• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, October 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

    बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

    सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

    सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

    कस्तो रहला आजको मौसम ?

    आज देशभरको मौसम कस्तो रहला ?

    विश्वकप लिग- २ अन्तर्गत नेपालले आज ओमानविरुद्ध खेल्दै

    विश्वकप लिग- २ अन्तर्गत नेपालले आज ओमानविरुद्ध खेल्दै

    घटस्थापनासँगै घन्किने नगरा हराउँदै गएपछि …

    घटस्थापनासँगै घन्किने नगरा हराउँदै गएपछि …

    अवरूद्ध गलकोट–ताराखोला सडक सञ्चालन

    अवरूद्ध गलकोट–ताराखोला सडक सञ्चालन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२७ अशोज २०८३,
0
सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राँझा (बाँके)। नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय बजार रुपैडिहामा दसैँको किनमेल गर्ने नेपाली उपभोक्ताको भीड घटेको छ ।

दसैँ र तिहारजस्ता ठूला पर्व नजिकिँदै गर्दा विगतका वर्षमा बाँकेको सीमावर्ती भारतीय बजार रूपैडिहामा पाइला टेक्ने ठाउँ हुँदैन थियो । दसैँको नयाँ लुगा, घरका लागि चाहिने उपभोग्य सामग्री किनमेल गर्न जमुनाह नाका हुँदै दैनिक ठूलो सङ्ख्यामा नेपाली उपभोक्ता सीमापारि जाने गर्दथे । यसपटक भने रूपैडिहा बजारको त्यो पुरानो रौनकता र चहलपहल हराएको छ ।

सीमावर्ती भारतीय बजारमा नेपालीको भीड घट्नुका पछाडि मुख्य गरी सीमा नाकामा गरिएको कडाइ र भन्सारसम्बन्धी नयाँ नियम नै प्रमुख कारण रहेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।

गत वैशाखदेखि नेपालगञ्ज भन्सार नाकाबाट रु १०० भन्दाबढी मूल्यका सामान बिनाभन्सार नेपाल ल्याउन रोक लगाइएको थियो । उक्त सीमा बढाएर हाल रु ५०० पुर्याइएको छ ।

अघिल्ला वर्षमा चाडपर्वका बेला नेपाली ग्राहकले भरिभराउ हुने रूपैडिहाका पसल यसपटक सुनसान देखिएका छन् । दुवैतर्फ जाँच र लामो लाइन बस्नुपर्ने भएकाले सीमा पारी जाने उपभोक्ता घटेको नेपालगञ्ज–२१ पुरैनाकी सिर्जना थापाले बताउनुभयो ।

रु ५०० भन्दाबढीको सामान भन्सार जाँच गर्नुपर्ने व्यवस्थाले उपभोक्ता रुपैडिहा जान छाडेका छन् । नेपाली उपभोक्ताको आवागमन कम भएपछि रूपैडिहा बजार सुनसान बन्दै गएको उहाँको भनाइ छ ।

सीमापारी रुपैडिहा बजार जाने उपभोक्ताको सङ्ख्या घटेसँगै नेपालगञ्जका ‘सपिङ मल’मा भीडभाड बढेको छ । नेपालगञ्जको भाटभटेनी, वेष्टर्न मार्टलगायत सुपर स्टोरमा नेपाली उपभोक्ताको आकर्षण बढेको उपभोक्ता अधिकारकर्मी प्रभातकुमार ठकुरीले बताउनुभयो ।

उहाँले भन्सार कडाइले सीमापारी जान रोकिएका उपभोक्तालाई नेपालगञ्जमै किनमेलको वातावरण बनाउन यहाँका व्यापारी, उद्योग वाणिज्य सङ्घले पहल गर्नुपर्ने बताउनुभयो । चाडपर्वका बेला नेपाली बजारमा व्यापारीले मूल्यवृद्धि र वस्तुको अभाव गराउने कार्यलाई निरुत्साहित गर्न बजार अनुगमनलाई ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।

सीमापारी भारतीय बजार रुपैडिहामा किनमेलका लागि जाने उपभोक्ता घटे पनि स्थानीय बजारमा खरिदर सोही अनुपातमा नबढेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष चिरञ्जीवी ओलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, तस्करी विगतको तुलनामा घटेको अनुमान छ । मुख्य नाकामा कडाइ भए पनि खुला सीमाका कारण भित्री नाकाबाट हुनसक्ने तस्करी रोक्न ती क्षेत्रमा निगरानी बढाउनुपर्ने देखिन्छ ।

Previous Post

आज देशभरको मौसम कस्तो रहला ?

Next Post

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

metakhabar

metakhabar

सम्बन्धित खबर

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा
समाचार

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

२७ अशोज २०८३,
कस्तो रहला आजको मौसम ?
समाचार

आज देशभरको मौसम कस्तो रहला ?

२७ अशोज २०८३,
विश्वकप लिग- २ अन्तर्गत नेपालले आज ओमानविरुद्ध खेल्दै
खेलमैदान

विश्वकप लिग- २ अन्तर्गत नेपालले आज ओमानविरुद्ध खेल्दै

२७ अशोज २०८३,
घटस्थापनासँगै घन्किने नगरा हराउँदै गएपछि …
समाचार

घटस्थापनासँगै घन्किने नगरा हराउँदै गएपछि …

२७ अशोज २०८३,
अवरूद्ध गलकोट–ताराखोला सडक सञ्चालन
समाचार

अवरूद्ध गलकोट–ताराखोला सडक सञ्चालन

२७ अशोज २०८३,
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’
समाचार

संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’

२७ अशोज २०८३,
Load More
Next Post
बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In