एउटा बालक आफ्ना साथीसँग क्याब्रे डान्स हेर्न गएछ । आमाले त्यो कुरा थाहा पाएपछि एकदमै रिसाइछन् ।
आमाः बाबु त्यहाँ त्यस्तो कुनै चीज त देखेनौ ? जुन तिमीले हेर्न हुँदैनथ्यो ।
छोराः टाउको हल्लाउँदै भन्यो, हो आमा देखेथेँ ।
आमाः के देखिस् ?
छोराः बुवालाई ।
कसरी प्रमाणित गर्छाैं
पिताजीले छोरासँग सोधेछन्, तिमी कसरी प्रमाणित गर्छाै कि हरियो तरकारी खानेहरुको आँखा तेजिलो हुन्छ भनेर ?
छोराले भनेछ— सजिलो छ बुवा, के तपाईंले घोडा, गाई, भैँसीले कहिल्यै चस्मा लगाएको देख्नुभएको छ ?
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट