• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार

    दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

    दसैँ मनाउन उपत्यका छाड्ने यात्रुको चाप बढ्यो, २४ घण्टामा ५६ हजारभन्दा बढी बाहिरिए

    घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए

    दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’

    हुम्लामा स्याउ टिप्न सुरु, बजार पठाउने तयारी

    हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

    हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

    यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

    कस्तो रहला आजको मौसम ?

    नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै

    नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गको खोजी

metakhabar by metakhabar
१५ भदौ २०८३,
0
कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गको खोजी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन। पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर क्षेत्रमा सडक भासिन थालेपछि वैकल्पिक मार्गको खोजी सुरु गरिएको छ। त्रिशूली नदीले सडकको जग निरन्तर कटान गरिरहेका कारण तत्काल सडक मर्मत गरी सञ्चालनमा ल्याउन सकिने अवस्था नरहेपछि वैकल्पिक मार्गको अध्ययन थालिएको हो।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इञ्जिनियर सचेन्द्र मिश्रका अनुसार नदीको कटान बढ्दै गएपछि सडक भासिने र चिरिने क्रम जारी छ। हालसम्म सडकको करिब १०० मिटर भाग भासिएको तथा चर्किएको छ। सडकको अवस्था जोखिमपूर्ण बनेपछि पैदलयात्रासमेत रोकिएको उनले जानकारी दिए।

“सडक तत्काल बनाउन सक्ने अवस्था छैन। त्यसैले विज्ञहरूमार्फत वैकल्पिक मार्गको अध्ययन सुरु गरिएको छ,” मिश्रले भने।

आयोजनाको पश्चिम खण्ड प्रमुख डिभिजनल इञ्जिनियर सजना अधिकारीले पनि नदी कटानका कारण सडकको भित्तासमेत चर्किएकाले तत्काल मर्मत गरेर यातायात सञ्चालन गर्न कठिन रहेको बताइन्।

“खोलाले निरन्तर कटान गरिरहेको छ। कति भाग भासिन्छ भन्ने अहिले नै यकिन गर्न सकिने अवस्था छैन,” उनले भनिन्।

सडकको माथिल्लो भागमा रहेको डाँडाको अवस्थाबारे समेत अध्ययन भइरहेको अधिकारीले जानकारी दिइन्। विषयविज्ञको विस्तृत अध्ययनपछि मात्रै सडकलाई कसरी सुरक्षित रूपमा सञ्चालनमा ल्याउने भन्ने टुंगो लाग्ने उनको भनाइ छ।

कृष्णभीरमाथि बस्तीसमेत रहेकाले सडकको भित्तो काटेर तत्काल मार्ग विस्तार गर्न सम्भव नरहेको उनले बताइन्। “भित्तो काट्न मिल्दैन, माथितिर बस्ती छ। अहिले हामी तत्काल सडक चलाउन सक्ने अवस्थामा छैनौँ,” अधिकारीले भनिन्।

सडक तत्काल सञ्चालन गर्न नसकिने भएपछि धादिङको बेनीघाट–आरुघाट–गोरखा, गल्छी–सुनौलो बजार–धादिङबेँसी–सल्यानटार–गोरखालगायतका वैकल्पिक मार्गको अध्ययन भइरहेको छ।

पृथ्वी राजमार्गको प्रभावित खण्ड पार गर्न सकिने र तुलनात्मक रूपमा सहज रहेका सडक पहिचान गरी आवश्यक मर्मतसम्भारपछि तत्काल सञ्चालनमा ल्याउने तयारी भइरहेको आयोजनाले जनाएको छ।

पूर्वबाट काठमाडौं आउने सवारीसाधनलाई मकवानपुरतर्फका वैकल्पिक सडक प्रयोग गराउन सकिने तथा पश्चिम र पोखरातर्फ जाने सवारीसाधनका लागि गोरखातर्फबाट वैकल्पिक मार्ग खोजी भइरहेको छ।

पृथ्वी राजमार्ग राजधानी काठमाडौंका लागि प्रमुख ‘लाइफलाइन’ सडकका रूपमा रहेको छ। यस मार्गबाट ग्यासका बुलेटसहित ठूला मालवाहक सवारीसाधनसमेत राजधानी भित्रिने गरेका छन्। आयोजनाका अनुसार यस सडकखण्डमा दैनिक करिब १४ हजार सवारीसाधन आवतजावत गर्ने गरेका छन्।

केही वर्षअघिसम्म कृष्णभीरमा पहिरो र सडक भासिने समस्याले पटक–पटक यातायात प्रभावित हुने गरेको थियो। पछिल्ला वर्षमा मर्मतसम्भार तथा पहिरो रोकथामका काम गरिएपछि भने यहाँको अवस्था तुलनात्मक रूपमा सुधारिएको थियो। तर, त्रिशूली नदीको निरन्तर कटानका कारण पुनः सडक जोखिममा परेको हो।

Previous Post

चुमनुब्रीमा ठूलो पहिरो, स्यारखोला आसपास उच्च सतर्कता अपनाउन आग्रह

Next Post

पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी

metakhabar

metakhabar

सम्बन्धित खबर

रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार
आवाज

दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

२९ अशोज २०८३,
दसैँ मनाउन उपत्यका छाड्ने यात्रुको चाप बढ्यो, २४ घण्टामा ५६ हजारभन्दा बढी बाहिरिए
आवाज

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए

२९ अशोज २०८३,
दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’
समाचार

हुम्लामा स्याउ टिप्न सुरु, बजार पठाउने तयारी

२९ अशोज २०८३,
हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति
फिचर-ब्यानर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

२९ अशोज २०८३,
यी स्थानमा आज हुनेछ वर्षा र हिमपात
फिचर-ब्यानर

कस्तो रहला आजको मौसम ?

२९ अशोज २०८३,
नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै
फिचर-ब्यानर

नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै

२९ अशोज २०८३,
Load More
Next Post
पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी

पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In