• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, September 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

    पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

    अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान

    अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान

    बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ

    बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    विश्वसनीय, वैध र दिगो शान्ति निर्माणको अपरिहार्य आधार राष्ट्रिय स्वामित्व होः परराष्ट्रमन्त्री खनाल

    विश्वसनीय, वैध र दिगो शान्ति निर्माणको अपरिहार्य आधार राष्ट्रिय स्वामित्व होः परराष्ट्रमन्त्री खनाल

    मौसम बिग्रिएपछि धवलागिरि हिमाल आरोहण टोली फर्कियो

    मौसम बिग्रिएपछि धवलागिरि हिमाल आरोहण टोली फर्कियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
९ अशोज २०८३,
0
विश्वसनीय, वैध र दिगो शान्ति निर्माणको अपरिहार्य आधार राष्ट्रिय स्वामित्व होः परराष्ट्रमन्त्री खनाल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले दिगो शान्ति निर्माणका लागि राष्ट्रिय स्वामित्व, समावेशी राज्य संस्था र जवाफदेही शासन व्यवस्था अपरिहार्य रहेको बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घीय मुख्यालयमा बिहीबार आयोजित पिसबिल्डिङ कमिसन (पिबीसी)को मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले राष्ट्रिय स्वामित्वलाई विश्वसनीय, वैध र दिगो शान्ति निर्माणको आधारका रूपमा प्रस्तुत गरे ।

“विश्वसनीय, वैध र दिगो शान्ति निर्माणको अपरिहार्य आधार राष्ट्रिय स्वामित्व हो । जब समाजले आफ्नै शान्ति प्रक्रियाको निर्माण र नेतृत्व गर्छ, मेलमिलापले गहिरो जरा गाड्छ”, उनले भने।

नेपालको शान्ति प्रक्रियालाई राष्ट्रिय स्वामित्वमा आधारित शान्ति निर्माणको उदाहरणका रूपमा प्रस्तुत गर्दै मन्त्री खनालले दुई दशकअघि सन् २००६ मा भएको विस्तृत शान्ति सम्झौताले दशक लामो सशस्त्र द्वन्द्वलाई मौलिक र राष्ट्रिय स्वामित्वको शान्ति प्रक्रियामार्फत रूपान्तरण गरेको स्मरण गरे ।

उक्त प्रक्रियाबाट समावेशी सङ्घीय लोकतान्त्रिक संविधान निर्माण भएको उनले उल्लेख गरे । विस्तृत शान्ति सम्झौता सन् २००६ मा सरकार र तत्कालीन नेकपा (माओवादी)बीच भएको थियो र त्यसमा संयुक्त राष्ट्रसङ्घीय सहयोगअन्तर्गत हतियार व्यवस्थापन तथा निर्वाचन सहयोग समेटिएको थियो ।

मन्त्री खनालले शान्ति निर्माण कुनै निश्चित बिन्दुमा पुगेर समाप्त हुने प्रक्रिया नभई पुस्तौँसम्म निरन्तर अघि बढ्ने सामाजिक सम्झौता भएको बताए ।

द्वन्द्व नदेखेको र डिजिटल माध्यमबाट सङ्गठित नयाँ पुस्ताले पारदर्शी शासन, योग्यतामा आधारित प्रणाली तथा जनउत्तरदायी संस्थाको माग गरिरहेको उल्लेख गर्दै उहाँले नयाँ पुस्ताको अपेक्षाअनुसार राज्यका संस्थालाई थप उत्तरदायी र अनुकूल बनाउनुपर्नेमा जोड दिए ।

उनले नेपालमा ८ सेप्टेम्बर २०२५ मा भएको नागरिक जेनजी आन्दोलनका क्रममा पनि लोकतान्त्रिक संस्थाले लचकता र सहनशीलता प्रदर्शन गरेको दाबी गर्नुभयो । उहाँका अनुसार सङ्कटतर्फ उन्मुख हुनुको सट्टा संवादमार्फत जनआकाङ्क्षालाई सम्बोधन गरिएको र छ महिनाभित्र संसदीय निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भई निर्वाचित सरकारलाई व्यवस्थित सत्ता हस्तान्तरण भएको थियो ।

मन्त्री खनालले नेपालको अनुभवबाट तीन प्रमुख सिद्धान्त अघि सारे । पहिलो, समावेशी प्रतिनिधित्व र स्थानीय स्वामित्वलाई बलियो बनाउनुपर्ने, दोस्रो, स¬ङ्क्रमणकालीन न्याय, मानवअधिकार र विधिको शासन सुनिश्चित गर्ने विश्वसनीय संस्थालाई निरन्तर सुदृढ गर्नुपर्ने; र तेस्रो, अन्तरराष्ट्रिय शान्ति निर्माणसम्बन्धी सहयोग राष्ट्रिय प्राथमिकतासँग अनुरूप हुनुपर्ने उनको भनाइ थियो ।

नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसङ्घको सहयोग राष्ट्रिय क्षमतालाई बलियो बनाउने उद्देश्यमा केन्द्रित रहेको उल्लेख गर्दै मन्त्री खनालले बाह्य खाका थोपर्नुभन्दा राष्ट्रिय प्राथमिकता र क्षमतासँग मेल खाने अन्तरराष्ट्रिय सहयोग प्रभावकारी हुने बताए ।

संयुक्त राष्ट्रसङ्घले नेपालको शान्ति प्रक्रियामा हतियार व्यवस्थापन तथा निर्वाचनसम्बन्धी सहयोग गरेको ऐतिहासिक अभिलेखले पनि यसलाई पुष्टि गर्ने उनको कथन थियो । शान्तिको नेपाली दार्शनिक अवधारणातर्फ सङ्केत गर्दै मन्त्री खनालले शान्ति युद्धको अनुपस्थितिमात्र नभई मानव, प्रकृति, पृथ्वी र समग्र ब्रह्माण्डबीचको सन्तुलन र सामञ्जस्यसँग जोडिएको विषय भएको बताए ।

“हाम्रो प्राचीन दार्शनिक परम्परामा शान्ति केवल युद्धको अनुपस्थिति होइन । यसलाई ‘शान्ति’ अर्थात् सबै जीवित प्राणी, निर्जीव प्रकृति, पृथ्वी र समग्र ब्रह्माण्डबीचको सन्तुलनलाई सम्मान गर्ने विश्वव्यापी सामञ्जस्यका रूपमा बुझिन्छ”, उनले भने ।

मन्त्री खनालले राष्ट्रिय स्वामित्वलाई मार्गदर्शक बनाएर संवादमार्फत मतभेद समाधान गर्ने तथा अन्तरराष्ट्रिय ऐक्यबद्धतामार्फत साझा यात्रालाई अघि बढाउने समग्र दृष्टिकोणलाई शान्ति निर्माण आयोगले प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।

Previous Post

मौसम बिग्रिएपछि धवलागिरि हिमाल आरोहण टोली फर्कियो

Next Post

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

metakhabar

metakhabar

सम्बन्धित खबर

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो
आवाज

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

९ अशोज २०८३,
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
समाचार

अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान

९ अशोज २०८३,
बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ
समाचार

बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ

९ अशोज २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

९ अशोज २०८३,
मौसम बिग्रिएपछि धवलागिरि हिमाल आरोहण टोली फर्कियो
समाचार

मौसम बिग्रिएपछि धवलागिरि हिमाल आरोहण टोली फर्कियो

९ अशोज २०८३,
फ्लाइ दुबईको पोखरा–दुबई उडान, दोस्रो दिनसमेत उत्साहजनक
फिचर-ब्यानर

फ्लाइ दुबईको पोखरा–दुबई उडान, दोस्रो दिनसमेत उत्साहजनक

९ अशोज २०८३,
Load More
Next Post
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In