बिहे हुँदै गरेकी एक महिलालाई गौतम बुद्धले सुखी गृहस्थी जीवनबारे उपदेश दिँदै भनेका थिए— छोरी घरको आगो कहिल्यै बाहिर नलग्नू र बाहिरको आगो पनि घरभित्र नल्याउनू ।’ यहाँ आगोले सकेत गर्न खोजेको कुरा हो— नकारात्मक कुराहरु जुन आगोभन्दा कम हुँदैनन् । जसरी आगोले नराम्रो कुरा मात्र हैन सबै राम्रा कुरा पनि जलाइदिन्छ । त्यस्तै नकारात्म कुराले पनि हामीले जलाउन खोजेको कुरा पनि जलाइदिन्छ ।
आफ्नो श्रीमान्को घरभित्र हुने कुनै पनि नकारात्मक कुरा माइती वा साथीहरुमाझ पु¥याई हल्का हुन खोज्नु सम्बन्धको मामिलामा विषै खानु बराबर हुन्छ । त्यस्तै बाहिर जाँदा अरुले गरेका नकारात्म कुरालाई घरसम्म पु-याउनु पनि घरैमा आगो लगाउनु बराबर हुन्छ ।
सावधान ! अचेल हरेक बुहारीका हातमा मोबाइल हुन्छ । त्यसैबाट लोग्नेको घरका सारा आगो बाहिर लग्ने काम पहिलाका समयमाभन्दा सजिलै हुन्छ जुन परिवार भाँड्ने माध्यम हुन्छ । याद राख्नुस्, नकारात्मक कुरा आगोजस्तै हुन्छ भने सकारात्मक कुरा पानीजस्तो त्यसैले जहाँजहाँ आगो लागेको छ त्यहाँ त्यहाँ सकारात्मक कुराको पानी खन्याई परिवारको सुख चैनलाई जोगाउन सिक्नु बुहारीको कर्तव्य हो ।
साभारः ‘नव सफलता शास्त्र २’ पुस्तकबाट













