• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने ‘ओपेक प्लस’को रणनीति

    मध्यपूर्व युद्धका कारण कच्चा तेलको मूल्यमा तीव्र वृद्धि

    जापानले लामो दूरीको मिसाइल तैनाथ गर्दै

    जापानले लामो दूरीको मिसाइल तैनाथ गर्दै

    गृहमन्त्री अर्यालद्वारा काठमाडौँ प्रहरी परिसरको अनुगमन

    गृहमन्त्री अर्यालद्वारा काठमाडौँ प्रहरी परिसरको अनुगमन

    दुई सय दश दिन पछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य

    दुई सय दश दिन पछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य

    पर्यटकीय गन्तव्य बन्दै लमजुङको ‘घनपोखरा होमस्टे’

    पर्यटकीय गन्तव्य बन्दै लमजुङको ‘घनपोखरा होमस्टे’

    प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना खुल्यो

    निर्वाचन प्रहरीको बिदाइ बिहीबार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ऐतिहासिक पुरानोकोट गढी पर्यटकको मुख्य गन्तव्य बन्दै

by
२ चैत्र २०७९,
0
ऐतिहासिक पुरानोकोट गढी पर्यटकको मुख्य गन्तव्य बन्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लमजुङ– ऐतिहासिक पुरानोकोट गढी पर्यटकको मुख्य गन्तव्यको रूपमा पर्न थालेको छ । यहाँ नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र बेँसीसहर नगरपालिकाको संयुक्त लगानीमा वडा नं ४ स्थित पुरानोकोट गढीमा शान्ति स्तूपा तथा भ्यू टावर निर्माण गरिएपछि यतिबेला पर्यटकको आवागमन बढ्न थालेको हो ।

नेपालका बाइसे–चौबिसे राजाको पालामा बनेको उक्त गढीमा निर्माण गरिएको संरचना हेर्न, तथा सो क्षेत्रबाट आसपासका प्राकृतिक दृश्य नियाल्न यतिबेला पर्यटकको आगमन बढ्दो छ । स्थानीयवासी देवबहादुर गुरुङले भने , ‘सोही स्तूपा तथा भ्यू टावर वरपर कालु शाहकी रानीको दरबार रहेको सो स्थानलाई यशोबह्म शाहको पालादेखि पुरानोकोट गढीका रुपमा स्थापित हुँदै आएको छ । यतिबेला सो स्थानमा पर्यटकको आगमन बाक्लिएको छ । उनका अनुसार दैनिक १०० भन्दा बढी र बिदा तथा चाडपर्वको दिनमा दुई सयभन्दा बढी पर्यटक आउने गरेका छन् । यतिबेला सो स्तूपा तथा भ्यू टावर पर्यटकको मुख्य आकर्षणका रूपमा रहेको छ ।’

भ्यू टावरबाट काठमाडौँको थानकोटडाँडा, चितवनको मुग्लिनमाथिको डाँडा, गोरखा, तनहुँ, कास्की, म्याग्दीलगायत जिल्लाको केही भाग देख्न सकिने स्थानीयवासी गुरुङ बताउनुहुन्छ । त्यस्तै, बौद्ध हिमाल, माछापुच्छे, अन्नपूर्ण दोस्रोदेखि चौँथोसम्म, मनास्लु, हिमालचुली, अन्नपूर्ण साउथ, मनास्लु दक्षिण, च्ये हिमाल, डाक्टर हर्कपिकसहित दर्जनौँ हिमशङ्खलाका साथै सूर्योदयको मनोमोहक दृश्यसमेत अवलोकन गर्न सकिने त्यहाँका बासिन्दा बताउँछन्

नवनिर्मित सो संरचना नजिकै त्यसबेलाका राजाले पूजा गर्ने मौला कालिका मन्दिरसमेत छ । पुरानोकोट गढी यतिबेला भग्नावेश अवस्थामा रहेको छ । शाह राजाको बसोबास रहेकाले यो स्थानको महत्व बढ्नाका साथै प्रचारप्रसार गर्न तथा पर्यटक आकर्षित गर्न स्तूपा तथा भ्यू टावर निर्माण गरिएको नगरप्रमुख गुमानसिंह अर्यालले बताए।

यहाँ उक्त संरचना निर्माणले पर्यटन प्रवर्द्धनमा टेवा पुग्नका साथै नगरपालिकाको आर्थिक वृद्धिमासमेत सहयोग पुग्ने नगरप्रमुख अर्याल उल्लेख गर्छन् । निर्माण कम्पनी हिम पराजुली कन्टक्सनले विसं २०७८ गत फागुन महिनाभित्र निर्माण सक्ने सम्झौता गरे पनि निर्धारित समयमा काम नसकेपछि थप गरिएको म्यादमा अहिले निर्माणको अधिकांश काम सम्पन्न भइसकेको नगर प्रमुख अर्यालले बताए।

यहाँ पानी र बिजुलीको व्यवस्था गर्न बाँकी रहेको र अन्य काम सम्पन्न भइसकेको छ । ती संरचना निर्माणका लागि रु चार करोड ८१ लाखको लागत स्टमेन्ट गरिए पनि ५५ लाख कममा उक्त कम्पनीले निर्माण गर्ने सम्झौता गरेको थियो । नगरपालिकाका अनुसार एक करोड ४९ लाख नगरपालिका र दुई करोड ७७ लाख पर्यटन मन्त्रालयको गरी चार करोड २६ लाख बजेटमा शान्ति स्तूपासहितको भ्युटावर निर्माण भएको छ ।

शान्ति स्तूपाको गजुर निर्माण एवं रङ्गरोगन गर्नाका साथै चार वटा बौद्धमूर्तिसमेत राखिएकोे छ । उक्त संरचनाको क्षेत्रफल दुई सय ८३ स्क्यायर मिटर रहेको बताइएको छ । सो स्तूपा तथा भ्यूटावरसम्मै पुग्नलाई रु २१ लाख खर्च गरेर नगरपालिकाले सडकसमेत निर्माण गरेको छ । बेँसीसहर बजारदेखि लमजुङ दरबार, गाउँले पानी घरवास हुँदै सो स्थानमा पुग्न सकिन्छ । बेँसीसहरबाट १६ किलोमिटरको दूरीमा भ्यूटावर रहेको छ । त्यस्तै भग्नावेश रानीको दरबार संरक्षण तथा मर्मतका लागि ३ नं वडा कार्यालयले रु दुई लाख बजेट विनियोजन गरेको छ ।

यतिबेला स्तूपा वरिपरिको वनजङ्गलमा फुल्न थालेको लालिगुराँसले झनै स्तूपा तथा भ्यूटावरको सौन्दर्य बढाएको छ । स्तूपा आएका पर्यटकमध्ये बेलु गुरुङले भने, यहाँ आइपुग्दा धेरै रमाइलो लाग्यो, एकदम आनन्दको ठाउँ रहेछ, यस्ता संरचनाले पर्यटकलाई खुसी मिल्नेछ ।

यहाँ आउने पर्यटकले सबैतिर अवलोकन गर्नाका साथै, सेल्फी खिच्ने, फोटो खिच्ने, टिकटक बनाएर रमाउने गरेका छन् ।

Previous Post

दीपक मनाङेको प्रदेश सभा सदस्य पद धरापमा

Next Post

कामपाको सबै वडामा आजदेखि निःशुल्क कानूनी परामर्श सेवा

सम्बन्धित खबर

तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने ‘ओपेक प्लस’को रणनीति
आर्थिक

मध्यपूर्व युद्धका कारण कच्चा तेलको मूल्यमा तीव्र वृद्धि

२५ फाल्गुन २०८२,
जापानले लामो दूरीको मिसाइल तैनाथ गर्दै
अन्तर्राष्ट्रिय

जापानले लामो दूरीको मिसाइल तैनाथ गर्दै

२५ फाल्गुन २०८२,
गृहमन्त्री अर्यालद्वारा काठमाडौँ प्रहरी परिसरको अनुगमन
आवाज

गृहमन्त्री अर्यालद्वारा काठमाडौँ प्रहरी परिसरको अनुगमन

२५ फाल्गुन २०८२,
दुई सय दश दिन पछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
आवाज

दुई सय दश दिन पछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य

२५ फाल्गुन २०८२,
पर्यटकीय गन्तव्य बन्दै लमजुङको ‘घनपोखरा होमस्टे’
फिचर-ब्यानर

पर्यटकीय गन्तव्य बन्दै लमजुङको ‘घनपोखरा होमस्टे’

२५ फाल्गुन २०८२,
प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना खुल्यो
फिचर-ब्यानर

निर्वाचन प्रहरीको बिदाइ बिहीबार

२५ फाल्गुन २०८२,
Load More
Next Post
कामपाको सबै वडामा आजदेखि निःशुल्क कानूनी परामर्श सेवा

कामपाको सबै वडामा आजदेखि निःशुल्क कानूनी परामर्श सेवा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In