• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै

    गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

    तिलाहारमा बेठीका साथ रोपाइँ

    कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै

    गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

    तिलाहारमा बेठीका साथ रोपाइँ

    कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

गुफा भित्रको कलात्मक आकृति हेर्न घुइँचो

by
२ फाल्गुन २०७९,
0
गुफा भित्रको कलात्मक आकृति हेर्न घुइँचो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बनेप । ग्रामीण सडक खन्न लाग्दा भित्ताको चेपभित्रको गुफामा कलात्मक आकृति भेटिएपछि यहाँ अहिले अवलोकन गर्न आउनेको घुइँचोे छ ।

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–९दाप्चाको घट्टेखोलास्थित सडक छेउको भित्तामा रहेको गुफामा चुनढुङ्गाको कलात्मक आकृति भेटिएपछि त्यहाँ मानिसको भीड लागेको हो ।

गुफाका भित्ताभर विभिन्न आकृतिका कलात्मक चित्रहरु देखिए पछि देवीदेवताको बासस्थान रहेको भन्दै पूजा गर्न थालिएको छ । अहिले सो ठाउँमा दैनिक सयौँको सङ्ख्यामा स्थानीय बासिन्दा जाने गरेका छन् । वडानं ८ गहतेका हिराबहादुर तामाङ छोराले सामाजिक सञ्जालमा गुफाका बारेमा राखेको थाहा पाएर हेर्न आएको बताए ।

वडा नं ९ बाघमाराका बद्री श्रेष्ठले भित्र पस्न अफ्ठेरो भए पनि गुफाभित्र पुगेपछि देवीदेवताको विभिन्न आकृति देख्न पाइएको जानकारी दिए । “धेरै पटक भित्र गएर हेरेको छु”, उनले भने, ‘त्यहाँ गएपछि धेरै आकर्षक आकृतिहरु हेर्न पाइन्छ ।” सो ठाउँको जग्गाधनीसमेत रहेका वडा नं १० का विनोद लामाले वडा नं ९ बाट बसेरी जोड्ने सडक खन्ने बेलामा सो ठाउँमा फूल आकृतिको ढुङ्गाका साथै बाघको दाह्राजस्तो ढुङ्गासमेत फेला पारेको बतए ।

‘करिब दुई वर्षअगाडि सो ठाउँ भएर सडक खन्ने क्रममा भित्ताको चेपमा मान्छे पस्न सक्ने सानो दुलो देखापरे पनि करिब एक महिनाअगाडि मात्रै भित्र पसेर हेर्दा विभिन्न आकृति पाइएपछि मानिसको भीड बढ्न थालेको हो’, उनले भने, ‘सुरुमा शिवलिङ्ग आकारको ढुङ्गा फेला परेकामा पछि हेर्न आउनेहरुले त्यो ढुङ्गा लिएर गएको बताइएकोे छ ।’ भित्र मिलेर बस्दा आठरदसजना अटाउने ठाउँ रहेको लामाले बताए ।

वडा नं ९ का हरेराम श्रेष्ठले त्यहाँ भएका कलात्मक वस्तु हेर्न आउनेहरुले केही मूर्ति घरमा लगेर पूजा गरेको भन्ने कुरा पनि सुन्नमा आएकाले त्यसको संरक्षणका लागि आफूहरु जुटेको जानकारी दिए । गुफाभित्रे टल्किरहेको आकृतिमा धूप बत्ती बालेर पूजा गर्नेको भीड बढेको छ तर त्यसले प्राकृतिक सुन्दरमा असर पार्ने भएकाले त्यसो नगर्न र संरक्षणमा सबै लाग्न आवश्यक रहेको सोही ठाउँका पुष्पराज श्रेष्ठले बतए ।

स्थानीय बासिन्दा ज्ञानबहादुर लामाले सो ठाउँ वडा नं ९ र १० को सिमानामा रहेको हुनाले संरक्षण र प्रवद्र्धनका लागि दुवै वडा मिलेर आवश्यक बजेट व्यवस्थापन गर्न पहल गर्नुपर्नेमा जोड दिए । त्यसका लागि संरक्षण समिति बनाउन आफूहरु लागिरहेको उनले बताए । बुद्धपार्क संरक्षण समितिका अध्यक्षसमेत रहेका लामाले दाप्चाको सो भेगलाई नै समेटेर पर्यटकीय क्षेत्रकारूपमा विकास गर्न सबैको साथ र सहयोग हुनुपर्ने आवश्यकता औँल्याए ।

Previous Post

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घको केन्द्रीय महाधिवेशन चैतमा

Next Post

मन्त्री किराती भन्छन् : कम्युनिष्ट पार्टीलाई समाजवादी पार्टी बनाउनुपर्छ

सम्बन्धित खबर

वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै
आवाज

गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

११ असार २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

११ असार २०८३,
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ
समाचार

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

११ असार २०८३,
भेनेजुएलामा शक्तिशाली भूकम्प
फिचर-ब्यानर

भेनेजुएलामा शक्तिशाली भूकम्प

११ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

११ असार २०८३,
तिलाहारमा बेठीका साथ रोपाइँ
आर्थिक

कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव

११ असार २०८३,
Load More
Next Post
मन्त्री किराती भन्छन् : कम्युनिष्ट पार्टीलाई समाजवादी पार्टी बनाउनुपर्छ

मन्त्री किराती भन्छन् : कम्युनिष्ट पार्टीलाई समाजवादी पार्टी बनाउनुपर्छ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In