प्रेमिकाः के तिमी मसँग धेरै प्रेम गर्छाै ?
प्रेमीः तिमी पनि कति अन्जान छौ ? के तिमी मेरो आँखामा मेरो मनको अवस्था पढ्न सक्दिनौ ?
प्रेमिकाः तिमीलाई त थाहै छ नि म पढ्न जान्दिनँ भनेर ।
दिनभर पाँच पटक
पत्नीः श्रीमानजी यो जेनी को हो ?
पतिः अरे त्यो त कुकुरको नाम हो । जसलाई म किन्न चाहन्छु ।
पत्नीः राम्रो । त्यसो भए आज दिनभरि पाँच पटकसम्म फोन पनि त्यही जेनी भनिने कुकुरले गरेको थियो ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट