• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश

    गण्डकीको आन्तरिक राजस्व लक्ष्यभन्दा पछाडि

    उत्तर कोरियाका नेता किम चीनमा हुने सैन्य परेडमा सहभागी हुँदै

    किमसँग सम्पर्कमा रहेको ट्रम्पको सङ्केत

    राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो

    राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो

    काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य

    काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    २४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो १ हजार २५४ जनालाई कारबाही

    पहिरो खस्ने क्रम बढेपछि टोखा–छहरे सडक रातिको समयमा बन्द

    पहिरो खस्ने क्रम बढेपछि टोखा–छहरे सडक रातिको समयमा बन्द

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
३ भदौ २०८३,
0
गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, ३ भदौः गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा आन्तरिक राजस्व सङ्कलनतर्फ निर्धारित लक्ष्यको ७२ दशमलव ८७ प्रतिशत मात्रै प्रगति हासिल गरेको छ ।

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाका अनुसार गत आर्थिक वर्षमा रु चार अर्ब १७ करोड ८८ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । प्रदेश सरकारले रु पाँच अर्ब ७३ करोड ४३ लाख ८८ हजार आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो ।

सबैभन्दा बढी सवारीसाधन करतर्फ रु एक अर्ब २० करोड ६९ लाख १६ हजार अर्थात् लक्ष्यको ८७ दशमलव ४६ प्रतिशत राजस्व सङ्कलन भएको छ । यस शीर्षकमा रु एक अर्ब ३८ करोडको लक्ष्य राखिएको थियो । यस्तै, घरजग्गा रजिस्ट्रेसनबाट रु ९१ करोड ३७ लाख ३४ हजार राजस्व सङ्कलन भएको छ ।

यस्तै, विज्ञापन कर सङ्कलन उत्साहजनक देखिएको छ । रु २२ लाख ७८ हजार लक्ष्य राखिएको यस शीर्षकमा रु ३२ लाख दुई हजार सङ्कलन भएको छ ।

कृषि आयमा लाग्ने करमा भने लक्ष्यको २१ दशमलव ४८ प्रतिशत मात्र राजस्व सङ्कलन भएको छ । रु २० लाख लक्ष्य राखिएकामा रु चार लाख ९५ हजार मात्रै सङ्कलन भएको छ । पर्यटन तथा पदयात्रा शुल्कबाट रु १४ लाख ६९ हजार अर्थात् लक्ष्यको २४ दशमलव ६९ प्रतिशत मात्रै प्राप्त भएको छ ।

ढुङ्गा, गिट्टी, बालुवालगायत नदीजन्य पदार्थको बिक्रीबाट रु. १९ करोड ७२ लाख ३४ हजार, मनोरञ्जन करतर्फ रु ३४ लाख ४५ हजार र यातायात क्षेत्रको अन्य आम्दानीबाट रु ५५ करोड ४० लाख ५३ हजार राजस्व सङ्कलन भएको छ ।

केही क्षेत्रको राजस्व सङ्कलन कमजोर रहे पनि प्रमुख शीर्षकमा भएको उल्लेख्य वृद्धिका कारण प्रदेशको समग्र आन्तरिक राजस्व सङ्कलन सन्तोषजनक रहेको उपाध्यक्ष डा देवकोटाले जानकारी दिनुभयो ।

Previous Post

किमसँग सम्पर्कमा रहेको ट्रम्पको सङ्केत

metakhabar

metakhabar

सम्बन्धित खबर

उत्तर कोरियाका नेता किम चीनमा हुने सैन्य परेडमा सहभागी हुँदै
अन्तर्राष्ट्रिय

किमसँग सम्पर्कमा रहेको ट्रम्पको सङ्केत

३ भदौ २०८३,
राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो
आवाज

राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो

३ भदौ २०८३,
काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य
समाचार

काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य

३ भदौ २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो १ हजार २५४ जनालाई कारबाही

३ भदौ २०८३,
पहिरो खस्ने क्रम बढेपछि टोखा–छहरे सडक रातिको समयमा बन्द
फिचर-ब्यानर

पहिरो खस्ने क्रम बढेपछि टोखा–छहरे सडक रातिको समयमा बन्द

३ भदौ २०८३,
मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय
समाचार

मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय

३ भदौ २०८३,
Load More
Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In