• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, १३ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    गङ्गा जल सन्धि नवीकरणका लागि बङ्गलादेशको पहल

    गङ्गा जल सन्धि नवीकरणका लागि बङ्गलादेशको पहल

    प्रसारण लाइन निर्माण : स्थानीयद्वारा क्षतिपूर्तिको माग

    विद्युत् निर्यात बढे पनि जोखिम कायमै

    अमेरिकाको निर्भरता घटाउन क्यानाडा–इयु सहकार्य

    अमेरिकाको निर्भरता घटाउन क्यानाडा–इयु सहकार्य

    मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

    जडीबुटी बेचेर चार करोड राजस्व असुली

    विदेश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ

    अनुदान दिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी

    जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

    जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

हटिया–ताराखोला सडकः म्याद सकियो, सकिएन कालोपत्रे

१३ चैत २०७९,
0
हटिया–ताराखोला सडकः म्याद सकियो, सकिएन कालोपत्रे
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

बागलुङ । निर्माण व्यवसायीले सरसर्ती सडकको काम गरेको भए अहिले गलकोट हुँदै ताराखोलाको यात्रा निकै सहज हुन्थ्यो । गलकोट नगरपालिकाको केन्द्र हटियादेखि गाईघाट हुँदै ताराखोला जोड्ने रणनीतिक सडक म्याद सकिँदासम्म कालोपत्रे हुन सकेको छैन ।

डेढ वर्षअघि नै कालोपत्रे सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेकोमा दुई पटक म्याद थप गर्दासमेत उक्त सडकको कालोपत्रे सम्पन्न हुन नसकेको हो । समयमै कालोपत्रे नहुँदा गलकोट नगरपालिकाको केन्द्र हुँदै ताराखोला पुग्ने यात्रुलाई सास्ती भएको छ ।

ठेकेदार कम्पनीको लापर्बाहीका कारण सडक समयमै नसकिएको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले बताए । ‘गलकोटको गौदीखोला पुलदेखि गलकोट नगरपालिकाको कार्यालयअघि हुँदै ताराखोला पुग्ने सडक चार वर्ष पुगिसक्दासमेत कालोपत्रे भएन’, उनले भने, ‘दुई पालिका जोड्ने सडक कालोपत्रे भएमा गलकोट र ताराखोलाको सिमानामा रहेको गाइघाट झरनामा पुग्ने पर्यटकलाई समेत सहज हुने थियो, अहिले गलकोट नगरपालिकाको कार्यालय अघि कालोपत्रेका लागि ढिलै भए पनि ग्राभेल गरेको छ ।’

ताराखोलालाई केन्द्र बनाएर गलकोट नगरपालिका र म्याग्दी जोड्ने उक्त रणनीतिक सडक म्याद सकिएको डेढ वर्ष भइसकेको छ । म्याद सकिएपछि दुई पटक म्याद थप्दा समेत कालोपत्रे नभएको पूर्वाधार कार्यालय बागलुङले जनाएको छ । पूर्वाधार कार्यालय बागलुङका प्रमुख गणेश सुवेदीले निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सडक कालोपत्रेमा समस्या भएको जानकारी दिए ।

‘यो ठेक्का आर्थिक वर्ष २०७५/०७६ लगाइएको थियो, आगामी म्याद सकिएपछि पुन दुई पटक थपियो, पुससम्म ठेक्का म्याद छ, त्यो म्यादभित्र सडक कालोपत्रे सक्न निर्देशन दिएका छौँ, अहिले ग्राभेलको काम गरिरहेको छ तर गाईघाट झरनाभन्दा माथि भौगोलिक जटिलताको कारण देखाउँदै काम ढिलो गरेको छ’, उनले भने, ‘अहिले पाँच किलोमिटर सडकमा ग्राभेल गरेको छ त्यही गतिमा काम गरे मात्रै पुससम्म सम्भव होला नत्र अहिले कायम भएको मितिभित्र समेत सडक कालोपत्रे सकिँदैन ।’

उनका अनुसार कोरोना महामारी र आर्थिक वृद्धिदरको कारण देखाउँदै ठेकेदार कम्पनीले काममा ढिलाइ गरेको हो । अहिले बिछ्याएको ग्राभेलमा समेत त्रुटि देखिएकाले सच्चाउन लगाइएको छ ।

झण्डै ४० किलोमिटर लामो रणनीतिक सडकमध्ये अहिले गलकोटको हटियादेखि सयपत्री जलविद्युत् आयोजनासम्म १० किलोमिटर मात्रै कालोपत्रेको लागि एपेक्स खड्का कृष्ण संयुक्त निर्माण कम्पनीसँग २४ करोडमा ठेक्का सम्झौता भएको थियो ।

ठेक्का लिएको १० किलोमिटरमध्ये साढे पाँच किलोमिटर सडकमा बेस राखेर ग्राभेल भरे पनि बाँकी खण्डमा काम ढिलो भएको छ । उक्त सडकको हालसम्मको प्रगति ५० प्रतिशत मात्रै भएको छ । अहिलेसम्म रु १२ करोडभन्दा धेरै रकम भुक्तानीसमेत भइसकेको छ । सडक कालोपत्रेमा ढिलाइ हुँदा गलकोट नगरपालिका वडा नं ५ र ६ तथा ताराखोला गाउँपालिका वडा नं १ र ३ का बासिन्दाले सास्ती खेप्दै आएका छन् ।

सडक निर्माणको जिम्मा पाएको एपेक्स खड्का कृष्ण संयुक्त निर्माण कम्पनीका इन्जिनियर रामु कँडेलले कोरोना महामारी, विद्युतीय पोल र मूल्यवृद्धिका कारण समयमै काम नसकिएको जिकिर गरे । उनले पुस मसान्तसम्म सात किलोमिटर सडक कालोपत्रे गरिसक्ने बताउँदै पूर्वाधारको काम अन्तिम चरणमा पुगेको बताए ।

‘अहिले धमाधम सडक ग्राभेल गर्ने कार्य भइरहेको छ, गाईघाट झरनादेखि माथि पहिरोले निर्माण गरेको पूर्वाधारमा क्षति पुग्दा समस्या भयो, अहिले विद्युतका पोल समेत सार्न थालिएको छ’, उनले भने, ‘अब कामले गति लिन्छ समस्याग्रस्त क्षेत्रमा कालोपत्रे नगरेर ढलान गर्नका लागि छलफल भइरहेको छ ।’

हटियादेखि गाईघाट झरनासम्म ६३ पोल सार्नका लागि ठेक्कामार्फत अहिले काम भइरहेको नेपाल विद्युत् प्राधिकरण बागलुङ शाखाका प्रमुख दिलीप मरासिनीले जानकारी दिए । उनका अनुसार विद्युत्का पोल सार्ने काम केही दिनमै सकिने जनाउँदै निर्माण व्यवसायीलाई छिटो सडक कालोपत्रे गर्न सुझाव दिए ।

अघिल्लो समाचार

उत्तर कोरियाद्वारा पूर्वी सागरतर्फ ब्यालेस्टिक मिसाइल प्रक्षेपणः दक्षिण कोरियाली सेना

अर्को समाचार

चीन भारतको अरुणाचलमा भएको जी–२० बैठकमा अनुपस्थित

सम्बन्धित खबर

गङ्गा जल सन्धि नवीकरणका लागि बङ्गलादेशको पहल
अन्तर्राष्ट्रिय

गङ्गा जल सन्धि नवीकरणका लागि बङ्गलादेशको पहल

१३ कात्तिक २०८३,
प्रसारण लाइन निर्माण : स्थानीयद्वारा क्षतिपूर्तिको माग
फिचर-ब्यानर

विद्युत् निर्यात बढे पनि जोखिम कायमै

१३ कात्तिक २०८३,
अमेरिकाको निर्भरता घटाउन क्यानाडा–इयु सहकार्य
फिचर-ब्यानर

अमेरिकाको निर्भरता घटाउन क्यानाडा–इयु सहकार्य

१३ कात्तिक २०८३,
मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन
आर्थिक

जडीबुटी बेचेर चार करोड राजस्व असुली

१३ कात्तिक २०८३,
विदेश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
आवाज

अनुदान दिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी

१३ कात्तिक २०८३,
जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा
फिचर-ब्यानर

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

१३ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
चीनको तियान्जिनमा मे महिनामा सातौं विश्व इनटेलजेन्स सम्मेलन हुने

चीन भारतको अरुणाचलमा भएको जी–२० बैठकमा अनुपस्थित

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

गङ्गा जल सन्धि नवीकरणका लागि बङ्गलादेशको पहल

गङ्गा जल सन्धि नवीकरणका लागि बङ्गलादेशको पहल

१३ कात्तिक २०८३,
प्रसारण लाइन निर्माण : स्थानीयद्वारा क्षतिपूर्तिको माग

विद्युत् निर्यात बढे पनि जोखिम कायमै

१३ कात्तिक २०८३,
अमेरिकाको निर्भरता घटाउन क्यानाडा–इयु सहकार्य

अमेरिकाको निर्भरता घटाउन क्यानाडा–इयु सहकार्य

१३ कात्तिक २०८३,
मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जडीबुटी बेचेर चार करोड राजस्व असुली

१३ कात्तिक २०८३,
विदेश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ

अनुदान दिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी

१३ कात्तिक २०८३,
जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

१३ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन