• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 15, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

    ‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

    लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

    लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

    उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली

    उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली

    डा. दाहालको ‘जोडिएका कुरा’ कृतिको लोकार्पण, विभिन्न श्रष्ठाहरु सम्मानित

    डा. दाहालको ‘जोडिएका कुरा’ कृतिको लोकार्पण, विभिन्न श्रष्ठाहरु सम्मानित

    पचपन्न वर्षको उमेरमा नागरिकता

    पचपन्न वर्षको उमेरमा नागरिकता

    कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक

    कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    ‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

    ‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

    लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

    लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

    उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली

    उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली

    डा. दाहालको ‘जोडिएका कुरा’ कृतिको लोकार्पण, विभिन्न श्रष्ठाहरु सम्मानित

    डा. दाहालको ‘जोडिएका कुरा’ कृतिको लोकार्पण, विभिन्न श्रष्ठाहरु सम्मानित

    पचपन्न वर्षको उमेरमा नागरिकता

    पचपन्न वर्षको उमेरमा नागरिकता

    कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक

    कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

सुदूरपश्चिम सरकार ढलेपछि ओलीलाई प्रचण्डको डर

by
२७ माघ २०७९,
0
सुदूरपश्चिम सरकार ढलेपछि ओलीलाई प्रचण्डको डर
0
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अहिले सबैको ध्यान फागुन १३ गतेमा अडिएको छ । त्यसदिन अहिलेको गठबन्धन कायमै रहन्छ कि टुट्छ भन्ने स्पष्ट हुने धेरैको अनुमान छ । निर्वाचन आयोगले फागुन १३ राष्ट्रपतिको निर्वाचनअन्तर्गत मनोनयनको मिति तोकेको छ । अहिलेसम्म राष्ट्रपतिमा कांग्रेस र एमालेको दाबी बलियो देखिएको छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि बिहीबारदेखि राष्ट्रपतिमा आफ्नो दाबी बढाएका छन् ।

राष्ट्रपतिमा दलीय नेताभन्दा पनि स्वतन्त्र व्यक्तिलाई बनाउनुपर्ने भनेर उनले अभिव्यक्ति दिइसकेका छन् । जसले एमाले अध्यक्ष केपी ओलीको पारो बढाएको छ । माओवादी केन्द्रले सहयोग नगर्दासम्म एमाले र कांग्रेसले उठाएका उम्मेदवार विजयी हुने अवस्था छैन । त्यही भएर सबै अपमान सहेर भए पनि राष्ट्रपति आफ्नो हातमा पार्ने ओलीको दाउ छ । तर कांग्रेसले पनि प्रचण्डलाई आफ्नो ग्रिपमै राखेको छ ।

विश्वासको मत दिएपछि प्रचण्ड कांग्रेससँग निकै लचिलो भएका मात्र छैनन्, कांग्रेस नेताहरूसँग संवाद पनि थालेका छन् । त्यही भएर फागुन १३ गते एमालेको राष्ट्रपतिको उम्मेदवारको प्रस्तावक र समर्थन माओवादी बसेन भने त्यसैदिन ओली र प्रचण्डबीच ‘डिभोर्स’ को प्रक्रिया सुरु हुने राजनीतिक विश्लेषकहरूको भनाइ छ । बिहीबार ओलीसँग सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डको बडील्यांग्वेजको अहिले आफ्नै ढंगले विश्लेषण हुन थालेको छ । हिजोको बैठकमा ओली निकै हतास र निराश देखिएको बताइन्छ ।

अधिकांश समय ओलीले फोनमै कुराकानी गरेर बिताएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । पछिल्ला केही दिनयता पुरानै वाम–लोकतान्त्रिक गठबन्धन ब्युँताउने खेलअन्तर्गत राजनीतिक घटनाक्रम अघि बढेको छ । स्रोतहरूले बताएअनुसार एउटा तहमा नेताबीच त्यस्तो छलफल सुरु भएको छ । राप्रपालाई सरकार छोड्न बाध्य पारेर एमालेलाई साइजमा राखी जनता समाजवादी पार्टी र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउने प्रयासमा प्रधानमन्त्री प्रचण्ड रहेको नेताहरू बताउँछन् । अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडेपछि पाँचवटा मन्त्रालय खाली भएका छन् ।

यसअघि नै जसपालाई छुट्याएको वन र खेलकुद मन्त्रालयसहित गृह, शिक्षा र श्रम मन्त्रालय खाली भएकाले ती पाँच ठाउँमा जसपा र समाजवादीलाई एड्जष्ट गरेर जाने प्रधानमन्त्री प्रचण्डको तयारी छ । त्यसैअन्तर्गत प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र् जसपा अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरिसकेका छन् । त्यसो हुँदा तत्कालीन पाँचदलीय गठबन्धनका तीन शक्ति एकै ठाउँमा आइपुग्छन् ।

गठबन्धन छोड्दा एमालेलाई तलदेखि माथिसम्म क्षति हुने भएकाले केपी ओलीले नरुचाए पनि समर्थन नझिक्नेमा प्रचण्ड विश्वस्त छन् । स्थायी समिति बैठकले प्रचण्डलाई ‘गृह र राष्ट्रपति’ को अडान नछाड्न निर्देशन दिएकै भोलिपल्ट एमाले अध्यक्ष केपी ओलीको सारथि बनेर सत्तामा उक्लिएका रवि लामिछाने सरकार छाड्ने बाध्यात्मक अवस्थामा पुग्नुले राष्ट्रपति निर्वाचनमा माओवादी लचिलो नबन्ने प्रष्ट संकेत दिएको छ । त्यसकारण फागुन १३ गते राष्ट्रपतिका लागि कसले उम्मेदवारी दाखिला गर्छ र त्यसको प्रस्तावक र समर्थक को–को हुन्छन् त्यही दिन राजनीतिको आगामी बाटो ‘क्लियर’ हुनेछ ।

Previous Post

वीरका वीरः एक प्रेरक प्रसङ्ग

Next Post

देश दुष्चक्रमा फस्न लाग्यो, राष्ट्रपतिमा सहमति खोजौँः बाबुराम

सम्बन्धित खबर

‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’
आवाज

‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

१ जेष्ठ २०८२,
लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय
आर्थिक

लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

१ जेष्ठ २०८२,
उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली
जीवन शैली

उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली

१ जेष्ठ २०८२,
डा. दाहालको ‘जोडिएका कुरा’ कृतिको लोकार्पण, विभिन्न श्रष्ठाहरु सम्मानित
समाचार

डा. दाहालको ‘जोडिएका कुरा’ कृतिको लोकार्पण, विभिन्न श्रष्ठाहरु सम्मानित

१ जेष्ठ २०८२,
पचपन्न वर्षको उमेरमा नागरिकता
आवाज

पचपन्न वर्षको उमेरमा नागरिकता

१ जेष्ठ २०८२,
कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक
आर्थिक

कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक

१ जेष्ठ २०८२,
Load More
Next Post
लोकतन्त्रको डुङ्गालाई प्वाल पार्नु चिन्ताजनकः बाबुराम भट्टराई

देश दुष्चक्रमा फस्न लाग्यो, राष्ट्रपतिमा सहमति खोजौँः बाबुराम

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In