• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रासस ६२औँ वार्षिकोत्सव : प्रधानमन्त्री प्रचण्ड शुभकामना सन्देश

by
६ फाल्गुन २०७९,
0
प्रधानमन्त्री प्रचण्डको निर्देशन- बालुवाटारमा भड्किलो सामान खरिद नगर्नू
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, ७ फागुन (रासस) : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तित सन्दर्भमा सत्यतथ्यपूर्ण, विश्वासनीय, आधिकारिक र भरपर्दाे सूचना तथा समाचार शीघ्र प्रवाह गरी आमजनतालाई सुसूचित गराउने जिम्मेवारी राससको रहेको बताउनुभएको छ । राससको ६२औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश दिनुहँुदै प्रधानमन्त्री प्रचण्डले समय परिवर्तनसँगै राससको दायित्व र भूमिका अझै बढेको बताउनुभएको हो । उहाँले सूचना प्रविधिको विकाससँगै आमसञ्चार क्षेत्रले गुणात्मक फड्को मारिरहेको वर्तमान अवस्थामा राससजस्ता राज्यका समाचार संस्थाको जिम्मेवारी बढेको स्पष्ट गर्नुभयो ।

मुलुकको राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनमा सञ्चारमाध्यमहरूको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै प्रधानमन्त्री प्रचण्डले हरेक परिवर्तनको पक्षमा राससले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले सुदृढ सङ्घीय लोकतान्त्रिक गणतन्त्र, दिगो विकास र आर्थिक समृद्धिका पक्षमा सञ्चार पैरवी गर्नेतर्फ राससको ध्यान जानुपर्नेमा जोड दिनुभयो । पछिल्ला दिनमा भ्रामक, मिथ्यापूर्ण सूचना–समाचारले समाजमा विद्वेष बढ्न थालेको भनी चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले राससबाट सम्प्रेषित तथ्यपरक सूचना–समाचारले सामाजिक व्यवस्थालाई सकारात्मक पक्षपोषण गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले संविधानमा व्यवस्थित मौलिक हकको संरक्षण र प्रवद्र्धनमार्फत राज्यको नीति र कार्यदिशालाई स्वस्थ र सिर्जनशील ढङ्गबाट प्रवाह गरी जनमत निर्माण गर्नका लागि आफ्ना सेवाहरूलाई समयसापेक्षरूपमा परिमार्जन र विविधिकरण गर्दै अघि बढ्न राससको ध्यानाकर्षण गर्नुभयो । राससलाई एक सशक्त, प्रभावकारी र सुदृढ संस्था बनाउने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले रासस सेवालाई अझै प्रभावकारी, चुस्त र व्यावसायिक बनाउन समयानुकूल प्रविधिको विकाससँगै यस क्षेत्रका नयाँ आयामका विषयमा तालिम तथा क्षमता वृद्धि गराउनुपर्ने खाँचो औँल्याउनुभयो ।

सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख प्राथमिकतामा राखेर राजनीतिक स्थायित्व, आर्थिक पुनःउत्थान, सरल र सहज सेवा प्रवाह र विकास आयोजनाको प्रगतिमा तीव्रता ल्याएर मुलुकमा नयाँ परिणाम दिनका लागि आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले भन्नुभएको छ, “यो जिम्मेवारी केवल प्रधानमन्त्रीको मात्र नभएर नेपाल सरकारका सम्पूर्ण संरचना, सङ्घीय प्रणालीका सबै तहहरू, निजी क्षेत्र, सञ्चार जगत् एवं आम नेपालीहरूको साझा जिम्मेवारी हो ।” प्रधानमन्त्रीले सरकारको प्राथमिकतालाई केन्द्रमा राखेर राज्यका सबै पक्षका सुभावना मुखरित गरी एक अब्बल र नेतृत्वदायी सञ्चारमाध्यमका रूपमा स्थापित हुन राससलाई सफलता मिलोस् भनी कामना गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले समितिको ६२औँ वार्षिकोत्सवका अवसरमा राससमा कार्यरत पत्रकार, कर्मचारी, व्यवस्थापन एवं सेवाग्राही सबैमा शुभकामना व्यक्त गर्नुभयो ।

Previous Post

६ फिटे दुलाहाको २ फिटे दुलही

Next Post

समाचारको प्रमुख स्रोतको रुपमा राससको भूमिका अझै सुदृढ हुँदै जाओस्– राष्ट्रपति भण्डारी

सम्बन्धित खबर

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
आवाज

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

१० असार २०८३,
आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला
आर्थिक

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

१० असार २०८३,
चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
Load More
Next Post
आज मलाई माइती आएजस्तै लागेको छ:राष्ट्रपति भण्डारी

समाचारको प्रमुख स्रोतको रुपमा राससको भूमिका अझै सुदृढ हुँदै जाओस्– राष्ट्रपति भण्डारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In