• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, September 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जापानले नेपाललाई ५७ करोड ३० लाख येन अनुदान उपलब्ध गराउने

    उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा

    दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

    दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

    नाप नक्सा भएको सात वर्षपछि ३८८ परिवारले पाए पुर्जा

    नाप नक्सा भएको सात वर्षपछि ३८८ परिवारले पाए पुर्जा

    आज देशका अधिकांश भागमा बदली हुने

    यी तीन प्रदेशमा आज भारी वर्षाको सम्भावना

    नेपालगञ्जको साँस्कृतिक पहिचान बन्दै रामलीला

    नेपालगञ्जको साँस्कृतिक पहिचान बन्दै रामलीला

    बाढीले भत्काएको बिरेठाँटी सडक मरमत गरेर यातायात सञ्चालनमा

    बाढीले भत्काएको बिरेठाँटी सडक मरमत गरेर यातायात सञ्चालनमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बान्द्रेगाउँमा खानेपानीको हाहाकार

by
३० फाल्गुन २०७९,
0
बान्द्रेगाउँमा खानेपानीको हाहाकार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बागलुङ । जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै छ मालिकाको बान्द्रेगाउँ । डाँडापाखाले घेरिएको यो गाउँ वर्षौँदेखि खानेपानीको समस्यामा छ । गाउँमा खानेपानीको समस्या समाधान गरिदिने बाचा गरेका धेरैपटक सत्तामा पुगे । व्यवस्था फेरिए तर खानेपानीको समस्या भने सधैँ उस्तै । पानीको अभावले बारीमा लगाएका सागका पालुवा ओइलिएका छन् ।

विद्यालयका शौचालय ढुङ्डुङ्ती गन्हाउने भएका छन् । बागलुङ नगरपालिका–५ मा पर्ने उक्त गाउँमा सहज खानेपानीको पहुँच नहुँदा स्थानीयसँगै यहाँको कृष्ण आधारभूत विद्यालयका विद्यार्थीले धित मर्ने गरी पानी पिउन पाएका छैनन् । दशकौँ अगाडि निर्माण भएको योजनाबाटै स्थानीयले खानेपानी उपभोग गर्दै आएका छन् । बिहान र बेलुका गरी दुई समय धारामा पानी आउँछ । थोरै समय आउने पानीले स्थानीयको गाग्री भरिँदैन । विद्यालयको ड्रम भरिन्न ।

स्थानीयले यो समस्या सरोकारवाला निकायलाई नसुनाएका भने होइनन् । पटक–पटक खानेपानीको समस्या सम्बन्धित निकायलाई सुनाउँदा सुनाउँदै दिक्क भएका उनीहरू अहिले यो विषयमा बोल्नै चाहँदैनन् । खानेपानीको चरम अभावका कारण गाउँ छाडेर जानेको सङ्ख्यासमेत बढ्दै गएको स्थानीयको भनाइ छ । बिहान उठेदेखि राति नसुतुन्जेलसम्म अतिआवश्यक पर्ने पानीको आपूर्ति नहुँदा दैनिकी कष्टकर बनेको स्थानीय पार्वती शर्माले बताइन् ।

आफ्नो घर नजिक विद्यालय रहेको र विद्यार्थीहरू तिर्खाएर आउँदासमेत उनीहरूलाई पिलाउन नसक्दा दुःख लागेको बताउछिन् । “अरु ठाउँमा खानेपानीको समस्या छैन, यही हो बेस्सरी गाह्रो भएको, स्कुलका केटाकेटी काकाकुल भएर आउँछन्, दिउँसो १ बज्यो भने तिर्खा लाग्यो भन्दै आउँछन्, यही आएर झुम्मिन्छन्, उनीहरू सबैलाई पानी खुवाउन सकिँदैन, बिहान भरेको एक गाग्री पानीले गाह्रो हुन्छ, पानीको दुःखका कारण गाउँ नै रित्तिन थाल्यो”, शर्माले भने ।

शर्माले खेतीयोग्य जमिन भए पनि पानीको अभावले तरकारी खेती र पशु चौपायालाई खुवाउनसमेत नसकिने अवस्था रहेको सुनाइन् । मुहान नजिक नहुँदा र सरकारले यहाँ ध्यान नदिँदा खानेपानीको समस्या वर्षौँदेखि यथावत रहेको उनको भनाइ छ । खानेपानीको सहज उपलब्धता हुने भए बसाइँसराइ रोकिन सक्ने शर्मा बताउछिन् ।

करिब चार दशक अगाडि धुरखोलाबाट ल्याएको पानी अहिलेसम्म व्यवस्थित गर्न नसक्दा खानेपानीको समस्या परिरहेको स्थानीय ७० वर्षीय प्रेम शर्मा सापकोटाले बताए । उनी भन्छन्, “गाउँमा यति ठूलो स्कुल छ, धेरै विद्यार्थी पढ्छन्, ३५ भन्दा धेरै घरका स्थानीयले खानेपानीको समस्या भोगेका छन्, म सानो हुँदा यो गाउँमा खानेपानीको समस्या यस्तै थियो, अहिले पनि उस्तै छ, गाउँमा पानी ल्याउन कसैको ध्यान गएन, हामीहरू धेरै पीडित छौँ ।”

धारामा साँझ बिहान दुई समय खानेपानी आए पनि विद्यार्थीका लागि पर्याप्त नहुने कृष्ण आधारभूत विद्यालयका प्रधानाध्यापक दयाराम सापकोटाले बताए । उनले पानी भर्नका लागि बिहान छिट्टै विद्यालय आउने र साँझ अबेरसम्म बस्नुपर्ने भन्दै भरेको पानीले पिउन पनि नपुग्ने हुँदा सरसफाइमा धेरै समस्या परेको बताए ।

बागलुङ नगरपालिका–५ का वडाध्यक्ष हरिप्रसाद शर्माले यहाँ खानेपानीको समस्या समाधानका लागि खानेपानी योजना अन्तिम चरणमा पुगेको बताए । विसं २०७२ देखि ‘मालिका खानेपानी तथा सरसफाइ आयोजान’ सञ्चालन भए पनि बजेट कम पर्दा योजना सम्पन्न हुन लामो समय लागेको बताए । उपभोक्त समितिमार्फत ट्याङ्की निर्माण भएको छ र पाइप लाइन खन्ने बाँकी रहेको अध्यक्ष शर्माको भनाइ छ ।

उनी भन्छन्, “लामो समयदेखिको खानेपानी समस्या समाधानका लागि सात वर्ष अगाडि सुरु भएको योजना अहिलेसम्म सम्पन्न भएको छैन, अब चाँडै यो योजना सम्पन्न गरेर खानेपानीको समस्या समाधान हुनेछ, पाइप लाइनको काम गर्नुपर्ने छ, स्थानीयले सक्रियता देखाउनु भएन, तीव्रगतिमा काम भयो भने छिट्टै सबैको घर–घरमा पानी आउने छ ।”

बागलुङ नगरपालिका ‘बालमैत्री नगर’ घोषणा गर्ने अभियानमा जुटेको छ । लामो समयदेखि सिङ्गो गाउँसहित विद्यालय नै खानेपानीको समस्यामा परेको हुँदा यसको समाधान नभएसम्म ‘बालमैत्री नगर’ घोषणा गर्ने अभियान चुनौतीपूर्ण हुने स्थानीय बताउँछन् ।

Previous Post

रविले फर्काएका सुरक्षाकर्मी गृहमा फर्किए

Next Post

विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् पुनर्गठन, कुन-कुन दल जाँदै छन् सरकारमा ?

सम्बन्धित खबर

जापानले नेपाललाई ५७ करोड ३० लाख येन अनुदान उपलब्ध गराउने
अन्तर्राष्ट्रिय

उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा

३ अशोज २०८३,
दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति
फिचर-ब्यानर

दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

३ अशोज २०८३,
नाप नक्सा भएको सात वर्षपछि ३८८ परिवारले पाए पुर्जा
फिचर-ब्यानर

नाप नक्सा भएको सात वर्षपछि ३८८ परिवारले पाए पुर्जा

३ अशोज २०८३,
आज देशका अधिकांश भागमा बदली हुने
समाचार

यी तीन प्रदेशमा आज भारी वर्षाको सम्भावना

३ अशोज २०८३,
नेपालगञ्जको साँस्कृतिक पहिचान बन्दै रामलीला
समाचार

नेपालगञ्जको साँस्कृतिक पहिचान बन्दै रामलीला

३ अशोज २०८३,
बाढीले भत्काएको बिरेठाँटी सडक मरमत गरेर यातायात सञ्चालनमा
समाचार

बाढीले भत्काएको बिरेठाँटी सडक मरमत गरेर यातायात सञ्चालनमा

३ अशोज २०८३,
Load More
Next Post
सरकारको प्रतिपक्षी को, अब कांग्रेसको हैसियत के ?

विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् पुनर्गठन, कुन-कुन दल जाँदै छन् सरकारमा ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In