महारानी लक्ष्मीबाईद्वारा पराजित भएर अँग्रेज आफ्नो ज्यान जोगाएर भागिरहेका थिए । उनीहरु सबै किल्लाको अगाडि बनेको एउटा मस्जिद र मन्दिरमा गएर लुके, किनकि अँग्रेजलाई थाहा थियो, मन्दिर र मस्जिद हिन्दू र मुसलमानको पवित्र स्थान हो, यहाँ उनीहरुलाई हमला गरिनेछैन ।
तर रानीका एक मुस्लिम कमाण्डरले अल्लाहसँग प्रार्थना गरे, हे अल्लाह । मातृभूमिको रक्षाको लागि तिम्रो पवित्र स्थानलाई नष्ट गरिरहेको छु । यति भनेर उनले मस्जिदमा तोप हाने र अँग्रेज सैन्यका साथ त्यो मस्जिद पनि खरानीमा परिणत भयो । तोप कमाण्डरले तोपको मुख मन्दिरतिर पर्र्काए तर मन्दिरमा गोली हान्ने हिम्मत गर्न सकेनन् ।
छेउमा बसेर हिँडिरहेकी रानी लक्ष्मी बाईले तोप कमाण्डरको मनोदशा बुझिन् र आफू हिन्दू भएकोले उनले आफै अगाडि बढेर मन्दिरमा तोप हानिन् । त्यहाँ लुकेका अँग्रेज त्यहीँ मारिए । रानीले तोप कमाण्डरसँग भनिन् ‘मातृभूमि धर्मभन्दा ठूलो हो ।’
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट













