• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 20, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गभर्नरमा डा विश्वनाथ पौडेललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

    गभर्नरमा डा विश्वनाथ पौडेललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

    एकै परिवारका छ जनाले गरे मकालु हिमाल आरोहण

    एकै परिवारका छ जनाले गरे मकालु हिमाल आरोहण

    जैमिनीमा बढ्दो बसाइँसराइः दुई वर्षमा एक हजार सात सय नौले गाउँ छाडे

    जैमिनीमा बढ्दो बसाइँसराइः दुई वर्षमा एक हजार सात सय नौले गाउँ छाडे

    औद्योगिक जिल्लातर्फ अघि बढ्दै इलाम

    औद्योगिक जिल्लातर्फ अघि बढ्दै इलाम

    युरोपेली सङ्घको कूटनीतिक टोली राजधानीमा

    युरोपेली सङ्घको कूटनीतिक टोली राजधानीमा

    भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

    भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    गभर्नरमा डा विश्वनाथ पौडेललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

    गभर्नरमा डा विश्वनाथ पौडेललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

    एकै परिवारका छ जनाले गरे मकालु हिमाल आरोहण

    एकै परिवारका छ जनाले गरे मकालु हिमाल आरोहण

    जैमिनीमा बढ्दो बसाइँसराइः दुई वर्षमा एक हजार सात सय नौले गाउँ छाडे

    जैमिनीमा बढ्दो बसाइँसराइः दुई वर्षमा एक हजार सात सय नौले गाउँ छाडे

    औद्योगिक जिल्लातर्फ अघि बढ्दै इलाम

    औद्योगिक जिल्लातर्फ अघि बढ्दै इलाम

    युरोपेली सङ्घको कूटनीतिक टोली राजधानीमा

    युरोपेली सङ्घको कूटनीतिक टोली राजधानीमा

    भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

    भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

पशुपतिनाथ मन्दिरको ‘दान पेटिका’ दुई घण्टा गायब, मिलेमतोमा लाखौँ भ्रष्टाचार

by
२ चैत्र २०७९,
0
पशुपति क्षेत्रमा बाला चतुर्दशीको तयारी शुरु
0
SHARES
82
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । देवताकै नाममा भ्रष्टाचार हुन्छ भन्दा कसैलाई पनि विश्वास नलाग्न सक्छ । तर, हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा त्यस्तै हुँदै आएको छ ।

पशुपतिनाथ मन्दिर परिसरमा अनेक नाममा भ्रष्टाचार हुँदै आएको सार्वजनिक सञ्चार माध्यमबाट बेलाबेला सार्वजनिक हुँदै आएको छ । पछिल्लो समय भने ‘दान पेटिका’बाटै भ्रष्टाचार हुने गरेको खुलासामा भएको छ ।

पशुपतिनाथ मन्दिरभित्र एउटा दान पेटिका राखिएको छ । मूल मन्दिरमा पूजा गर्न पुग्ने दर्शनार्थीले उक्त पेटिकामा चाहेअनुसारको दान गर्दै आएका छन् । सोही दान पेटिका बेलाबेला गायब हुने गरेको छ ।

करिव १ महिना अगाडि सोही दान पेटिका २ घण्टा गायब गरिएको छ । दान पेटिका गायब भएको घटना गुपचुप राख्न खोजिएको थियो । तर, दानपेटिका गायब पारिएको घटना पशुपति क्षेत्रमा फैलिएपछि घटनालाई साम्य पार्न पशुपति क्षेत्र विकास कोषले छानविन समिति गठन गरेको बुझिएको छ । तर, कोषले अहिलेसम्म प्रतिवेदन सार्वजनिक गरेको छैन ।

कोषका सदस्य सचिव डा। मिलनकुमार थापा दान पेटिका दुई घण्टासम्म हराएको स्वीकार गर्छन् । र, छानविन भइरहेको बताउँछन् । सदस्य सचिव थापाले भने– ‘करिव एक महिना अगाडि दान पेटिका दुई घण्टासम्म हराएको हो । हामीले छानविन समिति गठन गरेका छौं । समितिले तयार पारेको प्रतिवेदन छिट्टै सार्वजनिक गर्छौ ।’

स्रोतका अनुसार समितिले कोषलाई प्रतिवेदन बुझाइसकेको छ । छानविनका क्रममा मिलेमतोकै आधारमा दान पेटिका गायब बनाइएको तथ्यहरु फेला परेको छानविन समितिका एक सदस्यले बताए । उनले भने– ‘यो काममा कोषको उच्च नेतृत्वदेखि सुरक्षाकर्मी र मन्दिरभित्र काम गर्ने सामान्य कामदारसम्मको मिलेमतो देखिएको छ । हामीले सोही अनुसार प्रतिवेदन बुझाएका छौं ।’

दान पेटिका गायब हुँदा कति रकम हरायो भन्ने कसैलाई थाहा छैन । किनकी, पशुपतिमा डिजिटल दानको मात्रै दान गर्ने वित्तिकै थाहा हुन्छ । पेटिकामा राखिने दान भने एकैपटक गन्ने गरिन्छ ।

छानविन समितिको प्रतिवेदन सार्वजनिक हुँदा आफै अप्ठ्यारोमा परिने डरले कोषका नेतृत्वले समितिको प्रतिवेदन सार्वजनिक गर्न नसकेको समितिका ति सदस्यले बताउँछन् ।

मूल मन्दिरको सुरक्षाको जिम्मा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई दिइएको छ । मूल मन्दिर परिसरमा चौबीसै घण्टा सुरक्षाकर्मी तैनाथ हुन्छन् । तर, सुरक्षाकर्मीको बाक्लो घेराबाटै दान पेटिका गायब भएपछि सुरक्षाकर्मी समेत मिलेमतोमा रहेको बुझ्न मुस्किल पर्दैन ।

मन्दिरभित्र सीसीटीभी जडान गरिएको भए पनि उक्त सीसीटीभीले काम गरिरहेको छ या छैन भन्ने अहिलेसम्म कसैलाई थाहा छैन । त्यसैले मिलेमतोमै दान पेटिका गायव गरिएको आशंका गरिएको छ । मन्दिरभित्र सर्वसाधारणलाई क्यामेरा प्रयोग गर्न निषेध गरिएको छ ।

धार्मिकस्थल पशुपतिमा ठूलो मात्रामा भ्रष्टाचार हुँदै आएको केही समय अगाडि पर्यटनमन्त्री सुदन किरातीले नै खुलासा गरेका थिए ।

मन्त्री बनेपछि पशुपतिनाथ अनुगमन गर्न पुगेका मन्त्री किरातीले भ्रष्टाचारका लागि लाखौंको डिल हुने गरेको सुनेको भन्दै कारबाही गर्ने चेतावनी दिएका थिए ।

हाल डा. मिलनकुमार थापा पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव छन् । थापाकै नेतृत्वमा पशुपति क्षेत्रमा अनियमितता भइरहेको समेत आरोप लाग्ने गरेको छ ।

पशुपति क्षेत्र आसपासका विभिन्न कामका लागि हुने बोलपत्र लगायतमा समेत चलखेल हुने गरेको बुझिन्छ । पछिल्लो समय कोषले भिडियोग्राफीसम्बन्धी दुई वटा बोलपत्र आह्वान गरेको छ । कोषले बोलपत्र आह्वान गरेसँगै उक्त काम हातपार्न गिरोहरु सक्रिय भएको समेत बुझिएको छ ।

Previous Post

उपराष्ट्रपति निर्वाचनको तयारी पूरा

Next Post

दीपक मनाङेको प्रदेश सभा सदस्य पद धरापमा

सम्बन्धित खबर

गभर्नरमा डा विश्वनाथ पौडेललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय
आर्थिक

गभर्नरमा डा विश्वनाथ पौडेललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

६ जेष्ठ २०८२,
एकै परिवारका छ जनाले गरे मकालु हिमाल आरोहण
टुरिजम

एकै परिवारका छ जनाले गरे मकालु हिमाल आरोहण

६ जेष्ठ २०८२,
जैमिनीमा बढ्दो बसाइँसराइः दुई वर्षमा एक हजार सात सय नौले गाउँ छाडे
आर्थिक

जैमिनीमा बढ्दो बसाइँसराइः दुई वर्षमा एक हजार सात सय नौले गाउँ छाडे

६ जेष्ठ २०८२,
औद्योगिक जिल्लातर्फ अघि बढ्दै इलाम
आर्थिक

औद्योगिक जिल्लातर्फ अघि बढ्दै इलाम

६ जेष्ठ २०८२,
युरोपेली सङ्घको कूटनीतिक टोली राजधानीमा
अन्तर्राष्ट्रिय

युरोपेली सङ्घको कूटनीतिक टोली राजधानीमा

६ जेष्ठ २०८२,
भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै
आर्थिक

भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

६ जेष्ठ २०८२,
Load More
Next Post
दीपक मनाङे गण्डकी प्रदेशसभामा निर्विरोध निर्वाचित

दीपक मनाङेको प्रदेश सभा सदस्य पद धरापमा

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In