एक पटक गुरु गोविन्दसिंह औरङ्गजेवको सामना गर्दै जंगलमा भट्किन थाले । उनका अधिकांश सैनिक मारिइसकेका थिए र पनि उनले औरङ्गजेबको अगाडि झुक्न स्वीकार गरेनन् । त्यही वेलामा टहकण कविको ख्याति सुनेर औरङ्गजेवले उनलाई दरबार बोलाए । रीतिअनुसार कविले महाराजको सम्मानमा टाउको झुकाउनु अगाडि बर्काे खोलेर छातीमा राखे र टाउको निहुराए ।
औरङ्गजेबलाई कविको यस्तो चालाले बडो आश्चर्य भयो । उनले टहकणसँग यसको कारण सोधे तब उनले नम्रताले भनेः महाराज यो बर्काेमा लगाइएको चराको प्वाँख मेरो हैन, वीरका पनि वीर गुरु गोविन्दसिंहको हो । मेरो टाउको तपाईंको अगाडि झुक्न सक्छ तर यो शान झुक्न सक्दैन ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट