काठमाडौं । बालेन सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाढीपहिरो पीडितको उद्धार र राहत वितरणमा सहयोग गर्ने निर्णय गरेको छ । बिहीबार पार्टीको केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । रास्वपाले नागरिकहरुको उद्धारका लागि चाँडो राहत र उद्धार गर्ने उदेश्यका साथ यस्तो निर्णय गरेको रास्वपाले जनाएको छ ।
रास्वपाले सर्वदलीय बैठकले गरेको सहमती अनुसार प्रदेश र स्थानीय सरकारको समन्वयमा राहत वितरणमा सरकारलाई सघाउने भएको छ । पार्टी सचिवालय सदस्य लिमा अधिकारीका अनुसार बैठकमा एकदेखि डेढ घण्टासम्म विपद् व्यवस्थापन र राहत वितरणकै विषयमा छलफल भएको जानकारी दिइन् । पार्टी कार्यालयमा संकलन भएका राहत सामग्री सरकारको एकद्वार प्रणालीमार्फत वितरण गर्ने रास्वपाको तयारी छ। ‘
रास्वपाले उद्धार र तत्कालीन राहत वितरणको काम सकिएपछि पार्टीका जनप्रतिनिधि तथा केन्द्रीय सदस्यहरू सबै गुमाएका पीडितको घरदैलोमै पुग्ने योजना बनाएको पार्टीले जनाएको छ ।
बेसहारा बनेका नागरिकलाई सरकार आफ्नो साथमा रहेको महसुस गराउने गरी काम गर्नुपर्नेमा बैठकको जोड छ। बैठकमा बाढीपहिरो र विपद्का समयमा सरकारले गरिरहेका प्रयासबारे अर्थमन्त्रीले ब्रिफिङ गरेका थिए।













