• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, ६ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

    ‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

    ‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

    इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

    इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

    बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

    तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

प्रदर्शनीमा सीमित हुँदै माटोका भाँडा बनाउने सीप

८ चैत २०७९,
0
प्रदर्शनीमा सीमित हुँदै माटोका भाँडा बनाउने सीप
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

महोत्तरी, ८ चैत (रासस)ः बर्दिबासमा जारी बर्दिबास महोत्सवमा रवीन्द्र पण्डित कुम्हालले घुमाएको चक्र हेर्नेको भिड ठूलो छ। चक्र घुमेको हेर्दै रमाइरहेका उनीहरुमध्ये धेरै त घुमेको चक्रको दृश्य मोबाइलमाकैदगर्न व्यस्त छन् । महोत्सव सुरु भएको छ दिन यतादेखि घुमिरहेकै छ कुम्हालेको चक्र र त्यो हेर्नेको भिड पनि बढिरहेकै छ । अझ महोत्सवमा आउने युवा तथा विद्यार्थीहरुघुमिरहेको चक्रबाट माटोका भाँडा बन्दै गरेको प्रक्रियालाई झनै चासोपूर्वक नियालिरहेको देखिन्छ । माटोका भाँडा बन्दै गरेको हेर्न लालायित भिडले खरिदगर्न भने खासै रुचि नदेखाएको कुम्हालको अनुभव छ । “यो हाम्रो पुख्र्यौली पेसा हो, हजुरबुबाहरुले यसैबाट जीविकोपार्जन गर्नुभयो”, रवीन्द्रले भन्नुभयो, “तर अब भने यसबाट व्यवसायिक लाभ लिन निकै गाह्रो छ ।” माटोका भाँडा बिक्री हुन छाडेपछि यी पसलमा भन्दा प्रदर्शनीमा सीमित हुन थालेकोमा उहाँ चिन्ता व्यक्त गर्नुहुन्छ ।

“चक्र घुमाएर भाँडा र खेलौना बनाएको हेर्दै रमाइलो मान्नेहरु धेरै छन्”, उहाँले सुनाउनुभयो, “तर यस्ता भाँडाको बिक्री भने निकै न्यून छ ।” महोत्सवमा रवीन्द्रले माटोबाट बनेका अम्खोरा,चिया पिउने प्याला,खुत्रुके र ढकनालगायतका उत्पादन बिक्रीका लागि राख्नुभएको छ । तर यसबाट हुने आम्दानी ज्यादै न्यून रहेको उहाँको गुनासो छ । उसो त महोत्सवमा मात्रै होइन हाटबजारमा पनि यस्ता भाँडा बिक्री हुन छाडिसकेको उहाँको अनुभव छ । कुनै समय मधेसको प्राचीन मिथिला क्षेत्रमा पानी राख्ने गाग्री(घैँटो, घैला), दही जमाउने छ्याँची, चामल÷पीठोसहितका सर्दाम राख्न तौला र खाना पकाउने डेक्चीपनि माटाकै प्रयोग हुन्थे । तर आधुनिकतासँगै सिल्भर र प्लास्टिकका टिकाउ भाँडाको प्रयोग बढ्न थालेपछि कुम्हालको पुख्र्यौली पेसा सङ्कटमा पर्न थालेको छ । “माटाका भाँडाको राखनधरन र उपयोग स्वस्थ्यकर हुन्छ”, बर्दिबासका स्वास्थ्यकर्मी राधेश्याम झा भन्नुहुन्छ, “माटाका भाँडाको महत्व थाहा नहुँदा र कम टिकाउन हुने कारणले यसको प्रयोग कम हुँदै गएको हो ।”

पछिल्लो समय अनिवार्य मानिएका धार्मिक अनुष्ठान र प्रयोजनबाहेक माटोका भाँडाको प्रयोग लगभग हराइसकेको छ । मिथिलामा चौरचन, दशैँ, दीपावली, छठ र सामा पर्वमा माटाका भाँडा र खेलौनाको प्रयोग अनिवार्यजस्तैछ । पितृकार्यमा पनि माटाका भाँडाको खोजी गरिन्छ । त्यसैले पर्वविशेष र अन्य खास अवसरमादही जमाउने छ्याँची, ढकन, तौला, बत्ती बाल्ने दियौरी र सामाका खेलौना बिक्री हुने गरेका भङ्गाहा–५ भूचक्रपुरका काशिलाल पण्डितको भनाइ छ । “विशेष गरी खासपर्व र पितृ कार्यमा यस्ता भाँडाको माग हुन्छ, त्यतिले मात्रै जीवनयापन गर्न सकिन्न”, उहाँले भन्नुभयो, “जसले गर्दा पेसा नै लोप हुने अवस्थामा पुगेको छ ।” उमेरले ६० वर्ष पुग्नुभएका काशिलाललाई माटोका भाँडा बिक्न छाडेपछि पेसा हराउने हो कि भन्ने पीर लाग्न थालेको छ । मिथिला क्षेत्रमा माटोका नयाँ भाँडा शुभकार्यमा उत्तम मानिन्छ । धार्मिक, सामाजिक मान्यताले चाड पर्वमा भने यसको माग अझै हुने गरेको छ । महोत्सवमा स्थानीय उत्पादन र सीप प्रवद्र्धनगर्ने उद्देश्यले ‘कुम्हालको चक्रस्टल’ पनि राखिएको महोत्सव आयोजकबर्दिबास उद्योग वाणिज्य सङ्घका महासचिव उत्तम श्रेष्ठले बताउनुभयो । “नयाँ पुस्ताले चाखपूर्वक माटोको भाँडा बनाउने सीपको अवलोकन गरिरहेका छन्”, उहाँले भन्नुभयो । पहिले जीवन गुजारा बनेको यो पेसाको पहिचान सङ्कटमा परेको छ । माटाका भाँडा बनाउने काम अब जीवन धान्ने पेसा नरहेको लोकदोहोरी प्रतिष्ठान महोत्तरीका अध्यक्ष ज्ञान बस्नेतको भनाइ छ। यद्यपि संस्कृति, परम्परा र पहिचान जोगाउनकै लागि भने पनि यसको संरक्षणका लागि जुट्नुपर्ने उहाँको सुझाव छ ।

अघिल्लो समाचार

मन्थलीमा बागमती सांस्कृतिक सम्मिलन हुने

अर्को समाचार

अतिक्रमित सार्वजनिक जग्गा खोज्दै वीरगञ्ज महानगर

सम्बन्धित खबर

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
आवाज

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

६ कात्तिक २०८३,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आर्थिक

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

६ कात्तिक २०८३,
‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार
आर्थिक

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

६ कात्तिक २०८३,
इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण
अन्तर्राष्ट्रिय

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

६ कात्तिक २०८३,
बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो
आर्थिक

बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

६ कात्तिक २०८३,
तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु
अन्तर्राष्ट्रिय

तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

६ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
अतिक्रमित सार्वजनिक जग्गा खोज्दै वीरगञ्ज महानगर

अतिक्रमित सार्वजनिक जग्गा खोज्दै वीरगञ्ज महानगर

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

६ कात्तिक २०८३,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

६ कात्तिक २०८३,
‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

६ कात्तिक २०८३,
इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

६ कात्तिक २०८३,
बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

६ कात्तिक २०८३,
तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

६ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

    0 shares
    Share 0 Tweet 0
  • बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    0 shares
    Share 0 Tweet 0
  • इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन