• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शनिबार, २८ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    आज विश्व मधुमेह दिवस

    आज विश्व मधुमेह दिवस

    डिडिसी विराटनगर आयोजना प्रमुख शर्मा पक्राउ

    डिडिसी विराटनगर आयोजना प्रमुख शर्मा पक्राउ

    खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना अघि बढाउन तीन करोड बजेट विनियोजन

    खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना अघि बढाउन तीन करोड बजेट विनियोजन

    नारायणी नदी किनारमा छठ पर्वको तयारी

    नारायणी नदी किनारमा छठ पर्वको तयारी

    पोखरामा छठ पर्व : चार स्थानमा पूजा

    पोखरामा छठ पर्व : चार स्थानमा पूजा

    म्याग्दीमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना

    म्याग्दीमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
    आज विश्व मधुमेह दिवस

    आज विश्व मधुमेह दिवस

    डिडिसी विराटनगर आयोजना प्रमुख शर्मा पक्राउ

    डिडिसी विराटनगर आयोजना प्रमुख शर्मा पक्राउ

    खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना अघि बढाउन तीन करोड बजेट विनियोजन

    खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना अघि बढाउन तीन करोड बजेट विनियोजन

    नारायणी नदी किनारमा छठ पर्वको तयारी

    नारायणी नदी किनारमा छठ पर्वको तयारी

    पोखरामा छठ पर्व : चार स्थानमा पूजा

    पोखरामा छठ पर्व : चार स्थानमा पूजा

    म्याग्दीमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना

    म्याग्दीमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
Metakhabar
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

जलवायु कूटनीतिमा नेपालको तयारी थप सुदृढ बनाउनुपर्ने : परराष्ट्रमन्त्री खनाल

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२८ कात्तिक २०८३,
0
जलवायु कूटनीतिमा नेपालको तयारी थप सुदृढ बनाउनुपर्ने : परराष्ट्रमन्त्री खनाल
3
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

अन्ताल्या (टर्किए)। परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय वार्ता र कूटनीतिमा नेपालको प्रभावकारी भूमिका स्थापित गर्न पूर्वतयारी, निरन्तर कूटनीतिक प्रयास र बहुपक्षीय सहकार्यलाई थप सुदृढ बनाइने बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का क्रममा कुराकानी गर्दै उहाँले जलवायु वार्ताको जटिलता र नेपालको कूटनीतिक तयारीका चुनौतीबारे आफ्नो अनुभव सुनाउनुभयो ।

कोपको निर्णय प्रक्रिया सबै सहभागी राष्ट्रको सर्वसम्मतिमा आधारित हुने र सबै राष्ट्रको फरक–फरक स्वार्थ र प्राथमिकताबीच साझा सहमति जुटाउनुपर्ने भएकाले जलवायु कूटनीति आफैँमा चुनौतीपूर्ण रहेको उहाँको भनाइ थियो ।

“हामीले खोजेका विषयलाई पूर्ण रूपमा स्थापित गर्न धेरै अगाडिदेखि तयारी र विभिन्न सरोकारवालाको सहभागिता आवश्यक रहेछ”, उहाँले भन्नुभयो ।

नेपालले पहिलोपटक पर्वतीय मुद्दालाई औपचारिक रूपमा केन्द्रमा राखेर कोपको कार्यसूचीमा समावेश गराउने प्रयास गरेको उल्लेख गर्दै मन्त्री खनालले कुनै मुलुकले प्रस्ताव गरेको विषयलाई कोपको औपचारिक वार्ता कार्यसूचीमा समावेश गराउन अन्तरराष्ट्रिय सहमति जुटाउनुपर्ने प्रक्रियाका बारेमा अवगत गराउनुभयो ।

उहाँले विगत १० वर्षको अभ्यासमा पनि कुनै देशले प्रस्ताव गरेको विषय तत्काल औपचारिक कार्यसूचीमा समावेश भएको उदाहरण नरहेको उल्लेख गर्नुभयो । नेपालको पर्वतीय एजेन्डा औपचारिक रूपमा कार्यसूचीमा समावेश नभए पनि सम्मेलनको अध्यक्षताले परामर्श प्रक्रियामार्फत त्यसमा रहेका विषयलाई अघि बढाइरहेको उहाँले बताउनुभयो ।

नेपालले प्राथमिकताका साथ उठाएका १.५ डिग्री सेल्सियस तापक्रम सीमाको लक्ष्य, अनुदानमा आधारित तथा पूर्वानुमानयोग्य जलवायु वित्त र पर्वतीय क्षेत्रमा केन्द्रित अनुसन्धान एवं कार्ययोजनाका विषयमा सकारात्मक प्रगति देखिएको उहाँको भनाइ थियो ।

“हिमाल जोगाउन विश्व तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्नु अनिवार्य छ । त्यसका लागि विश्वव्यापी प्रतिबद्धता आवश्यक छ”, उहाँले भन्नुभयो ।

पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनको प्रभावबारे समर्पित अनुसन्धान तथा अध्ययन र पर्वतीयकार्य कार्यक्रम (माउन्टेन वर्क प्रोग्राम) स्थापना गर्ने विषय पनि छलफलमा अघि बढिरहेको उहाँले बताउनुभयो । यस्तो कार्यक्रम स्थापना भएमा पर्वतीय क्षेत्रमा जलवायु वित्त, अनुसन्धान र अनुकूलनका विषयलाई एकीकृत रूपमा अघि बढाउन सहयोग पुग्ने उहाँको भनाइ थियो ।

जलवायु वित्तको विद्यमान प्रणालीमा सुधार आवश्यक रहेको उल्लेख गर्दै मन्त्री खनालले विपद् आउनुअघि नै अनुकूलन र न्यूनीकरणका काम गर्न स्रोत उपलब्ध हुनुपर्ने तथा विपद्पछि लामो प्रशासनिक प्रक्रियाका कारण सहायता प्राप्तिमा ढिलाइ हुने अवस्था अन्त्य हुनुपर्ने बताउनुभयो ।

“जलवायु वित्त सहज, पूर्वानुमानयोग्य र अनुदानमा आधारित हुनुपर्छ”, उहाँले जोड दिनुभयो ।

उहाँले जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय वार्तामा नेपालको प्रभावकारी उपस्थिति बढाउन दीर्घकालीन तयारी र संस्थागत क्षमता विकास आवश्यक रहेको पनि औँल्याउनुभयो । अन्य देशका वार्ताकार वर्षौंदेखिको अनुभवसहित सम्मेलनमा सहभागी हुने गरेको तर नेपालबाट हरेक सम्मेलनमा नयाँ प्रतिनिधि आउने प्रवृत्तिले संस्थागत अनुभव र निरन्तरतामा कमी देखिएको उहाँको विश्लेषण थियो ।

नेपालले विभिन्न मुलुकका स्वार्थ र प्राथमिकता बुझेर सम्मेलन हुनुभन्दा धेरै अगाडिदेखि नै कूटनीतिक संवाद तथा वार्ता गर्नुपर्ने उहाँले बताउनुभयो । यसका लागि स्थायी र अनुभवी वार्ता टोली निर्माण तथा सरकारका विभिन्न निकायबीच समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो ।

कोप–३१ का क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भएको भेटमा नेपालको जलवायु जोखिमबारे सकारात्मक धारणा पाएको जानकारी दिँदै मन्त्री खनालले भोटेकोशी विपद्को उदाहरण प्रस्तुत गर्दा नेपालको अवस्थाप्रति अन्तर्राष्ट्रिय तहमा सहानुभूति र चासो देखिएको बताउनुभयो ।

उहाँका अनुसार महासचिव गुटेरेसले नेपालको कुल ग्राहस्थ्य उत्पादनको करिब १० प्रतिशत बराबरको क्षति हुनु अस्वीकार्य र अन्यायपूर्ण भएको धारणा व्यक्त गर्नुभएको थियो । टर्किए र अस्ट्रेलियाको कोप अध्यक्षताले पनि नेपालले उठाएका पर्वतीय मुद्दाप्रति सकारात्मक चासो देखाएको उहाँले बताउनुभयो ।

मन्त्री खनालले कोप–३१ को वार्ता प्रक्रिया अझै जारी रहेकाले पर्वतीयकार्य कार्यक्रमलगायत नेपालका प्राथमिकताले अन्तिम निर्णयमा स्थान पाउने वा नपाउने विषय अहिले नै सुनिश्चित गर्न नसकिने स्पष्ट पार्नुभयो । यद्यपि, हालसम्मको प्रगतिले नेपालले उठाएका मुद्दा सकारात्मक दिशामा अघि बढेको देखाएको उहाँको भनाइ थियो ।

मन्त्री खनालले यही नोभेम्बर ९ देखि सम्मेलनमा नेपालको नेतृत्व गर्दै आउनुभएको थियो । उहाँ आजै नेपाल प्रस्थान गर्नुभएको छ भने उहाँको प्रस्थानपछि आजदेखि कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कोप–३१ मा नेपालको नेतृत्व सम्हाल्नुभएको छ ।

अघिल्लो समाचार

यस्तो छ विदेशी मुद्राको विनिमयदर

अर्को समाचार

भारत जान लागेका बालेनलाई नारायणकाजीका ६ सुझाव

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

आज विश्व मधुमेह दिवस
आर्थिक

आज विश्व मधुमेह दिवस

२८ कात्तिक २०८३,
डिडिसी विराटनगर आयोजना प्रमुख शर्मा पक्राउ
समाचार

डिडिसी विराटनगर आयोजना प्रमुख शर्मा पक्राउ

२८ कात्तिक २०८३,
खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना अघि बढाउन तीन करोड बजेट विनियोजन
समाचार

खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना अघि बढाउन तीन करोड बजेट विनियोजन

२८ कात्तिक २०८३,
नारायणी नदी किनारमा छठ पर्वको तयारी
समाचार

नारायणी नदी किनारमा छठ पर्वको तयारी

२८ कात्तिक २०८३,
पोखरामा छठ पर्व : चार स्थानमा पूजा
समाचार

पोखरामा छठ पर्व : चार स्थानमा पूजा

२८ कात्तिक २०८३,
म्याग्दीमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना
समाचार

म्याग्दीमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना

२८ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
भारत जान लागेका बालेनलाई नारायणकाजीका ६ सुझाव

भारत जान लागेका बालेनलाई नारायणकाजीका ६ सुझाव

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

आज विश्व मधुमेह दिवस

आज विश्व मधुमेह दिवस

२८ कात्तिक २०८३,
डिडिसी विराटनगर आयोजना प्रमुख शर्मा पक्राउ

डिडिसी विराटनगर आयोजना प्रमुख शर्मा पक्राउ

२८ कात्तिक २०८३,
खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना अघि बढाउन तीन करोड बजेट विनियोजन

खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना अघि बढाउन तीन करोड बजेट विनियोजन

२८ कात्तिक २०८३,
नारायणी नदी किनारमा छठ पर्वको तयारी

नारायणी नदी किनारमा छठ पर्वको तयारी

२८ कात्तिक २०८३,
पोखरामा छठ पर्व : चार स्थानमा पूजा

पोखरामा छठ पर्व : चार स्थानमा पूजा

२८ कात्तिक २०८३,
म्याग्दीमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना

म्याग्दीमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना

२८ कात्तिक २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन