• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, October 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

    बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

    सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

    सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

    कस्तो रहला आजको मौसम ?

    आज देशभरको मौसम कस्तो रहला ?

    विश्वकप लिग- २ अन्तर्गत नेपालले आज ओमानविरुद्ध खेल्दै

    विश्वकप लिग- २ अन्तर्गत नेपालले आज ओमानविरुद्ध खेल्दै

    घटस्थापनासँगै घन्किने नगरा हराउँदै गएपछि …

    घटस्थापनासँगै घन्किने नगरा हराउँदै गएपछि …

    अवरूद्ध गलकोट–ताराखोला सडक सञ्चालन

    अवरूद्ध गलकोट–ताराखोला सडक सञ्चालन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२७ अशोज २०८३,
0
बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जिल्लाको राजापुर नगरपालिका–३ तिघ्रामा १ जनाको ज्यान लिएको चितुवालाई सोमबार नियन्त्रणमा लिइएको छ ।

गत बिहीबार चितुवाको आक्रमणबाट स्थानीय ४२ वर्षीय मङ्गल थारुको मृत्यु भएपछि डिभिजन वन कार्यालय बर्दियाले चितुवा नियन्त्रणमा लिन २ वटा खोर (केज) राखेको थियो ।

डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख एवं वरिष्ठ वन अधिकृत तोलकराज चापागाईंका अनुसार आईतबार राति खोरमा फसेको चितुवाबारे सोमबार बिहान जानकारी प्राप्त भएको थियो । सोलगतै चितुवाको उद्धार गरी करिब ९ बजे बर्दिया राष्ट्रिय निकुञ्ज, ठाकुरद्वारामा बुझाइएको उनले जानकारी दिए ।

गत बिहीबार मध्यराति राजापुर नगरपालिका–३ चख्खापुरस्थित सडकमा बसिरहेका बेला चितुवाले थारुमाथि आक्रमण गरेको थियो । आक्रमणबाट गम्भीर घाइते भएका थारुलाई स्थानीयले तत्काल उद्धार गरी राजापुर प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्जस्थित शिक्षण अस्पताल लगिएकामा उपचारकै क्रममा शुक्रबार उनको मृत्यु भएको थियो ।

चितुवाको आक्रमणबाट थारुको मृत्यु भएपछि डिभिजन वन कार्यालयले शुक्रबारदेखि खोर राखेर चितुवा नियन्त्रणमा लिने प्रयास गरेको वरिष्ठ वन अधिकृत चापागाईंले बताए । ‘मानिसमाथि आक्रमण गरेपछि २ वटा खोर राखेर चितुवा नियन्त्रणमा लिने प्रयास गर्दै आएका थियौँ,’ उनले भने । सोमबार मात्रै नियन्त्रणमा लिन सफल भएको उनले बताए ।

चालू आर्थिक वर्षमा बर्दियामा चितुवाको सुरक्षित उद्धार गरिएको पहिलो घटना भएको कार्यालयले जनाएको छ । पछिल्लो समय जिल्लामा चितुवाको आक्रमण बढ्दै गएको छ । चालू आर्थिक वर्षको साउनदेखि हालसम्म चितुवाको आक्रमणबाट १ जनासहित ३८ वटा घरपालुवा जनावर मारिएका डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।

गाउँबस्तीमा खसी, बाख्रा, बङ्गुर, गाई, भैँसी, कुकुरलगायत घरपालुवा जनावरमाथि चितुवा तथा बाघले आक्रमण गर्न थालेपछि डिभिजन वन कार्यालयले खोर राखेर तिनलाई नियन्त्रणमा लिने प्रयास गर्दै आएको छ ।

Previous Post

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

metakhabar

metakhabar

सम्बन्धित खबर

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल
समाचार

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

२७ अशोज २०८३,
कस्तो रहला आजको मौसम ?
समाचार

आज देशभरको मौसम कस्तो रहला ?

२७ अशोज २०८३,
विश्वकप लिग- २ अन्तर्गत नेपालले आज ओमानविरुद्ध खेल्दै
खेलमैदान

विश्वकप लिग- २ अन्तर्गत नेपालले आज ओमानविरुद्ध खेल्दै

२७ अशोज २०८३,
घटस्थापनासँगै घन्किने नगरा हराउँदै गएपछि …
समाचार

घटस्थापनासँगै घन्किने नगरा हराउँदै गएपछि …

२७ अशोज २०८३,
अवरूद्ध गलकोट–ताराखोला सडक सञ्चालन
समाचार

अवरूद्ध गलकोट–ताराखोला सडक सञ्चालन

२७ अशोज २०८३,
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’
समाचार

संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’

२७ अशोज २०८३,
Load More
Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In