• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 20, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युएईलाई हराउदै नेपाल महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट

    युएईलाई हराउदै नेपाल महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट

    सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

    सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

    ‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि

    ‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि

    हुम्लाको तिल गाउँमा लेदोयुक्त पहिरो, दर्जनौँ स्थानीय विस्थापित, घर र जलविद्युतमा क्षति

    हुम्लाको तिल गाउँमा लेदोयुक्त पहिरो, दर्जनौँ स्थानीय विस्थापित, घर र जलविद्युतमा क्षति

    जुम्लामा चट्याङको कहर : २२ च्याङ्ग्रा मरे, दुई गोठाला बेहोस

    जुम्लामा चट्याङको कहर : २२ च्याङ्ग्रा मरे, दुई गोठाला बेहोस

    रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

    रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

माओवादी एकता प्रयासमा धक्का !

by
१ चैत्र २०७९,
0
माओवादी एकता प्रयासमा धक्का !
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । विस्तृत शान्तिसम्झौतापछि माओवादीबाट विभाजित भएर बनेका दलहरूबीचको एकता प्रयासमा धक्का लागेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा व्यक्ति हत्याको मुद्दा दायर भएपछि उनीहरू एकै ठाउँमा उभिने प्रयासमा लागेका थिए। दाहालविरुद्ध मुद्दा लगाएर द्वन्द्वकालीन घाउ ब्युँताउन खोजेको भन्दै झस्किएका माओवादीका विभिन्न घटकका नेताहरूले एकै ठाउँमा बसेर प्रतिकार गर्ने उद्घोष गरेका थिए। तर संक्रमणकालीन न्यायबारे उनीहरूले मंगलबार गर्ने भनेको नागरिक अगुवा र बुद्धिजीवीसँगको अन्तक्र्रिया अचानक स्थगित भएको छ। कार्यक्रम समय र स्थान व्यवस्थापन हुन नसक्दा स्थगित भएको बताइए पनि माओवादीका विभिन्न घटकका नेताहरू नै आउन आनाकानी गरेपछि स्थगित गर्नुपरेको स्रोतको दाबी छ।

गत शुक्रबार बसेको माओवादी धारका पार्टीहरूको बैठकले विस्तृत शान्तिसम्झौताबारे संयुक्त पत्रकार सम्मेलन, नागरिक अगुवा तथा बुद्धिजीविसँग छलफल र अन्तक्र्रिया गर्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा मंगलबारको कार्यक्रम तय भएको थियो। यसअघि माओवादी धारका पार्टीहरूले आइतबार संयुक्त पत्रकार सम्मेलन गरेका थिए। पत्रकार सम्मेलनमा मोहन वैद्य, गोपाल किराती, धर्मेन्द्र बास्तोला अनुपस्थित भएका थिए।

नेकपा माओवादी केन्द्र, केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले स्थान र समय व्यवस्थापन गर्न नसकिएका कारण मंगलबारको अन्तरक्रिया कार्यक्रम स्थगित भएको बताए। स्रोतले भने एकआपसमा कुरा मिल्न नसक्दा अन्तक्र्रिया कार्यक्रम स्थगित भएको दाबी गर्दै यसले एकता प्रयासमा बाधा निम्त्याउन सक्ने बतायो। दाहालविरुद्ध सर्वोच्च अदालतमा व्यक्ति हत्याको मुद्दा परेपछि विभिन्न समूहमा विभक्त पूर्वमाओवादी नेताहरू एक ठाउँमा उभिने कसरतमा लागेका थिए। तर दुईवटा संयुक्त कार्यक्रम गर्न नपाउँदै उनीहरूको प्रयासमा धक्का पुगेको स्रोतले बतायो।

मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरिसकेको छ। फागुन २३ गते बसेको माओवादीका आठ घटकको बैठकले शान्तिप्रक्रियालाई टुंगो लगाउने विस्तृत शान्तिसम्झौतालाई नै धरापमा पार्ने काम हुन थालेको भन्दै संयुक्त रूपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो। त्यसपछि २६ गते बसेको दोस्रो बैठकले संयुक्त पत्रकार सम्मेलन र संक्रमणकालीन न्यायका विषयमा नागरिक अगुवासँग अन्तक्र्रिया गर्ने निर्णय गरेको थियो। तर संयुक्त पत्रकार सम्मेलनमा प्रस्तुत गरिने विज्ञप्तिको मस्यौदा भाषामा कुरा नमिलेपछि मोहन वैद्य, धर्मेन्द्र बास्तोला र गोपाल किराती अनुपस्थित भएका थिए।

माओवादी केन्द्रका प्रवक्तासमेत रहेका उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा तयार मस्यौदालाई प्रधानमन्त्री दाहालले आफूअनुकूल बनाएपछि वैद्य, किराती र बास्तोला चिढिएका हुन्। ‘प्रधानमन्त्री दाहालले महराले बनाएको मस्यौदा संशोधन गरेको भन्दै उहाँहरू असन्तुष्ट हुनुहुन्छ,’ स्रोतले भन्यो। तर वैद्य, किराती र बास्तोलाले पत्रकार सम्मेलनमा अनुपस्थित हुनुको कारण खोलिसकेका छैनन्।

वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, बास्तोला नेतृत्वको नेकपा बहुमत र किराती नेतृत्वको माओवादी कम्युनिस्ट पार्टीले मंगलबारका लागि तय गरिएको कार्यक्रममा पनि उपस्थित हुन नसक्ने जानकारी नेकपा माओवादी केन्द्रलाई गराएका थिए।

पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री दाहाल सहभागी नभएको विषयमा पनि वैद्यलगायतले असन्तुष्टि व्यक्त गरेको स्रोतको दाबी छ। पत्रकार सम्मेलनमा माओवादी केन्द्रका उपाध्यक्ष महरा, महासचिव देव गुरुङ, उपमहासचिव शक्तिबहादुर बस्नेत, सचिव देवेन्द्र पौडेललगायतका नेता उपस्थित थिए। पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहाल, वैद्य, किराती र बास्तोला सहभागी नभएपछि त्यसको औचित्यमा प्रश्न उठेको बताइएको थियो। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Previous Post

सिटी च्याम्पियन लिगको क्वाटरफाइनलमा

Next Post

उपराष्ट्रपति निर्वाचनः आजदेखि मौन अवधि सुरु,के–के गर्न पाइदैन ?

सम्बन्धित खबर

युएईलाई हराउदै नेपाल महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट
खेलमैदान

युएईलाई हराउदै नेपाल महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट

५ जेष्ठ २०८२,
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
आर्थिक

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

५ जेष्ठ २०८२,
‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि
समाचार

‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि

५ जेष्ठ २०८२,
हुम्लाको तिल गाउँमा लेदोयुक्त पहिरो, दर्जनौँ स्थानीय विस्थापित, घर र जलविद्युतमा क्षति
फिचर-ब्यानर

हुम्लाको तिल गाउँमा लेदोयुक्त पहिरो, दर्जनौँ स्थानीय विस्थापित, घर र जलविद्युतमा क्षति

५ जेष्ठ २०८२,
जुम्लामा चट्याङको कहर : २२ च्याङ्ग्रा मरे, दुई गोठाला बेहोस
फिचर-ब्यानर

जुम्लामा चट्याङको कहर : २२ च्याङ्ग्रा मरे, दुई गोठाला बेहोस

५ जेष्ठ २०८२,
रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए
आर्थिक

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

५ जेष्ठ २०८२,
Load More
Next Post
उपराष्ट्रपति निर्वाचनः आजदेखि मौन अवधि सुरु,के–के गर्न पाइदैन ?

उपराष्ट्रपति निर्वाचनः आजदेखि मौन अवधि सुरु,के–के गर्न पाइदैन ?

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In