• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गम्भीर खडेरीले उत्तर कोरियामा खाद्य चिन्ता

    गम्भीर खडेरीले उत्तर कोरियामा खाद्य चिन्ता

    ३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?

    ३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?

    साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह

    साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह

    आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै

    आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै

    निर्वाचन सुरक्षामा विवेकपूर्ण लाग्र्दै मतपेटिका ढुवानीसम्ममा प्रमुख भूमिका खेल्ने सेनाको प्रतिवद्धता

    नेपाली सेनाले माग्यो ४ हजार ५ सय जना कर्मचारी (सूचनासहित)

    वंशीघाट बस्तीमा चल्यो डोजर

    वंशीघाट बस्तीमा चल्यो डोजर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हटिया–ताराखोला सडकः म्याद सकियो, सकिएन कालोपत्रे

by
१३ चैत्र २०७९,
0
हटिया–ताराखोला सडकः म्याद सकियो, सकिएन कालोपत्रे
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बागलुङ । निर्माण व्यवसायीले सरसर्ती सडकको काम गरेको भए अहिले गलकोट हुँदै ताराखोलाको यात्रा निकै सहज हुन्थ्यो । गलकोट नगरपालिकाको केन्द्र हटियादेखि गाईघाट हुँदै ताराखोला जोड्ने रणनीतिक सडक म्याद सकिँदासम्म कालोपत्रे हुन सकेको छैन ।

डेढ वर्षअघि नै कालोपत्रे सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेकोमा दुई पटक म्याद थप गर्दासमेत उक्त सडकको कालोपत्रे सम्पन्न हुन नसकेको हो । समयमै कालोपत्रे नहुँदा गलकोट नगरपालिकाको केन्द्र हुँदै ताराखोला पुग्ने यात्रुलाई सास्ती भएको छ ।

ठेकेदार कम्पनीको लापर्बाहीका कारण सडक समयमै नसकिएको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले बताए । ‘गलकोटको गौदीखोला पुलदेखि गलकोट नगरपालिकाको कार्यालयअघि हुँदै ताराखोला पुग्ने सडक चार वर्ष पुगिसक्दासमेत कालोपत्रे भएन’, उनले भने, ‘दुई पालिका जोड्ने सडक कालोपत्रे भएमा गलकोट र ताराखोलाको सिमानामा रहेको गाइघाट झरनामा पुग्ने पर्यटकलाई समेत सहज हुने थियो, अहिले गलकोट नगरपालिकाको कार्यालय अघि कालोपत्रेका लागि ढिलै भए पनि ग्राभेल गरेको छ ।’

ताराखोलालाई केन्द्र बनाएर गलकोट नगरपालिका र म्याग्दी जोड्ने उक्त रणनीतिक सडक म्याद सकिएको डेढ वर्ष भइसकेको छ । म्याद सकिएपछि दुई पटक म्याद थप्दा समेत कालोपत्रे नभएको पूर्वाधार कार्यालय बागलुङले जनाएको छ । पूर्वाधार कार्यालय बागलुङका प्रमुख गणेश सुवेदीले निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सडक कालोपत्रेमा समस्या भएको जानकारी दिए ।

‘यो ठेक्का आर्थिक वर्ष २०७५/०७६ लगाइएको थियो, आगामी म्याद सकिएपछि पुन दुई पटक थपियो, पुससम्म ठेक्का म्याद छ, त्यो म्यादभित्र सडक कालोपत्रे सक्न निर्देशन दिएका छौँ, अहिले ग्राभेलको काम गरिरहेको छ तर गाईघाट झरनाभन्दा माथि भौगोलिक जटिलताको कारण देखाउँदै काम ढिलो गरेको छ’, उनले भने, ‘अहिले पाँच किलोमिटर सडकमा ग्राभेल गरेको छ त्यही गतिमा काम गरे मात्रै पुससम्म सम्भव होला नत्र अहिले कायम भएको मितिभित्र समेत सडक कालोपत्रे सकिँदैन ।’

उनका अनुसार कोरोना महामारी र आर्थिक वृद्धिदरको कारण देखाउँदै ठेकेदार कम्पनीले काममा ढिलाइ गरेको हो । अहिले बिछ्याएको ग्राभेलमा समेत त्रुटि देखिएकाले सच्चाउन लगाइएको छ ।

झण्डै ४० किलोमिटर लामो रणनीतिक सडकमध्ये अहिले गलकोटको हटियादेखि सयपत्री जलविद्युत् आयोजनासम्म १० किलोमिटर मात्रै कालोपत्रेको लागि एपेक्स खड्का कृष्ण संयुक्त निर्माण कम्पनीसँग २४ करोडमा ठेक्का सम्झौता भएको थियो ।

ठेक्का लिएको १० किलोमिटरमध्ये साढे पाँच किलोमिटर सडकमा बेस राखेर ग्राभेल भरे पनि बाँकी खण्डमा काम ढिलो भएको छ । उक्त सडकको हालसम्मको प्रगति ५० प्रतिशत मात्रै भएको छ । अहिलेसम्म रु १२ करोडभन्दा धेरै रकम भुक्तानीसमेत भइसकेको छ । सडक कालोपत्रेमा ढिलाइ हुँदा गलकोट नगरपालिका वडा नं ५ र ६ तथा ताराखोला गाउँपालिका वडा नं १ र ३ का बासिन्दाले सास्ती खेप्दै आएका छन् ।

सडक निर्माणको जिम्मा पाएको एपेक्स खड्का कृष्ण संयुक्त निर्माण कम्पनीका इन्जिनियर रामु कँडेलले कोरोना महामारी, विद्युतीय पोल र मूल्यवृद्धिका कारण समयमै काम नसकिएको जिकिर गरे । उनले पुस मसान्तसम्म सात किलोमिटर सडक कालोपत्रे गरिसक्ने बताउँदै पूर्वाधारको काम अन्तिम चरणमा पुगेको बताए ।

‘अहिले धमाधम सडक ग्राभेल गर्ने कार्य भइरहेको छ, गाईघाट झरनादेखि माथि पहिरोले निर्माण गरेको पूर्वाधारमा क्षति पुग्दा समस्या भयो, अहिले विद्युतका पोल समेत सार्न थालिएको छ’, उनले भने, ‘अब कामले गति लिन्छ समस्याग्रस्त क्षेत्रमा कालोपत्रे नगरेर ढलान गर्नका लागि छलफल भइरहेको छ ।’

हटियादेखि गाईघाट झरनासम्म ६३ पोल सार्नका लागि ठेक्कामार्फत अहिले काम भइरहेको नेपाल विद्युत् प्राधिकरण बागलुङ शाखाका प्रमुख दिलीप मरासिनीले जानकारी दिए । उनका अनुसार विद्युत्का पोल सार्ने काम केही दिनमै सकिने जनाउँदै निर्माण व्यवसायीलाई छिटो सडक कालोपत्रे गर्न सुझाव दिए ।

Previous Post

उत्तर कोरियाद्वारा पूर्वी सागरतर्फ ब्यालेस्टिक मिसाइल प्रक्षेपणः दक्षिण कोरियाली सेना

Next Post

चीन भारतको अरुणाचलमा भएको जी–२० बैठकमा अनुपस्थित

सम्बन्धित खबर

गम्भीर खडेरीले उत्तर कोरियामा खाद्य चिन्ता
फिचर-ब्यानर

गम्भीर खडेरीले उत्तर कोरियामा खाद्य चिन्ता

१८ बैशाख २०८३,
३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?
फिचर-ब्यानर

३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?

१८ बैशाख २०८३,
साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह
फिचर-ब्यानर

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह

१८ बैशाख २०८३,
आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै
फिचर-ब्यानर

आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै

१८ बैशाख २०८३,
निर्वाचन सुरक्षामा विवेकपूर्ण लाग्र्दै मतपेटिका ढुवानीसम्ममा प्रमुख भूमिका खेल्ने सेनाको प्रतिवद्धता
फिचर-ब्यानर

नेपाली सेनाले माग्यो ४ हजार ५ सय जना कर्मचारी (सूचनासहित)

१८ बैशाख २०८३,
वंशीघाट बस्तीमा चल्यो डोजर
फिचर-ब्यानर

वंशीघाट बस्तीमा चल्यो डोजर

१८ बैशाख २०८३,
Load More
Next Post
चीनको तियान्जिनमा मे महिनामा सातौं विश्व इनटेलजेन्स सम्मेलन हुने

चीन भारतको अरुणाचलमा भएको जी–२० बैठकमा अनुपस्थित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In