एकसिङ्गे गैँडा, पाटेबाघ, घडियाल गोही जस्ता जनावरसँगै चराचुरुङ्गी देख्न पाइन्छ ।

Previous Post

जानि राखौंः किन फर्फराउँछ आँखा ?

Next Post

मस्क र विशेषज्ञहरूद्वारा ‘कृत्रिम बोद्धिकताको व्यापकता’ रोक्न आग्रह

सम्बन्धित खबर

नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल
आर्थिक

नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल

२ जेष्ठ २०८३,
अन्तर्राष्ट्रिय

भारतमा पेट्रोल–डिजेल महँगियो

२ जेष्ठ २०८३,
नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता
समाचार

नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता

२ जेष्ठ २०८३,
भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति
अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति

२ जेष्ठ २०८३,
होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि आवाससहित अध्ययनको व्यवस्था
समाचार

होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि आवाससहित अध्ययनको व्यवस्था

२ जेष्ठ २०८३,
नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग कर्णाली सरकारको छलफल
समाचार

नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग कर्णाली सरकारको छलफल

२ जेष्ठ २०८३,
Load More
Next Post
इरानमा सरकारको विरोधमा उत्रिएका महिलाहरुलाई मस्कको साथ

मस्क र विशेषज्ञहरूद्वारा ‘कृत्रिम बोद्धिकताको व्यापकता’ रोक्न आग्रह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In