• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

    कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

    स्थानीय तह निर्वाचन तयारीसँगै तीन महिनामा थपिए एक लाख ८१ हजार मतदाता

    स्थानीय तह निर्वाचन तयारीसँगै तीन महिनामा थपिए एक लाख ८१ हजार मतदाता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सुदूरपश्चिम सरकार ढलेपछि ओलीलाई प्रचण्डको डर

by
२७ माघ २०७९,
0
सुदूरपश्चिम सरकार ढलेपछि ओलीलाई प्रचण्डको डर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अहिले सबैको ध्यान फागुन १३ गतेमा अडिएको छ । त्यसदिन अहिलेको गठबन्धन कायमै रहन्छ कि टुट्छ भन्ने स्पष्ट हुने धेरैको अनुमान छ । निर्वाचन आयोगले फागुन १३ राष्ट्रपतिको निर्वाचनअन्तर्गत मनोनयनको मिति तोकेको छ । अहिलेसम्म राष्ट्रपतिमा कांग्रेस र एमालेको दाबी बलियो देखिएको छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि बिहीबारदेखि राष्ट्रपतिमा आफ्नो दाबी बढाएका छन् ।

राष्ट्रपतिमा दलीय नेताभन्दा पनि स्वतन्त्र व्यक्तिलाई बनाउनुपर्ने भनेर उनले अभिव्यक्ति दिइसकेका छन् । जसले एमाले अध्यक्ष केपी ओलीको पारो बढाएको छ । माओवादी केन्द्रले सहयोग नगर्दासम्म एमाले र कांग्रेसले उठाएका उम्मेदवार विजयी हुने अवस्था छैन । त्यही भएर सबै अपमान सहेर भए पनि राष्ट्रपति आफ्नो हातमा पार्ने ओलीको दाउ छ । तर कांग्रेसले पनि प्रचण्डलाई आफ्नो ग्रिपमै राखेको छ ।

विश्वासको मत दिएपछि प्रचण्ड कांग्रेससँग निकै लचिलो भएका मात्र छैनन्, कांग्रेस नेताहरूसँग संवाद पनि थालेका छन् । त्यही भएर फागुन १३ गते एमालेको राष्ट्रपतिको उम्मेदवारको प्रस्तावक र समर्थन माओवादी बसेन भने त्यसैदिन ओली र प्रचण्डबीच ‘डिभोर्स’ को प्रक्रिया सुरु हुने राजनीतिक विश्लेषकहरूको भनाइ छ । बिहीबार ओलीसँग सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डको बडील्यांग्वेजको अहिले आफ्नै ढंगले विश्लेषण हुन थालेको छ । हिजोको बैठकमा ओली निकै हतास र निराश देखिएको बताइन्छ ।

अधिकांश समय ओलीले फोनमै कुराकानी गरेर बिताएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । पछिल्ला केही दिनयता पुरानै वाम–लोकतान्त्रिक गठबन्धन ब्युँताउने खेलअन्तर्गत राजनीतिक घटनाक्रम अघि बढेको छ । स्रोतहरूले बताएअनुसार एउटा तहमा नेताबीच त्यस्तो छलफल सुरु भएको छ । राप्रपालाई सरकार छोड्न बाध्य पारेर एमालेलाई साइजमा राखी जनता समाजवादी पार्टी र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउने प्रयासमा प्रधानमन्त्री प्रचण्ड रहेको नेताहरू बताउँछन् । अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडेपछि पाँचवटा मन्त्रालय खाली भएका छन् ।

यसअघि नै जसपालाई छुट्याएको वन र खेलकुद मन्त्रालयसहित गृह, शिक्षा र श्रम मन्त्रालय खाली भएकाले ती पाँच ठाउँमा जसपा र समाजवादीलाई एड्जष्ट गरेर जाने प्रधानमन्त्री प्रचण्डको तयारी छ । त्यसैअन्तर्गत प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र् जसपा अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरिसकेका छन् । त्यसो हुँदा तत्कालीन पाँचदलीय गठबन्धनका तीन शक्ति एकै ठाउँमा आइपुग्छन् ।

गठबन्धन छोड्दा एमालेलाई तलदेखि माथिसम्म क्षति हुने भएकाले केपी ओलीले नरुचाए पनि समर्थन नझिक्नेमा प्रचण्ड विश्वस्त छन् । स्थायी समिति बैठकले प्रचण्डलाई ‘गृह र राष्ट्रपति’ को अडान नछाड्न निर्देशन दिएकै भोलिपल्ट एमाले अध्यक्ष केपी ओलीको सारथि बनेर सत्तामा उक्लिएका रवि लामिछाने सरकार छाड्ने बाध्यात्मक अवस्थामा पुग्नुले राष्ट्रपति निर्वाचनमा माओवादी लचिलो नबन्ने प्रष्ट संकेत दिएको छ । त्यसकारण फागुन १३ गते राष्ट्रपतिका लागि कसले उम्मेदवारी दाखिला गर्छ र त्यसको प्रस्तावक र समर्थक को–को हुन्छन् त्यही दिन राजनीतिको आगामी बाटो ‘क्लियर’ हुनेछ ।

Previous Post

वीरका वीरः एक प्रेरक प्रसङ्ग

Next Post

देश दुष्चक्रमा फस्न लाग्यो, राष्ट्रपतिमा सहमति खोजौँः बाबुराम

सम्बन्धित खबर

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड
आवाज

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

१० असार २०८३,
स्थानीय तह निर्वाचन तयारीसँगै तीन महिनामा थपिए एक लाख ८१ हजार मतदाता
समाचार

स्थानीय तह निर्वाचन तयारीसँगै तीन महिनामा थपिए एक लाख ८१ हजार मतदाता

१० असार २०८३,
Load More
Next Post
लोकतन्त्रको डुङ्गालाई प्वाल पार्नु चिन्ताजनकः बाबुराम भट्टराई

देश दुष्चक्रमा फस्न लाग्यो, राष्ट्रपतिमा सहमति खोजौँः बाबुराम

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In