काठमाडौं । नेपाल चिकित्सक संघले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला स्वास्थ्यकर्मीमाथि प्रहरीले गरेको हातपातको घटनालाई लिएर गम्भीर ध्यानाकर्षण जनाएको छ । चिकित्सक संघले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । यही २७ माघ अर्थात शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा।जनिथलाल सिंहमाथि राष्ट्रपतिको सवारीका बेला प्रहरीले लाठी चार्ज गरी घाइते बनाएको थियो ।
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपतिको सवारीका क्रममा चिकित्सकमाथि भएको आक्रमण अशोभनीय र दुःखद भएको बताएका छन् । आज समाजिक सञ्जालमा लेख्दै नेता थापाले दोषीलाई कारबाहीको मागमा सरकारबाट तत्काल सुनुवाइ हुनपर्छ हुनुपर्ने उल्लेख गरेका छन् ।
प्रधानमान्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारका विरुद्ध वर्तमान सरकार हदैसम्म निर्मम हुने बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शनिबार प्रधानमन्त्री प्रचण्डले नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य भएको बताए ।
काठमाडौँको चोभार सुक्खा बन्दरगाहमा रहेको आन्तरिक टर्मिनल केही दिनभित्रमा सञ्चालन हुने भएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिअन्तर्गत सुक्खा बन्दरगाहभित्र रहेको एउटा टर्मिनल गएको वर्षको चैत २२ गतेदेखि नै सञ्चालनमा आएको भए पनि आन्तरिक टर्मिनल सञ्चालनमा आएको थिएन ।
नेपालको निजी क्षेत्रबाट बनेको पहिलो ठूलो ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । अघिल्लो सातादेखि परीक्षण उत्पादनका क्रममा रहेको आयोजनाको परीक्षण सफल भएपछि विद्युत् प्राधिकरणको राष्ट्रिय प्रणालीमा जोडिएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार राज्यविरुद्धको अपराध भएको बताएकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शनिबार राष्ट्रपति भण्डारीले भ्रष्टाचार राज्यविरुद्धको अपराध भएको उल्लेख गर्दै भ्रष्टाचारले मुलुकको समृद्धि र दिगो विकासको लक्ष्य हासिल गर्न बाधा पुगेको बताइन् ।
नेकपा ९एकीकृत समाजवादी० का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपतिको उम्मेदवारमा राजनीतिक व्यक्ति हुनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने,‘स्वतन्त्र व्यक्तिले राष्ट्रपतिको गरिमालाई थाम्न सक्दैनन् ।’
सरकार गठनको एक महिनापछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मन्त्रिपरिषद् विस्तारको तयारी अन्तिम चरणमा पु¥याएका छन् । मुख्यमन्त्री गिरीले मन्त्रिपरिषद बिस्तारको तयारी गरेपछि लुम्बिनी प्रदेशमा आइतबार ९माघ २९० नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण हुने भएको छ ।
करिब १०० घण्टाअघि टर्की र सिरियामा शक्तिशाली भूकम्प गएको थियो । यसमा हालसम्म २४ हजारभन्दा बढीको शव फेला परेको छ भने हजारौं बेपत्ता छन् । बेपत्ता भएकाहरू भवनको भग्नावशेषमा दबिएका छन् । उद्धारका लागि टोलीहरू दिनरात खटिरहेका छन्, तर समय बित्दै जाँदा, भग्नावशेषमुनि बाँचेकाहरू फेला पार्ने सम्भावना घट्दै गएको छ ।