कबीर बाल्यकालदेखि नै असाधारण बुद्धिका धनी थिए । कहिलेकाहीँ उनी आफ्नो तर्कले गुरु तामानन्दलाई पनि सोच्न बाध्य बनाउँथे । तर कबीरको तर्कमा सधैँ सत्यता हुन्थ्यो । यसैले रामानन्दलाई त्यो धेरै प्रिय थियो ।
एक पटक रामानन्दका पितृहरुको श्राद्ध थियो । श्राद्धमा पितृहरुलाई मनपर्ने चीज बनाउने नियम थियो । रामानन्दका पितृहरुलाई गाईको दूध धेरै पनपथ्र्याे । यसैले उनले कबीरलाई गाईको दूध ल्याउनको लागि पठाए । बाटोमा एउटा गाई मरिरहेको थियो । कबीरदासले त्यसको मुख अगाडि घाँस राखिदिए र त्यसको छेउमा भाँडो बोकेर बसिरहे ।
उता श्रद्धाको समय बित्दै गइरहेको थियो । जब धेरै बेरसम्म कबीरले दूध लिएर आएनन् तब रामानन्द आफ्ना शिष्यलाई लिएर कबीरलाई खोज्नको लागि हिँडे । मरेको गाईको छेउमा कबीर बसेको देखेर उनले सोधे, यतिका बेरसम्म यहाँ के गरिरहेका छौ ?
कबीरले भने, गुरुजी, न यो गाईले दूध दिन्छ न घाँस नै खान्छ । रामानन्दले कबीरको टाउकोमा हात राख्दै भने, हेर बाबु कतै मरेको गाईले दूध दिन्छ त घाँस खान्छ त ? कबीरले तुरुन्तै सोधे, त्यसो भए वर्षाैं पहिला परलोक गइसकेका तपाईंका पितृले चाहिँ दूध कसरी पिउँछन् त ? रामानन्द यो कुरा सुनेर निरुत्तर भए । उनले कबीरलाई अँगालो हाले ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट