भदौ १० गते आएको भोटेकोशी बाढीमा परी मृत्यु हुनेमध्ये १,३८५ जनाको शव फेला परेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार बिहान ११ बजेसम्म दिएको विवरणअनुसार हालसम्म चितवनमा ३६४, नवलपरासी पूर्वमा २२८ र नवलपरासी पश्चिममा २२२, रसुवामा १८५, नुवाकोटमा १९९, धादिङमा ७०, गोरखामा ७७, तनहुँमा ३८ शव फेला परेका हुन् । यस्तै, उपचारका क्रममा २ जनाको काठमाडौंमा मृत्यु भएको छ ।
प्राधिकरणका अनुसार बाढीपछि अझै ५,१३० जना सम्पर्कविहीन छन् । हालसम्म १३,६७६ जनाको उद्धार गरिएको छ । हाल ३३७ जना विभिन्न १९ अस्पतालमा उपचाररत छन् भने २६१ जना डिस्चार्ज भइसकेका छन् ।
यस्तै, ३७ वटा होल्डिङ सेन्टर विस्थापितलाई राखिएको छ । नुवाकोटमा २ हजार ६१५, रसुवामा ७७५ र धादिङमा २९५ जनाले आश्रय लिइरहेका हुन् ।
प्राधिकरणका अनुसार खोजी तथा उद्धारमा प्रहरी, सेना र सशस्त्र प्रहरी गरी २१ हजार २२ सुरक्षाकर्मी परिचालन गरिएको छ । क्षतिग्रस्त पुलहरुमध्य हाल नुवाकोटको देवीघा६मा एक्रो बिज जडान गरी सञ्चालनमा आएको छ ।













