विधि
– खुट्टा पसारेर बस्ने र दायाँ खुट्टालाई मोडेर बायाँ तिघ्राको छेउमा नितम्बसँग छोएर राख्ने । बायाँ खुट्टा एवं पेट सीधा होस् ।
– बायाँ हातलाई दायाँ खुट्टा एवं पेटको बीचबाट ल्याएर दायाँ खुट्टाको पञ्जाको छेउमा लुकाउने ।
– दाहिने हातलाई कम्मरपछाडि जमिनमा सीधा राख्ने, घाँटीलाई दाहिनेतिर घुमाएर हेर्ने । यसलाई चार–पाँच पटकसम्म गर्न सकिन्छ ।
– यसै प्रकार अर्काेतिर गर्ने ।
लाभ
– कम्मरको बोसो कम भएर जान्छ । कलेजो तथा फियोमा लाभ पुग्छ ।
– मेरुदण्ड स्वस्थ र लचकदार बनाउँछ ।
– स्त्री रोगमा उपयोगी हुन्छ ।
– पेन्क्रियाज सक्रिय पारेर मधुमेहमा हित गर्छ ।
साभारः ‘योगतन्त्र’ पुस्तकबाट