काठमाडौँ।राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डीपी अर्यालले भेटवार्ता गरेका छन् । संसद्को अधिवेशनको अन्त्य हुनुअघि राष्ट्रपतिसँग सभामुखले भेटवार्ता गरेका हुन् ।
राष्ट्रपति पौडेलसँगको भेटमा सभामुखले आफ्नो विदेश भ्रमणबारे जानकारी गराएका थिए । सभामुखको सचिवालयले भन्यो, ‘सभामुखले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गर्नुभएको छ । भेटका क्रममा सभामुख अर्यालले अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३ औँ महासभामा सहभागी हुन आइतबार प्रस्थान गर्न लागेको सम्बन्धमा राष्ट्रपतिलाई जानकारी गराउनुभयो ।’
सभामुख अर्याल आईपीयूको महासभामा भाग लिन तान्जानिया जान लागेका हुन् । भ्रमण टोलीमा सांसद र संसद सचिवालयका अधिकारीको पनि सहभागीता रहेको छ ।
संघीय संसद्का दुवै सदनको अधिवेशन शुक्रबार राति १२ बजेपछि अन्त्य हुँदैछ ।













