दिनभरिको परिश्रमले हाम्रो छालामा धुलोमैलो टाँसिन्छ । यसका लागि हामीले सबैभन्दा पहिले छालाको सफाइमा ध्यान दिनुपर्छ । छालाको सफाइ यसको प्रकार अनुरुप गर्नुपर्दछ । तपाईंको छाला सुख्खा छ भने यस्तो छालालाई शुल्क छाला भनिन्छ । यस्तो छाला भएको अनुहारमा सुख्खा दाग हुनुका साथै निधार र गालामा चाउरी पर्दछ ।
शुष्क छालाको हेरचाह
यस्तो छालाको तन्तु कागज जस्तै नाजुक हुन्छ । छालामा गडबडी नआओस् भन्नका लागि यसको हेरचाह ज्यादै सावधानीले गर्नुपर्दछ ।
क्लिजिङः सबैभन्दा पहिले औँलाले हल्का मालिस गर्दै अनुहारमा क्लिजिङ क्रिम लगाउनुपर्दछ । यदि औँलाले यो क्रिम पूरा अनुहारमा फैलाउन सकिएन भने हत्केलाले फैलाउनुपर्दछ । यस पश्चात् टिस्यु पेपरले वा रुईले क्रिम पुछ्नुपर्दछ र फेरि त्यही क्रिया (क्रिम लगाउने र हटाउने) दोहो¥याउनु पर्दछ । क्रिम लगाउने र पुछ्ने क्रमसँगै अनुहारबाट गर्धनतर्फ मालिस गर्दै आउनुपर्दछ ।
टोनिङः क्लिजिङ क्रिमलाई पूर्णरुपले अनुहारबाट पुछेपछि अल्कोहल रहित टोनरको प्रयोग गर्नुपर्दछ । टोनरका रुपमा फूल र मिनरल वाटर वा दुवैलाई प्रयोग गर्न सकिन्छ । यसलाई रुईले हल्का फिँजाइदिनुपर्दछ र फेरि यसलाई पुछ्नु हुँदैन, बरु अनुहारको सम्पूर्ण भागमा टिस्यु पेपरले फैलाउनु पर्दछ र यसलाई सुक्न दिनु पर्दछ ।
मोस्चराइजरः नियमित रुपले प्रातः कालमा अनुहारमा मोस्चराइजर लगाउनुपर्दछ । यदि आँखाका वरिपरि तथा गर्धनमा क्रिम लगाउन मन लागेमा त्यो पनि लगाउनु पर्दछ । यति गरिसकेपछि तपाईंको छाला मेकअपका लागि तयार हुन्छ ।
साभारः ‘नारी सौन्दर्य विज्ञान’ पुस्तकबाट