• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, September 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

    उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

    प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी

    प्रतिनिधिसभाको बैठक बस्दै

    भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

    भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

    विदेशबाट फर्किएका युवा भेडापालनमा

    विदेशबाट फर्किएका युवा भेडापालनमा

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    आज १६१औँ मोती जयन्ती मनाइँदै

    आज १६१औँ मोती जयन्ती मनाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२६ भदौ २०८३,
0
विदेशबाट फर्किएका युवा भेडापालनमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

म्याग्दी । रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या बढिरहेका बेला म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका केही युवाले भने विदेशमा सिकेको सीप र कमाएको पुँजी गाउँमै लगानी गरेर भेडापालन व्यवसाय सुरु गरेका छन् ।

पाउद्धारका ३८ वर्षीय मनिराम पाइजा छ वर्ष रोजगारीका लागि दुबईमा बसे । विदेशमा रहँदा सिकेको व्यावसायिक ज्ञान र सीप तथा त्यहाँबाट आर्जन गरेको पुँजीलाई आफ्नै गाउँमा लगानी गर्ने सोच बनाएर उनले भेडापालन सुरु गरेका छन् । उनलाई सोही ठाउँका कमल मगर र अरुण मगरले साथ दिएका छन् । दुवै जना वैदेशिक रोजगारीबाट फर्किएका हुन् ।

मनिराम, कमल र अरुणको समूहले अहिले करिब ५०० भेडा पालेको छ । भेडापालनमा उनीहरूले रु एक करोडभन्दा बढी लगानी गरेका छन् । घान्द्रुक र मुस्ताङबाट भेडा खरिद गरी ल्याएका हुन् । बर्खायाममा भेडाको बथान समुद्री सतहदेखि चार हजार मिटरभन्दा बढी उचाइमा रहेको खयरखोला क्षेत्रमा पुग्छ । लेकका खर्कमा हरियो घाँस चराएर भेडा पाल्ने र जाडो बढेसँगै बथानलाई क्रमशः तल्लो क्षेत्रमा झार्ने गरिन्छ । हिउँदमा भेडा चराउँदै कास्की र पर्वतसम्म पुग्ने गरेको मनिरामले सुनाए । “मिहिनेत गर्न सके भेडापालनबाट राम्रो आम्दानी गर्न सकिन्छ”, उनले भने, “विदेशमा काम गर्दा जस्तो अरूको व्यवसायका लागि श्रम गर्नुभन्दा आफ्नै ठाउँमा लगानी गरेर काम गर्दा आत्मसन्तुष्टि पनि मिलेको छ ।”

पाउद्धारका लेकाली खर्कमा चराइएका भेडा धार्मिक तथा सांस्कृतिक प्रयोजनका लागि माग हुने गरेका छन् । खयरखोला र आसपासका हिमाली क्षेत्रमा पाइने जडीबुटीयुक्त घाँस खाएर हुर्किएका भेडालाई पूजा एवं बलिका लागि उपयुक्त मानिन्छ । चाडपर्वका समयमा मासुका लागि यस्ता भेडाको माग हुन्छ ।

गोठ र खर्कबाटै भेडा बिक्री हुने गरेका छन् । एउटा भेडा रु २० हजारदेखि ३५ हजारसम्ममा बिक्री हुने गरेको मनिरामले बताए । यस वर्षको जनैपूर्णिमा पर्वमा खयरभारानी क्षेत्रमा लागेको मेलामा बलिका लागि ५० भन्दा बढी भाले भेडा र बोका बिक्री भएका थिए ।

बस्तीबाट टाढा लेकाली खर्कमा घुम्ती गोठ सञ्चालन गरेर भेडापालन गर्न भने सहज छैन । चितुवा र ब्वाँसोबाट भेडा बाख्रा जोगाउनु मुख्य चुनौती हो । वन्यजन्तुको आक्रमणबाट बथानलाई जोगाउन उनीहरूले भोटे कुकुर पारेका छन् । दिनभर भेडासँगै चरन क्षेत्रमा जाने कुकुरले रातको समयमा खर्कमा गोठको सुरक्षा गर्ने गरेका छन् ।

भेडापालनसँगै मनिरामको समूहले खोपारा हुँदै खयरतर्फ जाने पर्यटकलाई घुम्ती गोठमै खाने तथा बस्ने सुविधा पनि उपलब्ध गराउँदै आएको छ । यसले पशुपालनसँगै ग्रामीण पर्यटनलाई जोड्ने अवसर सृजना गरेको छ ।

खर्कको अवस्था र मौसमअनुसार भेडाबाख्राको बथानसहित गोठ बर्खामा लेकतर्फ र हिउँदमा बेँसीतर्फ सार्ने चलन पाउद्धारमा पुस्तौँदेखि चलिआएको छ । पुराना पुस्ताका किसानको निधन तथा युवाको सहर र विदेश पलायनसँगै यस्तो घुम्ती गोठको परम्परा क्रमशः हराउँदै गएको अवस्थामा मनिरामसहितका युवाले यसलाई निरन्तरता दिने प्रयास गरेका छन् । “गाउँमै बसेर पनि व्यवसाय गर्न सकिन्छ भन्ने देखाउन चाहेका छौँ”, कमलले भने, “परम्परागत पेसालाई आधुनिक व्यवसायसँग जोडेर अघि बढाउने हाम्रो प्रयास हो ।”

उनीहरूका अनुसार भेडाबाख्रा बिरामी हुँदा औषधोपचार तथा प्राविधिक सेवा, घुम्ती गोठ निर्माण र रातको समयमा उज्यालोका लागि सौर्य ऊर्जाको व्यवस्थापन आवश्यक छ । स्थानीय तह र सम्बन्धित निकायबाट यस्ता क्षेत्रमा सहयोग पाए भेडापालनलाई थप विस्तार गर्न सकिने उनीहरूको अपेक्षा छ ।

विदेशबाट फर्किएका युवाले आफ्नै गाउँको वनपाखा र खर्कमा श्रम तथा पुँजी लगानी गरेर सुरु गरेको भेडापालनले स्वरोजगार सृजना गर्नुका साथै लोपोन्मुख बन्दै गएको घुम्ती गोठको परम्परालाई निरन्तरता दिने आधार तयार गरेको छ ।

Previous Post

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

Next Post

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

metakhabar

metakhabar

सम्बन्धित खबर

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
समाचार

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

२६ भदौ २०८३,
प्रतिनिधि सभामा शीर्ष नेताको उपस्थिति कमजोर, छ सांसदको शतप्रतिशत हाजिरी
समाचार

प्रतिनिधिसभाको बैठक बस्दै

२६ भदौ २०८३,
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
समाचार

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

२६ भदौ २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

२६ भदौ २०८३,
आज १६१औँ मोती जयन्ती मनाइँदै
समाचार

आज १६१औँ मोती जयन्ती मनाइँदै

२६ भदौ २०८३,
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
फिचर-ब्यानर

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

२६ भदौ २०८३,
Load More
Next Post
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In