संसारका महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनसँग एक पटक एउटा केटाले सोध्यो, सर आज सारा संसारमा तपाईंको नाम चर्चित छ । सबै तपाईंको प्रशंसा गर्छन् । तपाईंलाई महान् भन्छन् । कृपया बताउनुस् आखिर महान् बन्ने मन्त्र के हो ?
आइन्स्टाइनले एक शब्दमा भने, लगन । मैले बुझ्न सकिनँ के भन्नुभएको ? केटाले सोध्यो । आइन्स्टाइनले मुस्कुराउँदै भने, जब म तिम्रो उमेरको थिएँ तब गणितदेखि डराउँथेँ, जस्तो आज तिमी डराउँछौ । म धेरैजसो गणितमा फेल हुन्थेँ । मैले सजाय पाउँथेँ, मेरा साथीहरु मभन्दा अगाडि बस्थे । उनीहरु मेरो मजाक उडाउँथे । म मन मारेर बस्थेँ । एक दिन मैले सोचेँ आखिर ममा कुनै कमी छ त छैन, फेरि पनि म किन गणितदेखि डराउने गर्छु ?
बस त्यो दिनदेखि मैले गणितका प्रश्नहरु समाधानको लागि निकाल्न थालेँ । बारम्बार असफल भएँ । साथीहरुले मेरो मजाक उडाए तर ममा एउटा लगन थियो कि गणितको समस्या समाधान गरेरै छोडनेछु । यस्तै लगनको फल हो, आज मानिसहरु मेरो सिद्धान्त अपनाउँछन् । एउटा चमत्कार यो पन भयो कि मैले विज्ञानमा नै प्रसिद्धि हालिस गरेँ । लगन नै मेरो गुरुमन्त्र हो तिमीले पनि लगन नछोड्नु ।
साँचो लगनको महत्व त्यो केटाले बुझ्यो र ऊ आइन्स्टाइनलाई धन्यवाद भनेर फर्कियो ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट