• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, September 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    रूसी सैन्य भर्ती गर्ने नयाँ योजना छैनः पुटिन

    ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

    ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

    प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ

    दिगो विकासका लक्ष्यलाई अगाडि बढाउन लगानीे गर्न संयुक्त राष्ट्रसङ्घको आह्वान

    जुम्लाका किसानलाई स्याउ टिप्न चटारो

    जुम्लाका किसानलाई स्याउ टिप्न चटारो

    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    ड्रोनमा अमेरिकाको नयाँ कर

    सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा

    पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    रूसी सैन्य भर्ती गर्ने नयाँ योजना छैनः पुटिन

    ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

    ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

    प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ

    दिगो विकासका लक्ष्यलाई अगाडि बढाउन लगानीे गर्न संयुक्त राष्ट्रसङ्घको आह्वान

    जुम्लाका किसानलाई स्याउ टिप्न चटारो

    जुम्लाका किसानलाई स्याउ टिप्न चटारो

    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    ड्रोनमा अमेरिकाको नयाँ कर

    सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा

    पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

परराष्ट्रमन्त्री खनालले भने- पुनर्निर्माणका लागि ठूलो स्रोत आवश्यक छ

metakhabar by metakhabar
१८ भदौ २०८३,
0
परराष्ट्रमन्त्री खनालले भने- पुनर्निर्माणका लागि ठूलो स्रोत आवश्यक छ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

परराष्ट्रमन्त्री शिशिर खनालले काठमाडौंस्थित कूटनीतिक समुदायलाई भोटेकोशी बाढी घटनाबारे ब्रिफिङ गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा बिहीबार आयोजित कूटनीतिक ब्रिफिङमा विभिन्न मुलुकका राजदूत, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, विश्व बैंक र एसियाली विकास बैंक एवं संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरू उपस्थित थिए ।

मन्त्री खनालले रसुवागढीस्थित भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले निम्त्याएको विपद्को पछिल्लो अवस्था, सरकारको खोज तथा उद्धार प्रयास, विदेशी नागरिकको अवस्था तथा अन्तर्राष्ट्रिय सहयोगबारे जानकारी दिएका हुन् ।

मन्त्री खनालले सरकारको प्राथमिकता प्रभावित नागरिकको जीवनरक्षा, खोज तथा उद्धार र विदेशी नागरिकको सुरक्षा रहेको बताए ।

मन्त्री खनालले भदौ १० गते बिहान नेपाल–चीन सीमास्थित रसुवागढीमा भोटेकोशी नदीमा आएको बाढीले केही मिनेटमै ठूलो परिमाणमा पानी, माटो तथा गेग्रान बगाएर तल्लो क्षेत्रमा ठूलो क्षति पु¥याएको बताए ।

‘यो विनाशकारी बाढीलाई म ‘हिमालयन सुनामी’ भन्न रुचाउँछु, किनकि हालसालैको स्मृतिमा हामीले यस्तो अनुभव गरेका छैनौँ,’ उनले भने।

उनका अनुसार बाढी रसुवाबाट त्रिशूली हुँदै नारायणी नदी प्रणालीसम्म पुगेको थियो। यसबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका विभिन्न क्षेत्रमा समुदाय तथा भौतिक पूर्वाधारमा गम्भीर असर परेको उनले जानकारी दिए ।

सरकारले विपद्को कारण र यसको विकासक्रमबारे अध्ययन गरिरहेको जानकारी दिँदै मन्त्री खनालले यसका लागि सम्बन्धित प्राविधिक विज्ञको सहयोगसमेत लिइरहेको बताए ।

उक्त अवसरमा रसुवागढीस्थित भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीलाई ‘हिमालयन सुनामी’को संज्ञा दिएका छन् हालसम्मको स्मृतिमा यस्तो प्रकृतिको विपद्को अनुभव नभएको उल्लेख गर्दै उनले भोटेकोशी बाढी सामान्य बाढी नभएको स्पष्ट पारेका छन् ।

सरकारले विपद् भएको पहिलो दिनदेखि नै खोज, उद्धार, सुरक्षित स्थानान्तरण, उपचार तथा राहतका कामलाई प्राथमिकताका साथ अघि बढाएको मन्त्री खनालले बताए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मन्त्रिपरिषद्का आकस्मिक बैठक तत्काल बोलाएर उपलब्ध राष्ट्रिय स्रोत–साधन परिचालन गरिएको उनले जानकारी दिए ।

उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसँगै संघ, प्रदेश तथा स्थानीय तहका निकाय, स्वास्थ्यकर्मी, आपत्कालीन उद्धारकर्मी, स्वयंसेवक तथा स्थानीय समुदाय निरन्तर उद्धार तथा राहत कार्यमा खटिएका छन्। खोज, उद्धार तथा राहतका लागि २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको उनले जानकारी दिए ।

परराष्ट्रमन्त्री खनालले विदेशी नागरिकको सुरक्षा र कल्याण नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको स्पष्ट पारे । उनका अनुसार परराष्ट्र मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल प्रहरी, नेपाल पर्यटन बोर्ड, विदेशस्थित नेपाली नियोग तथा बेपत्ता विदेशी नागरिकका परिवारसँग निरन्तर समन्वय गरिरहेको छ।

मन्त्रालयमा स्थापना गरिएको आपत्कालीन नियन्त्रण कक्ष तथा विदेशस्थित नेपाली नियोगहरूले बेपत्ता विदेशी नागरिकका परिवारलाई प्रमाणित सूचना उपलब्ध गराउने, पहिचान प्रक्रियामा सहजीकरण गर्ने तथा आवश्यक परेको अवस्थामा स्वदेश फिर्तीको व्यवस्था गर्न सहयोग गरिरहेको उनले बताए ।

उनले भारत, चीन, दक्षिण कोरिया, जापान, अमेरिका, संयुक्त अरब इमिरेट्स, कतार, सिंगापुर, अस्ट्रेलिया, बेलायत, जर्मनी, लाट्भिया, मलेसिया, म्यानमार, भुटान, बंगलादेश, पाकिस्तान, नर्वे, इजरायल, क्यानडा, श्रीलंका, थाइल्यान्ड र न्युजिल्यान्डलगायतका देशप्रति धन्यवाद व्यक्त गरे ।

त्यसैगरी, युरोपेली संघ, एसियाली विकास बैंक, विश्व बैंक, संयुक्त राष्ट्रसंघलगायतका अन्तर्राष्ट्रिय संस्था तथा मित्रराष्ट्रले उपलब्ध गराएको सहयोगप्रति पनि उनले आभार व्यक्त गरे ।

उनका अनुसार अन्तर्राष्ट्रिय सहयोग उद्धारसम्बन्धी विशेषज्ञता, उपकरण, लजिस्टिक, चिकित्सा तथा फरेन्सिक सहयोग र आर्थिक सहायताका रूपमा प्राप्त भएको छ।

प्रधानमन्त्रीले प्रभावित क्षेत्रको स्थलगत भ्रमण गर्नुभएको र आफूले पनि केही प्रभावित क्षेत्रको निरीक्षण गरेको उल्लेख गर्दै मन्त्री खनालले स्थलगत अवस्थाको गम्भीरता प्रत्यक्ष अनुभव गरेको बताए ।

भोटेकोशी बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि ठूलो परिमाणमा स्रोत आवश्यक पर्ने प्रारम्भिक अनुमान रहेको मन्त्री खनालले बताए ।

क्षतिको विस्तृत मूल्यांकनपछि पुनर्निर्माणका लागि आवश्यक स्रोतबारे अन्तर्राष्ट्रिय साझेदारलाई आधिकारिक माध्यमबाट जानकारी गराइने र पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोगका लागि आग्रह गरिने उनले बताए ।

अन्तर्राष्ट्रिय सहयोगलाई पारदर्शिता, जवाफदेहिता र स्पष्ट लक्षित क्षेत्रका आधारमा व्यवस्थापन गर्ने सरकारको प्रतिबद्धता रहेको उनले स्पष्ट पारे ।

मौद्रिक सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत परिचालन भइरहेको जानकारी दिँदै मन्त्री खनालले विपद्को नाममा ठगी हुन सक्ने भएकाले नक्कली क्यूआर कोड, लिंक तथा खाताप्रति सचेत रहन सबैलाई आग्रह गरे ।

मन्त्री खनालले भोटेकोशी विपद्लाई तत्कालीन मानवीय संकटका रूपमा मात्रै नभई हिमालय क्षेत्रमा बढ्दो जलवायु जोखिमसँग जोडेर हेर्नुपर्ने बताए ।

जलवायु न्याय, प्रभावकारी पूर्वसूचना प्रणाली, विपद् पूर्वतयारी तथा विपद् प्रतिरोधी पुनर्निर्माणलाई कागजी प्रतिबद्धताबाट व्यवहारमा रूपान्तरण गर्नुपर्नेमा उनले जोड दिए ।

विशेषगरी रसुवा, नुवाकोट र धादिङका केही क्षेत्रमा विपद्को ठूलो प्रभाव परेको भए पनि नेपालका बाँकी क्षेत्र सुरक्षित र पूर्ण रूपमा खुला रहेको बताए ।

देशभरका विमानस्थल सामान्य रूपमा सञ्चालनमा रहेको जानकारी दिँदै मन्त्री खनालले काठमाडौं, पोखरा, चितवन, लुम्बिनी, जनकपुर, अन्नपूर्ण क्षेत्र, सगरमाथा क्षेत्र र बर्दियालगायतका प्रमुख पर्यटकीय गन्तव्यहरू पर्यटक स्वागतका लागि खुला रहेको बताए ।

उनले पर्यटन नेपाली जनता तथा स्थानीय समुदायका लागि महत्वपूर्ण जीवनरेखा भएकाले विपद्को यस कठिन समयमा पर्यटक आगमनलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई आफ्ना नागरिक तथा सरकारलाई नेपाल सुरक्षित रहेको सन्देश प्रवाह गर्न आग्रह गर्दै मन्त्री खनालले भने, ‘नेपाल खुला छ र हाम्रो देशले चिनिएको त्यही न्यानोपन र आतिथ्यताका साथ यात्रुहरूलाई स्वागत गर्न तयार छ।’

ब्रिफिङको अन्त्यमा मन्त्री खनालले विपद्को यस कठिन घडीमा नेपालले छिमेकी, मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त ऐक्यबद्धता र सहयोगप्रति आभार व्यक्त गरे ।

Previous Post

विपद्पछि राहतभन्दा पूर्वाधार अभाव ठूलो चुनौती

Next Post

बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई समितिको निर्देशन

metakhabar

metakhabar

सम्बन्धित खबर

रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी
अन्तर्राष्ट्रिय

रूसी सैन्य भर्ती गर्ने नयाँ योजना छैनः पुटिन

१९ भदौ २०८३,
ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्
आवाज

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

१९ भदौ २०८३,
प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ
अन्तर्राष्ट्रिय

दिगो विकासका लक्ष्यलाई अगाडि बढाउन लगानीे गर्न संयुक्त राष्ट्रसङ्घको आह्वान

१९ भदौ २०८३,
जुम्लाका किसानलाई स्याउ टिप्न चटारो
आर्थिक

जुम्लाका किसानलाई स्याउ टिप्न चटारो

१९ भदौ २०८३,
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

ड्रोनमा अमेरिकाको नयाँ कर

१९ भदौ २०८३,
सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा
जीवन शैली

पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा

१९ भदौ २०८३,
Load More
Next Post
बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई समितिको निर्देशन

बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई समितिको निर्देशन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In