• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

    वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

    नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

    नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

    काँग्रेस मतगणना: उपसभापतिमा भण्डारी, आचार्य र चौधरीको अग्रता

    काँग्रेस मतगणना: उपसभापतिमा भण्डारी, आचार्य र चौधरीको अग्रता

    मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल

    मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल

    वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

    वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

    दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै

    दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२५ अशोज २०८३,
0
नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर, २५ असोज : दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका नेपालीहरू घर फर्किन थालेपछि गड्डाचौकी नाकामा चहलपहल बढेको छ ।

भारतका विभिन्न स्थानमा रोजगारी गर्दै आएका नेपालीहरू चाडपर्व परिवारसँग मनाउन स्वदेश फर्किन थालेका हुन् । छिमेकी मुलुक भारतका उत्तराखण्ड, हिमाचल प्रदेश, दिल्ली, पञ्जाबलगायत क्षेत्रमा काम गर्न गएका नेपालीहरू दसैँ मनाउन घर फर्किने गरेका छन् ।

देहरादुन रोजगारी गर्दै आएका अछामको ढकारीका खगेन्द्र बुढा पनि आफ्ना पाँच जना साथीसँगै चाडपर्व मनाउन घर फर्किँदै गर्दा गड्डाचौकी नाकामा भेटिनुभयो । “देहरादुनमा हामीहरू रोडमा काम गर्छौ दसैँ मनाउन घर फर्किएका हौँ”, उहाँले भन्नुभयो, “दसैँतिहार मनाएर फेरि रोजगारीका लागि उतै जानुपर्छ ।” नेपालमा रोजगारी नहुँदा यहाँबाट थुप्रै मानिस मजदुरीका लागि भारतका विभिन्न सहरमा पुग्ने गरेको उहाँको भनाइ थियो ।

कालीकोटका निगेन्द्र शाहीले पनि हिमाञ्चल प्रदेशबाट चाडपर्व मनाउन घर फर्किएको बताउनुभयो । “हिमाञ्चलमा खेतीपातीको काम गर्छौँ, त्यसको कमाइले घरखर्च चलेको छ”, उहाँले भन्नुभयो, “दसैँ मनाउन आउँछौ तिहारपछि फर्किने हो ।” उहाँले आफूसँगै रोजगारीका लागि गएकाहरू पनि चाडपर्व मनाउन दसैँको बेला घर फर्किने र चाडपर्वपछि रोजगारीका लागि पुनः भारत जाने गरेको बताउनुभयो ।

मसुरियाका मीनबहादुर कठायत पनि भारतको दिल्लीमा सुरक्षा गार्डको काम गर्नुहुन्छ । गत वर्ष चाडपर्व सकेर रोजगारीमा गएका उहाँ पनि दसैँ सुरु भएपछि घर फर्किएका छन् । “सधैँ दसैँमा यही नाका भएर घर फर्किन्छौँ, आवतजावतमा समस्या छैन”, उहाँले भन्नुभयो, “चाडपर्वपछि काममा फर्किन्छु ।”

चाडपर्वको समयमा घर फर्किने यात्रुको चाप बढेपछि यात्रुको सहजता र सुरक्षालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जिल्लाका विभिन्न स्थानमा नागरिक सहायताकक्षसमेत स्थापना गरेको छ ।

प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले गड्डाचौकीनाका भएर स्वदेश फर्किने नेपालीको चाप बढेको बताउनुभयो । उहाँले चाडपर्वका बेला यात्रुको सुरक्षाका लागि नाकामा निगरानी बढाएको बताउनुभयो ।

“गड्डाचौकीनाका र महेन्द्रनगर बसपार्क गरी जिल्लाका आठ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेका छौँ”, उहाँले भन्नुभयो, “नाका र बसपार्कमा तालिमप्राप्त कुकुर परिचालन गरेर पनि सुरक्षा जाँच भइरहेको छ ।” चाडपर्वका बेला हुने आपराधिक क्रियाकलाप न्यूनीकरणका लागि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

भारतबाट आउनेहरूमा विभिन्न रोग सङ्क्रमणको जोखिम रहेकाले नाकामै स्वास्थ्य जाँचको समेत व्यवस्था मिलाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । भारतबाट फर्किनेहरू नाकामा डेङ्गु, मलेरिया, एचआइभीलगायतका छ प्रकारका रोगको चाँज भइरहेको छ ।

Previous Post

काँग्रेस मतगणना: उपसभापतिमा भण्डारी, आचार्य र चौधरीको अग्रता

Next Post

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

metakhabar

metakhabar

सम्बन्धित खबर

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद
आर्थिक

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

२५ अशोज २०८३,
काँग्रेस मतगणना: उपसभापतिमा भण्डारी, आचार्य र चौधरीको अग्रता
समाचार

काँग्रेस मतगणना: उपसभापतिमा भण्डारी, आचार्य र चौधरीको अग्रता

२५ अशोज २०८३,
मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल
समाचार

मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल

२५ अशोज २०८३,
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद
समाचार

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

२५ अशोज २०८३,
दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै
समाचार

दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै

२५ अशोज २०८३,
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
समाचार

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

२५ अशोज २०८३,
Load More
Next Post
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In