• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

    एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

    ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

    अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

    एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

    ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

    अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

कृषि गाउँकी सङ्घर्षशील लक्ष्मी

by
२३ फागुन २०७९,
0
कृषि गाउँकी सङ्घर्षशील लक्ष्मी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बागलुङ बजार नजिकैको चर्चित ‘कृषि गाउँ’ । ‘बिजुली पावर हाउस’ नामलाई बदलेर ‘कृषि गाउँ’ बनाउन पहल गर्ने व्यक्ति हुन् लक्ष्मी पुन थापा । विसं २०४० मा बागलुङको दक्षिण राङ्खानीमा जन्मिएकी लक्ष्मीको ९ कक्षामा पढ्दै गर्दा बिहे भयो । गाउँमै बोर्डिङ सञ्चालन गरेर प्रिन्सिपल रहेका पैयुँथन्थापका गङ्गाबहादुर थापासँग बिहे हुँदा लक्ष्मीको शर्त थियो प्रवेशीका परीषा (एसएलसी)सम्म माइतै बसेर पढ्ने । गङ्गाबहादुर र उहाँको परिवारले शर्त मञ्जुर गर्नुभयो र पालना पनि । लक्ष्मी र गङ्गाबहादुरको बिहे भएको केही समयमै देशमा शसस्त्र द्वन्द्व चर्कियो । गाउँमा बोर्डिङ सञ्चालन गर्न ग्राहो भएपछि लक्ष्मीका श्रीमान् गङ्गाबहादुर कुश्मिसेरा बजार झरेर कुखुरा पाल्न थाल्नुभयो । लक्ष्मीले एसएलसीको नतिजा प्रकाशन भएको समाचार रेडियोबाट सुन्नुभयो तर पास भएको समाचार भने कुश्मिसेराबाट केही दिनपछि श्रीमान्ले पठाएको चिठ्ठी पढेपछि मात्रै थाहा भयो ।

लक्ष्मीका श्रीमान्ले त्यहीँ चिठ्ठीमा केही दिनपछि लिन आउने र कुश्मिसेरा आएर प्लस टु पढ्नका लागि तयार भएर बस्नु भनेर लेख्नुभएको थियो । त्यो बेला गाउँको विद्यालयबाट कति जनाले एसएलसी दिए भन्ने लक्ष्मीलाई सम्झना छैन, तर पास भने आफू र आफ्ना देवरमात्र भएको सम्झना छ । केही दिनपछि लक्ष्मी र उहाँका देवरलाई लिन गङ्गाबहादुर घर पुग्नुभयो । प्लस टु पढ्न लक्ष्मी श्रीमान्सँग कुश्मिसेरा आउनुभयो । त्यो समयमा लक्ष्मीका श्रीमान्ले रु ४० हजार लगानी गरेर कुखुरा पाल्न सुरु गर्नुभएको थियो । प्लस टु पढ्दै गर्दा लक्ष्मीले छोरालाई जन्म दिनुभयो । हुर्केका कुखुरा र बारीमा फलेको तरकारी द्वन्द्वको समयका कारण बिक्री भएन । त्यसपछि लक्ष्मी नौ महिनाको छोरा काखमा च्यापेर श्रीमान्सहित बागलुङ बजार आउनुभयो । परिवारसहित सदरमुकाम आएपछि लक्ष्मी र गङ्गाले बागलुङ नगरपालिका–३ स्थित बिजुली पावर हाउस नजिकै आठ रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गर्न सुरु गर्नुभयो ।

