• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 15, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

    ‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

    लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

    लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

    उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली

    उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली

    डा. दाहालको ‘जोडिएका कुरा’ कृतिको लोकार्पण, विभिन्न श्रष्ठाहरु सम्मानित

    डा. दाहालको ‘जोडिएका कुरा’ कृतिको लोकार्पण, विभिन्न श्रष्ठाहरु सम्मानित

    पचपन्न वर्षको उमेरमा नागरिकता

    पचपन्न वर्षको उमेरमा नागरिकता

    कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक

    कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    ‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

    ‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

    लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

    लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

    उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली

    उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली

    डा. दाहालको ‘जोडिएका कुरा’ कृतिको लोकार्पण, विभिन्न श्रष्ठाहरु सम्मानित

    डा. दाहालको ‘जोडिएका कुरा’ कृतिको लोकार्पण, विभिन्न श्रष्ठाहरु सम्मानित

    पचपन्न वर्षको उमेरमा नागरिकता

    पचपन्न वर्षको उमेरमा नागरिकता

    कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक

    कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

सारङ्गीको कीर्तिपुर घराना

by
२४ फाल्गुन २०७९,
0
सारङ्गीको कीर्तिपुर घराना
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

 हजुरबुबा कान्छा मगर नेपाली र बा रामशरण नेपाली तथा त्यसअघिका दशौँ पुस्ता । श्याम नेपालीको परिवारले सारङ्गी रेट्दै नेपाली सङ्गीतको सेवा गरिरहेको छ । त्यतिमात्र होइन, नयाँ पुस्ता अर्थात छोरा प्रिन्सले समेत सारङ्गीका तारहरूमा हात चलाएर सङ्गीतकै जीवनवृत्ति सुरु गरिसक्नुभयो । आधुनिक सुगम सङ्गीत र लोकप्रिय गीतहरूभन्दा फरक छ श्याम नेपालीहरूले बिताउन खोजेको साङ्गीतिक लय । देशका विभिन्न भागमा प्रेम, वीरता, वेदनाका कथा बोक्ने सारङ्गीको धुनलाई गन्र्धवहरूले निकै अघिदेखि जोगाउँदै आएका छन् । यही सङ्गीत परम्पराको डोरोलाई अहिलेको समयसँग समेत जोडेर व्यापक बनाउने ठूलो अभियान छ नेपालीको । यसै अभियानलाई ‘सारङ्गीको कीर्तिपुर घराना’ नामबाट अगाडि बढाउँदै हुनहुन्छ श्याम नेपाली । घरानाका रूपमा अघि बढाउने निष्कर्षमा पुग्नुको कारक भने फ्रान्सलगायत संसारका विभिन्न स्थानमा पुग्दा भेटिएका आफ्ना पुर्खाको सङ्गीत साधनासम्बन्धी सामग्री हुन् ।

सारङ्गीलाई चिनाउन विश्वका विभिन्न देश पुगेका श्यामलाई कतिपय स्थानमा पुग्दा त्यहाँका कतिपय संस्थाले उल्टो उहाँलाई आफ्ना पुर्खाको योगदानबारे चिनाइदियो । आफ्ना हजुरबुबाले राजा महेन्द्रसामु प्रस्तुत गरेको सारङ्गी वादन अरर्बाजा र त्यसैताका यसबारे गरेका थुप्रै खोज श्यामले फ्रान्सको लुभ्र सङ्ग्रहालयमा पाउनुभयो । नर्वे घुम्ने बाबु रामशरण नेपाली र कीर्तिपुरमै लामो समय बिताएका झलकमान गन्र्धवका बारेमा ओस्लो विश्वविद्यालयमा गरिएको शोधपत्र भेट्नुभयो । त्यस्ता कुरा भेटेपछि श्याम नेपाली आफ्ना पुर्खाले सयौँ वर्ष लगाएर विकास गरेको मौलिक सारङ्गी धुनलाई सकेसम्म उस्तै रूपमा संरक्षण गर्नुपर्ने निष्कर्षमा पुग्नुभयो । “हजुरबुबा र बाले बजाएका धुनभन्दा अहिलेका धुन निकै फरक हुँदा रहेछन् । उनीहरूकै सन्तति मेरोसमेत सारङ्गी वादनमा आधुनिकताले छोएको कुरा उहाँहरूको वादन राम्ररी सुन्न थालेपछि थाहा पाएँ”, उहाँको अनुभूति छ । पुर्खाले सङ्गीतमार्फत समाचार भन्थे । आजका सञ्चारमाध्यमले जसरी कर्खामार्फत कुनै घटनाको कहिले राजाका कामको वयान त कहिले जनताका वेदना, कहिले युद्धको विवरण सारङ्गी रेट्दै घटनालाई प्रस्तुत गर्ने जमाना थियो त्यो । त्यसलाई खोजेर जगेर्ना गर्नुपर्ने दायित्व सङ्गीतप्रेमीहरूको भएको उहाँको भनाइ छ । तर यस्तो खोजबिनको काम धेरैको प्राथमिकतामा नपर्ने तर कसैले मेहनतपूर्वक खोजेर ल्याएको वस्तुलाई विभिन्न ढङ्गले प्रयोग गर्नचाहिँ खोज्ने प्रवृत्ति रहेको उहाँ बताउनुहुन्छ । “बोटबिरुवा रोप्न, गोडमेल गर्न र मल हाल्न धेरै जना अघि नै सर्दैनन् ।

फल पाकेपछि भने सबैलाई त्यही मन पर्छ”, उहाँ भन्नुहुन्छ । जे होस्, आफ्नो क्षेत्रबाट हुनसक्ने जति खोज गरेर कीर्तिपुर घरानाको विकास गर्ने र त्यसको पहिचानलाई अगाडि बढाउने सोच उहाँको छ । यसका लागि आफू र सङ्गीतमै लागेका छोरा प्रिन्सले पहल गरिरहेको पनि उहाँले बताउनुभयो । छोराले पुर्ख्यौली सङ्गीत शैलीलाई आनीछोइङ डोल्मा र न्ह्यू बज्राचार्यसँगको सहकार्यबाट केही आध्यात्मिकपन दिँदै जानुभएको छ । त्यसो त सारङ्गीलाई ‘ए यो त गन्धर्व बाजा हो’ भन्ने र हरेक दिन त्यस्तै टिप्पणीबाट होच्याउने र निरुत्साहित गर्ने प्रवृत्ति छ । आफू काठमाडौँवासी हुँदासमेत त्यस्तो व्यवहार हुन्छ भने गाउँतिर त झन् कस्तो होला ? उहाँको प्रश्न छ । गन्धर्व गीत भनेर हेपिएपछि राम्रा धुनहरू भने चोरीसमेत हुने गरेको अनुभव उहाँको छ । “ए दाजु न समाऊ नारीमा…, भन्ने गीतको नक्कल गरियो, जसको सिर्जना हाम्रा पुर्खाले सारङ्गी रेटेरै गरेका थिए”, उहाँको भनाइ छ । सम्पदाका रूपमा रहेका मौलिक धुनलाई संरक्षण गर्नेभन्दा पनि पाएमा त्यसका व्यापारिक उद्देश्यका साथ प्रयोग गर्ने प्रवृत्ति हावी रहेको उहाँको निष्कर्ष छ । सारङ्गीलाई चिनाउन संसारका विभिन्न ठाउँ पुग्ने क्रममा हार्डवर्ड विश्वविद्यालयमा एक वर्ष बिताउनुभयो श्याम नेपालीले । विश्वविद्यालय र त्यसअन्तर्गतका कलेजहरूमा नेपाली मौलिक बाजा, यसको धुनबारे फरक पृष्ठभूमिबाट आएका र नेपाल कहिल्यै नदेखेका लाई समेत सारङ्गीबारे बताउने अवसर पाउनुभयो । आफ्नो त्यही अभियानमा छोराहरूको समेत साथ पाउनुभएको छ ।

आफूले विकास गर्न र फैलाउन चाहेको कीर्तिपुर घराना भने सयौँ वर्ष अघिदेखि कीर्तिपुरमा बसेर पुर्खाले विकास गरेको धुनलाई सकेसम्म त्यसको मौलिकता बचाएरै आधुनिक युगसँग परिचित गराउने अभियान भएको भनाइ उहाँको छ । “पोखरा, प्युठान र भोजपुरजस्ता ठाउँमा बज्ने सारङ्गीभन्दा फरक छ, कीर्तिपुरको सारङ्गी वादन”, उहाँ थप्नुहुन्छ । धुनमात्र नभई त्यसले बोक्ने शब्दसमेत अर्थपूर्ण र इतिहास बोक्ने खालका छन् । तिनलाई दोहोरीको भाकाजस्तो आफूले चाहेको शब्द हालेर गाउन नसकिने उहाँ बताउनुहुन्छ । प्रकृति र इतिहास, पोखरामा बज्ने सारङ्गीको धुनमा गाइने गीत र कीर्तिपुरमा आफ्ना बाबुबाजेले गाउने गरेको गीतमा मुख्य दुई भिन्नता पाउनुहुन्छ श्याम नेपाली । आफ्ना पुर्खाले सारङ्गी रेट्दै गाएको गीतमा तत्कालीन शासक र व्यवस्थाभित्रका कथाव्यथा बढी भेटिने र पोखरातिरका गीतमा भने प्रकृतिको वयान भेटिने पनि उहाँ बताउनुहुन्छ । गन्धर्वहरूलाई गाउनका लागि निश्चित स्थान तोकिदिने र त्यसवापत जग्गा जमिन दिने चलनसमेत कुनै बेला थियो । त्यतिबेला छोराबाट नाति, नातिबाट पनाति हुँदै पुस्तान्तरण हुँदा एउटा विशेष शैलीको सारङ्गी वादन सिर्जना भएको छ । त्यसैलाई कीर्तिपुर घरानाको नाम दिइएको पनि उहाँ बताउनुहुन्छ । उतिबेला घराना नभनिए पनि आफ्नो परिवारले बजाउँदै आएको सारङ्गी वादन थुपै लोकप्रिय गीतमा प्रयोग भएको जानकारी उहाँ दिनुहुन्छ ।

उदाहरणका लागि श्यामले बजाउनुभएको कर्ण दासको ‘पुरानो डुङ्गा…पानीको छाल…”, बोलको गीतमा प्रयोग भएको सारङ्गीको धुन । आनीछोइङको फूलको आँखामा….फूलै संसारमा पनि सारङ्गी प्रयोग भएको छ । “त्यस्ता थुप्रै गीतमा कीर्तिपुर घरानाको धुन बजेको छ”, उहाँ भन्नुहुन्छ । त्यतिमात्र नभई विभिन्न एफएमका जिङ्गल र एनसेलको धुनमा समेत कीर्तिपुर घरानाको सारङ्गी बजेको छ । आफूभन्दा अघि पिताले त्यतिबेलाको चर्चित लोकगीत ‘घरबेटी नानी आँगनमा देऊ न मलाई बास …’ बोलमा पनि कीर्तिपुर घराना बजेको छ । एउटा परिवारले पुस्तौँ सङ्गीत अभ्यास गर्दा विकास भएको शैलीलाई घरानाको रूप दिएर नेपाली संस्कृतिमा एउटा आयाम थप्न खोजेको उहाँको भनाइ छ । यसलाई अगाडि बढाउन आफूले सकेसम्म प्रयास गर्ने उहाँ बताउनुहुन्छ ।

Previous Post

नेता बस्नेत र महानगर प्रमुख बालेनबीच भेटवार्ता

Next Post

१० वर्षपछि सहिद स्मारकको रोकिएको काम सुरु

सम्बन्धित खबर

‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’
आवाज

‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

१ जेष्ठ २०८२,
लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय
आर्थिक

लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

१ जेष्ठ २०८२,
उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली
जीवन शैली

उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली

१ जेष्ठ २०८२,
डा. दाहालको ‘जोडिएका कुरा’ कृतिको लोकार्पण, विभिन्न श्रष्ठाहरु सम्मानित
समाचार

डा. दाहालको ‘जोडिएका कुरा’ कृतिको लोकार्पण, विभिन्न श्रष्ठाहरु सम्मानित

१ जेष्ठ २०८२,
पचपन्न वर्षको उमेरमा नागरिकता
आवाज

पचपन्न वर्षको उमेरमा नागरिकता

१ जेष्ठ २०८२,
कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक
आर्थिक

कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक

१ जेष्ठ २०८२,
Load More
Next Post
१० वर्षपछि सहिद स्मारकको रोकिएको काम सुरु

१० वर्षपछि सहिद स्मारकको रोकिएको काम सुरु

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In