• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, September 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

    पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

    अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान

    अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान

    बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ

    बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    विश्वसनीय, वैध र दिगो शान्ति निर्माणको अपरिहार्य आधार राष्ट्रिय स्वामित्व होः परराष्ट्रमन्त्री खनाल

    विश्वसनीय, वैध र दिगो शान्ति निर्माणको अपरिहार्य आधार राष्ट्रिय स्वामित्व होः परराष्ट्रमन्त्री खनाल

    मौसम बिग्रिएपछि धवलागिरि हिमाल आरोहण टोली फर्कियो

    मौसम बिग्रिएपछि धवलागिरि हिमाल आरोहण टोली फर्कियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
९ अशोज २०८३,
0
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भोजपुर।भोजपुरका ग्रामीण क्षेत्रका किसानलाई यतिबेला कालो सुनका नामले चिनिने अलैँची टिप्न, केलाउन र भट्टीमा सुकाउन भ्याइनभ्याइ छ । भदौ, असोज र कात्तिक महिना अलैँची टिप्ने तथा प्रशोधन गर्ने मुख्य सिजन भएकाले किसानको दैनिकी यतिबेला अलैँची बगान र भट्टीमै बित्ने गरेको छ ।

परिपक्व भइसकेको अलैँची समयमै नटिपे वन्यजन्तुले नोक्सान पुर्याउने र झरेर गुणस्तर घट्ने जोखिम हुने भएकाले किसान बिहानैदेखि समूह बनाएर बगानतिर जाने गर्छन् । पौवादुङमा गाउँपालिका–५ का स्थानीय किसान टेकेन्द्र राईका अनुसार अहिले गाउँका किसान अलैँची टिप्न, सुकाउन तथा भण्डारण गर्न व्यस्त छन् । दिनभर अलैँची टिप्ने, केलाउने र भट्टीमा सुकाउने काममै बित्ने गरेको उहाँ बताउनुहुन्छ ।

बेँसी क्षेत्रका किसानहरू यो समयमा प्रायः अलैँची बारीमै भेटिने गर्छन् । आफूले करिब आठ रोपनीमा विस्तार गरेको बगानबाट यो वर्ष झन्डै तीन मन अलैँची उत्पादन भएको उहाँले जानकारी दिनुभयो । अहिले गाउँघरमै प्रतिमन (४० किलो) रु ८० हजारका दरले अलैँची बिक्री भइरहेको किसान राईले बताउनुभयो । “यतिबेला अलैँची टिप्ने र सुकाउने सिजन छ”, उहाँले भन्नुभयो ।

तल्लो र बेँसी भेगमा अलैँची केलाएर सुकाउने काम अन्तिम चरणमा पुग्न लागे पनि चोलन्ती, खावा, तिम्मालगायत माथिल्लो तथा कछाड क्षेत्रमा भने बल्ल टिप्ने सिजन सुरु हुन लागेको टेम्केमैयुङ गाउँपालिका–५ का किसान लालबहादुर विष्टले जानकारी दिनुभयो ।

विष्टका अनुसार यहाँका किसानले भदौदेखि कात्तिकसम्म अलैँची टिप्ने र सुकाउने गर्छन् । उहाँले आफूले नयाँ र पुरानो बगान गरी करिब ४० रोपनीमा खेती गर्दै आएको बताउनुभयो ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत कार्यक्रम कार्यान्वयन एकाइ (सङ्खुवासभा), जोन प्राविधिक एकाइ (भोजपुर)मार्फत जिल्लामा अलैँची सुपर जोन सञ्चालन भइरहेको छ । जोन प्राविधिक एकाइ भोजपुरकी प्रमुख कौशिला विष्टका अनुसार भोजपुरका नौमध्ये सात स्थानीय तहका ३५ वटा वडा सुपर जोन कार्यक्रममा समेटिएका छन् । पछिल्लो समय अलैँचीमा किसानको आकर्षण बढेकाले प्रोत्साहनका लागि अनुदान कार्यक्रम सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो ।

सरकारी तथ्याङ्कअनुसार भोजपुरमा हाल करिब ५९७ हेक्टरमा अलैँचीको व्यावसायिक खेती भइरहेको छ । जिल्लाको षडानन्द नगरपालिका, टेम्केमैयुङ, पौवादुङमा, आमचोक, अरुण र साल्पासिलिछो गाउँपालिकालगायतका क्षेत्र अलैँचीका प्रमुख पकेट क्षेत्र हुन् ।

अलैँची ओसिलो, खोलाखोल्सी तथा भिरालो जमिनमासमेत सजिलै सप्रिने भएकाले किसानले पाखा र खोलाका किनारमा अलैँची विस्तार गरेका छन् । यहाँ रामशाही, गोलशाही, डम्बरशाही र जिर्मले जातका अलैँची बढी उत्पादन हुन्छ । वैदेशिक रोजगारी र अन्य खेतीको तुलनामा अलैँचीखेतीबाट राम्रो आम्दानी हुने भएकाले अलैँची ग्रामीण भेगका बासिन्दाको मुख्य आयस्रोत बनेको छ । विगतका वर्षको तुलनामा बजार मूल्यमा आएको सुधारले भोजपुरका किसानमा थप उत्साह थपिएको छ ।

Previous Post

बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ

Next Post

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

metakhabar

metakhabar

सम्बन्धित खबर

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो
आवाज

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

९ अशोज २०८३,
बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ
समाचार

बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ

९ अशोज २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

९ अशोज २०८३,
विश्वसनीय, वैध र दिगो शान्ति निर्माणको अपरिहार्य आधार राष्ट्रिय स्वामित्व होः परराष्ट्रमन्त्री खनाल
समाचार

विश्वसनीय, वैध र दिगो शान्ति निर्माणको अपरिहार्य आधार राष्ट्रिय स्वामित्व होः परराष्ट्रमन्त्री खनाल

९ अशोज २०८३,
मौसम बिग्रिएपछि धवलागिरि हिमाल आरोहण टोली फर्कियो
समाचार

मौसम बिग्रिएपछि धवलागिरि हिमाल आरोहण टोली फर्कियो

९ अशोज २०८३,
फ्लाइ दुबईको पोखरा–दुबई उडान, दोस्रो दिनसमेत उत्साहजनक
फिचर-ब्यानर

फ्लाइ दुबईको पोखरा–दुबई उडान, दोस्रो दिनसमेत उत्साहजनक

९ अशोज २०८३,
Load More
Next Post
कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In