• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

    मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा इरानको दाबी

    ३० वर्षको अनुसन्धानपछि अमेरिकी वैज्ञानिकको ठूलाे दाबी: यी तरिकाले क्यान्सर नियन्त्रण गर्न सकिन्छ !

    बिरामीले सोधेः डाक्टरसाप, क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ ?

    फिफा विश्वकप फुटबल प्रतियोगिता : सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकपको नकआउट चरणमा

    फिफा विश्वकप फुटबल प्रतियोगिता : सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकपको नकआउट चरणमा

    भिरमा अल्झिएको भे‌डागोठालाको जीवन

    भिरमा अल्झिएको भे‌डागोठालाको जीवन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विश्वकै अग्लो स्थानमा नारी दिवस : जलवायु परिवर्तन र महिला अधिकारको वकालत

by
२४ फाल्गुन २०७९,
0
विश्वकै अग्लो स्थानमा नारी दिवस : जलवायु परिवर्तन र महिला अधिकारको वकालत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले महिलाहरू जलवायु परिवर्तनको असरको सिकार बनेको बताउनुभएको छ । सामाजिक संस्था साथसाथै र खुम्बुपासाङल्हामु गाउँपालिकाको संयुक्त आयोजनामा खुम्जुङमा आयोजित कार्यक्रममा उहाँले आफूले खुम्बु क्षेत्रको पदयात्रा गर्दा जलवायु परिवर्तनकै कारण महिलाहरूले धेरै समस्या भोगेको देखेको भन्दै राज्यले नीतिगतरूपमै हिमाली भेगमा जलवायु अनुकूलनका कार्यक्रमको व्यवस्था गर्ने बताउनुभयो । “यहाँको कृषि, स्वास्थ्य र पर्यापर्यटनमा निकै नै प्रभाव परेको देखियो, अब यसको समाधानमा सिङ्गो राज्य लाग्नुपर्छ, त्यसको पहलकदमी म गर्छु”, उपसभामुख रानामगरले भन्नुभयो । बुधबार एक सय १३औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित खुम्बुपासाङल्हमु–४ खुम्जुङमा सम्पन्न कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री तथा राष्ट्रियसभा सदस्य विमला राई पौड्यालले खुम्बु क्षेत्रका महिलाले भोगेको समस्या देशकै प्रतिनिधिमूलक भएको बताउनुभयो ।

उहाँले महिला स्वास्थ्य, कृषि र पर्यटनमा जलवायु अनुकूलनका कार्यक्रम ल्याउन माथिल्लो सदनमा आवाज उठाउने धारणा राख्नुभयो । “वर्षौंदेखि हिमाली भेगको वातावरण झेल्दै आइरहेका हिमाली भेगका महिलाहरूको अहिलसम्मको भोगाइ, सिकाइ तथा अनुभव राज्यका लागि नीति निर्माणको आधार बन्न सक्छ”, उहाँले भन्नुभयो, “म नीति–निर्माण तहमा यहाँको वातावरण र पर्यावरण जोगाउने विषयमा जोडदार कुरा उठाउँछु ।” जलवायुविज्ञ डा माधव कार्कीले नेपालको जलवायु परिवर्तनको नीतिमा नै जलवायु परिवर्तनसम्बन्धी महिलाहरूको अधिकार सुनिश्चित गरेको उल्लेख गर्नुभयो । डा कार्कीले हिमाली क्षेत्रमा पानी आपूर्तिमा गम्भीर समस्या हुनुका साथै बेमौसममा उच्च तापक्रमका कारण हिउँ पग्लेर हिमाल आरोहणमा पनि समस्या सिर्जना हुने बताउनुभयो । उहाँले जलवायु अनुकूलनको कार्यक्रममा महिलाको अर्थपूर्ण सहभागिता आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।

आयोजक संस्थाका अध्यक्ष प्रजिता कार्कीले जलवायु परिवर्तनसम्बन्धी आगामी वर्ष युएईको दुबईमा हुने अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२८) मा नेपालले पर्वतीय मुद्दामा नेतृत्वका साथ यस क्षेत्रका उजागर गर्नुपर्ने बताउनुभयो । हिमाली मुद्दामा सिङ्गो राज्यको प्राथमिकता पर्नुपर्ने उहाँको जोड छ । कृषि मन्त्रालयका सहसचिव सवनम शिवाकोटीले मन्त्रालयले हरेक स्थानीय तहमा जलवायु अनुकूलनका लागि कार्यक्रम सञ्चालन गरिरहेको र आगामी दिनमा पनि नीति परिमार्जन गर्दै लैजाने बताउनुभयो । गाउँपालिका उपाध्यक्ष टासील्हामु शेर्पाले स्थानीय सरकारले वातावरण संरक्षण र पर्यावरणको पक्षमा उल्लेख्य काम गरेको भन्दै सगरमाथा विश्वकै सम्पत्ति रहेकाले यस क्षेत्रको सरंक्षणमा सबैको ध्यान जानुपर्ने बताउनुभयो ।

अभियन्ता सरु श्रेष्ठले जलवायु परिवर्तनका चुनौती सामना गर्न सक्षम बनाउन अन्तर्राष्ट्रिय समुदायबाट सहयोग खोज्न पहल गर्ने, हिमालय र तल्लो तटीय क्षेत्रमा जलवायु परिवर्तनका चुनौतीमा विश्वव्यापी ध्यान आकर्षित गराउने आफूहरूको लक्ष्य रहेको बताउनुभयो । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले हिमाली भेगमा हिउँ पर्न छाडेको विषय र यहाँका महिलाहरूले भोगेको सवाल आमसञ्चारको प्राथमिकतामा पर्नुपर्ने धारणा राख्नुभयो । सो अवसरमा खुम्बु महिला समूहका अध्यक्ष तथा प्रतिनिधिहरूले आफूहरूले पिउने पानी, स्वास्थ्य र पर्यावरणीय समस्या झेल्नुपरेको भन्दै राज्यको खबरदारी गर्नुभएको थियो । कार्यक्रममा नेपालस्थित संयुक्त अरब इमिरेट्स (युएई) राजदूतावासको विशेष सहयोग तथा नेपालको वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युएनडिपी, इसिमोड, राष्ट्रिय प्रकृति संरक्षण कोष, खुम्बुपासाङल्हमु गाउँपालिकालगायत सङ्घसंस्था र निकायको सहकार्य रहेको थियो ।

Previous Post

धेरै तिर्खा लाग्नु रोगको सङ्केत !

Next Post

आफैले हटाएका कर्मचारीसँग मस्कले किन मागे माफी ?

सम्बन्धित खबर

मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने
आवाज

मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

९ असार २०८३,
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
आवाज

क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

९ असार २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा इरानको दाबी

९ असार २०८३,
३० वर्षको अनुसन्धानपछि अमेरिकी वैज्ञानिकको ठूलाे दाबी: यी तरिकाले क्यान्सर नियन्त्रण गर्न सकिन्छ !
आवाज

बिरामीले सोधेः डाक्टरसाप, क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ ?

९ असार २०८३,
फिफा विश्वकप फुटबल प्रतियोगिता : सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकपको नकआउट चरणमा
आवाज

फिफा विश्वकप फुटबल प्रतियोगिता : सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकपको नकआउट चरणमा

९ असार २०८३,
भिरमा अल्झिएको भे‌डागोठालाको जीवन
आर्थिक

भिरमा अल्झिएको भे‌डागोठालाको जीवन

९ असार २०८३,
Load More
Next Post
ट्विटरले तोक्यो ब्लू टिकका लागि आधिकारिक रुपमा मूल्य

आफैले हटाएका कर्मचारीसँग मस्कले किन मागे माफी ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In