विधि
– उत्तानो फर्केर जमिनमा सुत्ने ।
– अब श्वास भित्र भर्दै विस्तारै खुट्टालाई उठाउने, पहिले ३० डिग्री र पछि ६० डिग्रीमा उठाउने ।
– यो स्थितिमा गाह्रो नहुन्जेल वा ३० सेकेन्डसम्म बस्ने ।
– फर्केर आउँदा जुन क्रमले माथि आइन्छ, त्यही क्रमले खुट्टा विस्तारै झार्दै भुइँमा सीधा तेस्र्याउने ।
लाभ
– यसले थाइराइड ग्रन्थिलाई चुस्त बनाएर मोटोपन, भक्भकाउने, पुड्को शरीर तथा दुर्बलतामा लाभ पु¥याउँछ ।
– मेरुदण्ड स्वस्थ र लचकदार बनाउँछ ।
– स्त्री रोग कष्टातर्वमा उपयोगी हुन्छ ।
– अन्याशय (पेन्क्रियाज) सक्रिय पारेर मधुमेहमा हित गर्छ ।
– अजीर्ण, मन्दाग्नि (भोक नलाग्ने, अपच ठीक गर्ने) र कब्जियतमा लाभदायक छ ।
तर
उच्च रक्तचाप र काँध दुख्ने रोगीले यो आसन नगर्ने ।
फियो र कलेजो बढेको बेला यो आसन गर्नु हुँदैन ।
साभारः ‘योगतन्त्र’ पुस्तकबाट