श्रीमान्ले रोजेको कृषिकर्ममा सहयोग गर्दै, छोराको हेरचाह गर्दै लक्ष्मीले स्नातक तह पनि उत्तीर्ण गर्नुभयो । कृषक परिवारबाट हुर्किएका गङ्गाबहादुरको लगाव माटोमै बढ्दै गयो । परिवारका जेठा छोरासँग विवाह भएकी लक्ष्मीलाई आफ्ना छोरासँगै देवर र नन्दहरूलाई समेत पढाउनु, बढाउनुपर्ने जिम्मेवारी थियो । आफू सरकारी जागिर खान्छु भनेर हिँड्दा श्रीमान्ले लिएको लक्ष्य प्राप्त गर्न कठिनाइ हुने लागेपछि लक्ष्मीले आफ्नो रहर कसैलाई नभनी माटोसँगै रमाउन थाल्नुभयो । देवर, देउरानी र परिवारका सदस्यको साथकै कारण आफ्ना श्रीमान् गङ्गाबहादुर नेपालकै पहिलोपटक कृषक परिचयपत्र प्राप्त गर्ने अगुवा कृषक बनेकामा लक्ष्मीलाई सबैभन्दा ठूलो खुसी मिलेको छ । श्रीमान्लाई साथ दिने अठोट लिएकी लक्ष्मीले डोकामा च्याउ बोकेर बागलुङमात्र होइन, पर्वत र म्याग्दी पनि पुगेर बेच्ने गरेको स्मरण गर्नुहुन्छ ।

“डोकामा च्याउका पोका पारेर पर्वत, म्याग्दीको बेनी पुगेँ, बागलुङ बजारमै ठेलामा डुलाइडुलाइ बेचेँ”, लक्ष्मी भन्नुहुन्छ, “परिवारको खुसी नै सबैभन्दा ठूलो सन्तुष्टि हो ।” छोराको नामबाट राहुल कृषि फार्म दर्ता गरेर लक्ष्मी र गङ्गाबहादुरले च्याउखेती, तरकारी तथा फलफूलका बिरुवासमेत उत्पादन गर्दै आउनुभएको छ । पछिल्लो समय गङ्गाबहादुर गाउँ–गाउँमा कृषकलाई कृषि तालिम प्रदान गर्न हिँड्नुहुन्छ । फार्ममा लक्ष्मीका देवर–देउरानी हुनुहन्छ । लक्ष्मी भने आफ्नो फार्ममा मात्र होइन, जिल्लाका अन्य कृषकले उत्पादन गरेका फलफूल तरकारी बेच्न किसान मार्ट सञ्चालन गर्नुभएको छ । कुनै बेला सरकारी जागिर खाने सपना देख्ने गरेकी लक्ष्मीको आजभोलि सपनामात्र फेरिएको छैन, फेरिएको सपना पूरा गर्ने लक्ष्य र उद्देश्यको नयाँ योजना बनिरहेको छ ।

म्याग्दीको भकिम्लीमा लक्ष्मीको किबी फार्म छ । उहाँको नर्सरीमा तरकारीका मात्र होइन, किबी, ड्रागन फ्रुटका बिरुवा छन् । गड्यौलाको उत्पादन छ । भोलिका दिनमा फूलका बिरुवा उत्पादन गर्ने योजना छ । लक्ष्मी र गङ्गाबहादुरले बिजुली पावरहाउसमा तरकारी खेती गर्न सुरु गर्दा त्यस क्षेत्रका अन्य जग्गा जमिन बाँझै थिए । अहिले खेतका हरेक गराहरूमा तरकारी फलिरहेका छन् । गाउँको नाम फेरिएर कृषि गाउँ बनेको छ ।

Previous Post

लैंगिक समानताका लागि काम गर्न राष्ट्रसंघको आग्रह

Next Post

पानीको भरपर्दो स्रोत खोज्दै टौदह

सम्बन्धित खबर

‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’
आर्थिक

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

५ कात्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै
आवाज

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

५ कात्तिक २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार
अन्तर्राष्ट्रिय

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

५ कात्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आवाज

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

५ कात्तिक २०८३,
मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न
जीवन शैली

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

५ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा
अन्तर्राष्ट्रिय

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

५ कात्तिक २०८३,
Load More
Next Post
पानीको भरपर्दो स्रोत खोज्दै टौदह

पानीको भरपर्दो स्रोत खोज्दै टौदह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In